काठमाडौं- युरोकप-२०२४ का लागि स्पेन, स्कटल्याण्ड र टर्की छनोट भएका छन्। आइतबार राति भएको समूह ए को खेलमा स्पेनले नर्वेलाई १-० ले पराजित गर्यो। यो जितसँगै स्पेन र स्कटल्याण्ड यो समूहबाट युरोकपमा छनोट भएका हुन्।
स्पेनको जितमा गाभीले खेलको ४९औं मिनेटमा गोल गरेका थिए। जितपछि स्पेन ६ खेलमा १५ अंक जोडेर शीर्ष स्थानमा उक्लँदै युरोकपमा छनोट भएको हो।
स्कटिस टोलीको पनि समान खेलबाट १५ अंकसहित दोस्रो स्थानमा छ। गोलअन्तरमा स्पेन अगाडि छ।
७ खेल खेलिसकेको नर्वेको १० अंक मात्र रहेकोले स्पेन र स्कटल्याण्ड छनोट भए। अब नर्वेले एक खेल मात्र खेल्न बाँकी छ।
समूह डीबाट टर्की पनि युरोकपमा छनोट भएको छ। छनोटअन्तर्गत आइतबार राति भएको खेलमा लात्भियालाई ४-० ले पराजित गरेको टर्की ७ खेलबाट १६ अंक जोडेर शीर्ष स्थानमा छ। एक खेल अघि नै युरोकपमा स्थान पक्का गरेको हो। नर्वेसामु अब प्ले–अफको सम्भावना बाँकी छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।