काठमाडौं– नेपाली बजारमा सुनको मूल्य ह्वातै घटेको छ। शुक्रबारको तुलनामा साताको पहिलो दिन आज सुन तोलामा ४ हजार रुपैयाँले घटेको छ। धेरैपछि एकैदिन ४ हजार रुपैयाँले घटेको हो।
शुक्रबार प्रतितोला एक लाख ४५ हजारमा कारोबार भएको छापावाला सुनको मूल्य घटेर आज १ लाख ४१ हजार निर्धारण भएको छ। यस्तै तेजाबी सुन आज १ लाख ४० हजार ३ सय रुपैयाँ तोकिएको छ।
यसैगरी चाँदीको मूल्य पनि तोलामा ७५ रुपैयाँले बढेको छ। शुक्रबार एक हजार ९ सयमा कारोबार भएको चाँदी आज एक हजार ८सय २५मा बिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।