काठमाडौं – आईसीसी यू–१९ विश्वकप क्रिकेटको एसिया छनोटअन्तर्गतको खेल रद्ध भएको छ।
मूलपानीलगायत काठमाडौंका अधिकांश स्थानमा शनिबार विहानैदेखि पानी परेको थियो। त्यसकारण मैदान भिजेकाले नेपाल र अफगानिस्तानको खेल हुन नसकेको हो। शनिबार बिहान ९ बजेबाट प्रतियोतिता सुरु हुने कार्यतालिका रहेको थियो।
आफ्ना पछिल्ला तीन वटा खेलमा विजयी भएका दुवै टोली आज आफ्नो अन्तिम खेल जितेर विश्वकपमा छनोट हुने आशामा थिए। तर मौसमले साथ नदिएपछि रनरेटका आधारमा अफगानिस्तान छनोट भएको हो।
नेपालले युएईलाई ५ रन, ओमनलाई ८ विकेट र हङकङलाई ९ विकेटले पराजित गरेको थियो। अफगानिस्तानले ओमन र हङकङलाई समान ८ विकेट र युएईलाई १ सय ८० रनले पराजित गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।