काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीले सातै प्रदेशमा व्यवस्था र सरकारविरुद्ध भण्डाफोर सभा गर्ने भएको छ।
महामन्त्री राजेन्द्र गुरुङ सातै प्रदेशमा भण्डाफोर सभा गर्ने मिति तय भएको बताएका छन्।
फागुन ९ गते पोखरा, १७ गते बुटवल र १८ गते धनगढी, २१ गते जनकपुर, २५ गते काठमाडौँ र २७ गते सुर्खेतमा प्रदेशस्तरीय भण्डाफोर सभा गर्न लागिएको बताए।
कोशी प्रदेशमा भने मिति टुंगो लाग्न बाँकी रहेको जनाएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।