काठमाडौं – कीर्तिपुर अस्पतालमा उपचाररत उपप्रधान एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यसँगको भेटघाटका कार्यक्रम बन्द गरिएको छ।
अस्पतालले विज्ञप्ति जारी गर्दै संक्रमण बढ्ने जोखिम भएकाले अहिलेलाई भेटघाटका कार्यक्रम बन्द गरिएको जनाएको छ।
‘हाललाई अवस्था सामान्य भएतापनि संक्रमण हुने भएको हुदाँ हाललाई भेटघाट अर्को सूचना नआएसम्म पूर्ण रुपमा बन्द गरिएको छ,’ आइतबार अस्पतालले विज्ञप्तिमार्फत बताएको छ।
अस्पतालका निदेशक डा. किशोर नकर्मी र मेडिकल डाइरेक्टर डा. निजीता ताम्राकारले जारी गरेको विज्ञप्तिमा उल्लेख भए अनुसार हिजोको तुलनामा उनीहरूको स्वास्थ्य सुधार भएको छ।
यद्यपि घाउको अवस्थाबारे आज ड्रेसिङ भएपछि मात्रै जानकारी गराइने अस्पतालले जनाएको छ।
शनिबार पोखरामा आयोजित पोखरा भ्रमण वर्ष कार्यक्रमको उद्घाटन गर्ने क्रममा बेलुन विस्फोट हुँदा अर्थमन्त्री पौडेल र मेयर आचार्य घाइते भएका थिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।