काठमाडौँ –पूर्वप्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजावादी सक्रिय हुनुको पछाडि सरकारको गलत शासकीय शैली र त्यसबाट उत्पन्न भएको असन्तोष भएको बताएका छन् ।
प्रतिनिधिसभामा मंगलबार सम्बोधन गर्दै प्रमुख प्रतिपक्षी दलका नेता प्रचण्डले राजावादीहरू सक्रिय हुनुको पछाडि व्यवस्था उल्ट्याउनका लागि देशभित्र र देशबाहिरका चलखेलसमेत मिसिएको आसंका गरे ।
‘राजावादीका पछि संगठित प्रयास छ भन्ने कुरा हामीलाई थाहा छ । यसमा देशभित्र र देश बाहिरका चलखेल पनि मिसिएका छन् । तर यस खालका चलखेल आजमात्र भएका होइनन् । नेपालमा यस्ता खालका चलखेलहरु हिजो पनि थिए, अस्ति पनि थिए,’ उनले भने । पूर्वराजाको सुरक्षासहित ल्याइएको गणतन्त्रमाथि प्रहार गर्न खोजिए अबको क्रान्ति निकै निर्मम हुनेसमेत दाहालले चेतावनी दिए ।
दुई तिहाइको सरकार बिचौलियाहरूले हाँकिरहेको आरोप लगाएका छन् । पछिल्लो ८ महिनामा सरकारले कुनै पनि निर्णय र नियुक्ति आफैले नगरेको आरोप लगाउँदै भए आफूलाई मात्रै एउटा आफूलाई देखाउन चुनौती दिए । उनले सरकारकै कारणले अहिलेको अवस्थाको सृजना भएको आरोप लगाए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।