जनकपुरधाम– लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका रौतहट अध्यक्ष लीलाप्रसाद साह तेली नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन्।
जनतासँग माओवादी, तराई(मधेस जागरण अभियानका क्रममा रौतहट पुगेका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले साहलाई पार्टीमा स्वागत गरेका हुन्।
रौतहटको माधवनारायण नगरपालिका ६ माधोपुरमा आयोजित कार्यक्रममा साहसहित ६५ कार्यकर्ता माओवादीमा प्रवेश गरेका छन्। साह गत स्थानीय तह निर्वाचनमा लोसपाबाट नगर प्रमुखको उम्मेदवार बनेका थिए। उनले चुनावमा ३ हजार ३३२ मत पाएर निकटम प्रतिस्पर्धी बनेका थिए।
माओवादी प्रवेश गरेका साहले कांग्रेस, एमाले पहिचानविरोधी भएको भन्दै मधेसको अधिकार रक्षा माओवादीबाट हुने देखेर प्रवेश गरेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।