कैलाली – कञ्चनपुरमा तोरीको भुसमा आगोले जलिरहेको अवस्थामा एक शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक उमेशराज जोशीका अनुसार बेलौरी नगरपालिका–१० को शिवनगरस्थित घटियाघाट रोड नजिकै मंगलबार बिहान जलेको अवस्थामा अन्दाजी ५० वर्षका रानाको शव फेला परेको हो ।
सडक छेउमा शव नजिकै जलेको अवस्थामा मोटरसाइकल, मोबाइल र वालेट (पर्स) पाि भेटिएको छ । शव पूरै जलेर क्षतविक्षत अवस्थामा रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।