काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीलाई गैरसरकारी संस्था महासंघ नेपालको नवनिर्वाचित नेतृत्वले ११औँ महाधिवेशन तथा राष्ट्रिय नागरिक सम्मेलनबाट पारित २१ बुँदे घोषणापत्र हस्तान्तरण गरेको छ।
प्रधानमन्त्री निवास, बालुवाटारमा अध्यक्ष अर्जुनकुमार भट्टराईसहितको टोलीले सामाजिक संस्थामैत्री नीति र कानून बन्नुपर्ने, नेपाल विकास सम्मेलनको आयोजना गरिनुपर्नेलगायतका विषय समेटिएको घोषणापत्र बुझाएको हो।
सो अवसरमा प्रधानमन्त्री ओलीले नयाँ टीमलाई बधाई दिँदै सामाजिक रुपान्तरण र विकासका काममा सफलताको शुभकामना दिए।
महासंघको गत फागुन २५-२७ गतेसम्म काठमाडौंमा भएको महाधिवेशनबाट भट्टराईको अध्यक्षतामा ५१ सदस्यीय नयाँ नेतृत्व चयन भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।