काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा निर्धारित समयमै गर्ने बताएपछि विद्यालयहरूले तयारी थालेका छन्।
परीक्षामा साढे ५ लाख विद्यार्थी सहभागी हुँदैछन्।
शिक्षक आन्दोलनका कारण १२ को परीक्षा निर्धारित समय वैशाख ११ बाट हुने/नहुने अन्योल थियो। तर, परीक्षा बोर्डको मंगलबार बिहानको निर्णयपछि द्विविधा हटेको छ। केही विद्यालयहरूले भोलि विद्यार्थीहरुलाई प्रवेश पत्र लिन आउन सूचना जारी गरेका छन्। झापाको कन्काई माध्यमिक विद्यालयले सूचना निकालेर नियमित र आंशिक तर्फका दुवै परीक्षार्थीलाई भोलि प्रवेश पत्र लिन बोलाएको छ।
‘राष्ट्रिय परीक्षा बोर्डले आगामी बैशाख ११ देखि सञ्चालन गर्ने परीक्षामा सामेल हुनका लागि प्रवेश पत्र बुझिलिन तोकिएको बमोजिमको समय तालिकामा विद्यालयमा उपस्थित हुनका लागि यो सूचना प्रकाशित गरिएको छ’, सूचनामा भनिएको छ।
२१ दिनदेखि आन्दोलनमा रहेको शिक्षक महासंघले भने १२ को परीक्षामा सहभागी नहुने घोषणा गरिसकेको छ।
-1745311542.jpg)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।