काठमाडौं – नेकपा एकीकृत समाजवादी पार्टीको आज (बिहीबार) बस्ने भनिएको केन्द्रीय कमिटी बैठक स्थगित भएको छ । पार्टीका पोलिटब्युरो सदस्य तथा बागमती प्रदेश सहइन्चार्ज विदुर सापकोटाको निधन भएपछि बैठक स्थगित गरिएको हो ।
पार्टीका उपमहासचिव रामकुमार भट्टराईका अनुसार बैठक भोलि (शुक्रबार) बिहान ११ बजे नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान जाउलाखेलमा बस्ने छ । नेकपा एसले सापकोटाको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि पार्टी कार्यालयमा राखिएको पनि बताए । सापकोटाको गएराति हेल्पिङ ह्याण्ड अस्पतालमा उपचारका क्रममा निधन भएको थियो । उनको आजै पशुपति आर्यघाट दाहसंस्कार गरिने बताइएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।