काठमाडौं –नेकपा (एकीकृत समाजवादी) बागमती प्रदेश अध्यक्षमा भीम दाहाल सर्वसम्मत चुनिएका छन् । सोमबार नयाँ नेतृत्वका लागि चार जनाको उम्मेदवारी परेको थियो । अध्यक्षका लागि दाहालसहित लक्ष्मण लम्साल, श्याम बस्नेत र बसुन्धरा हुमागाईंले उम्मेदवारी दर्ता गरेका थिए ।
तीन जनाले उम्मेदवारी फिर्ता लिएपछि दाहाल सर्वसम्मत बनेका हुन् । दाहाल दोलखाका हुन् । उपाध्यक्षमा गोविन्द नेपाली र राजु श्रेष्ठ निर्वाचित भएका छन् । सचिवमा एलपी श्रेष्ठ सर्वसम्मत भए । उपसचिवमा दीपक धनुके, नानीराम चौलागाईं र निरु खरेलले चुनिएका छन् । अधिवेशनबाट १६८ सदस्यीय कमिटी निर्विरोध चुनिएको समाजवादीले जानकारी दिएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।