काठमाडौं– विश्वकप फुटबलको छनोटअन्तर्गत पहिलो चरणको अवे खेलमा नेपालले लाओसविरुद्ध १-० गोलको जीत निकालेको छ।
मंगलबार लाओसको राजधानीमा भएको खेलमा नेपालले लाओसलाई पराजित गरेको हो। यो जितसँगै नेपाल विश्वकप छनोटको दोस्रो चरणमा पुगेको छ।
पहिलो हाफ बराबरीमा सकिएको खेलमा दोस्रो हाफको सुरुवातमै नेपालले अग्रता लिएको थियो। मनिष डाँगीले ५३औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो।
यसअघि नेपालको मैदानमा भएको खेल १-१ गोलको बराबरीमा सकिएको थियो। अवे मैदानमा हुने खेलमा नेपाल जित्नैपर्ने दबाबमा थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।