काठमाडौं – सरकारमा सहभागि दलका प्रमुख सचेतकहरूको बैठकले विचाराधीन विधेयकहरूलाई प्राथमिकताका साथ अघि बढाउने निर्णय गरेको छ ।
सिंहदरबारमा बसेको बैठकले निजामती, शिक्षा विधेयकलगायतका महत्वपूर्ण विधेयकहरू विचाराधीन रहेकाले यी विधेयक दुवै हाउसबाट निष्कर्षमा पुर्याउने निर्णय गरेको नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए ।
अध्यादेशहरू भने केही समयपछि पेश गरिने कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले जानकारी दिए । अहिले सांसदहरू उपत्यका बाहिर भएकाले साता–दश दिन लाग्ने उनको भनाइ छ । घिमिरेले अध्यादेश पारित गराउन जसपा नेपालसँग पनि सहज वातावरणमा कुरा भइरहेको बताए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।