काठमाडौं– युरोकपको साविक विजेता इटालीलाई हराउँदै इंग्ल्याण्ड युरोकपमा छनौट भएको छ। नेपाली समयानुसार मंगबार राति भएको खेलमा इंग्ल्याण्डले इटालीलाई ३–१ गोल अन्तरले हरायो।
इंग्ल्याण्डका लागि कप्तान ह्यारी केन र रास्फोर्डले गोल गरे। खेलको १५औं मिनेटमा डी लोरिन्जोको पासमा स्काम्काले गोल गर्दै इटालीलाई अग्रता दिलाएका थिए। ३२औं मिनेटमा केनले पेनाल्टीमार्फत् गोल गर्दै खेल बराबरीमा ल्याए।
दोस्रो हाफको ५७औं मिनेटमा बेलिङ्घमको पासमा रास्फोर्डले गोल गरेपछि इंग्ल्याण्डले २–१ को अग्रता बनायो। ७७औं मिनेटमा केनले नै व्यक्तिगत दोस्रो गोल गरेपछि इंग्ल्याण्डले खेल ३–१ ले जित्यो।
जितसँगै ६ खेलबाट १६ अंक जोड्दै समूह ‘सी’ को शीर्ष स्थानमा रहेर इंग्ल्याण्ड २०२४ को युरोकपमा छनौट भएको छ। ७ खेल खेलेको युक्रेन १३ अंकका साथ दोस्रो तथा ६ खेलबाट १० अंक जोठड्दै इटाली समूह ‘सी’ तस्रो स्थानमा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।