काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा थाइल्याण्डबाट आज स्वदेश फर्किने भएका छन् । उपचार र पारिवारिक जमघटका लागि गत आइतबार थाइल्याण्ड गएका देउवा आज मध्याह्न नेपाल फर्किन लागेको नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । ‘सभापतिजी, परराष्ट्रपति आरजु राणासहितको टिम आज साढे १२ बजेसम्म काठमाडौं आइपुग्नुहुन्छ’ पौडेलले लोकान्तरसँग भने ।
देउवा परराष्ट्रमन्त्री आरजु, छोरा, बुहारी र स्वकीय सचिव भानु देउवासहित एक साताअघि बैंकक प्रस्थान गरेका थिए । परराष्ट्र राणा थाइल्याण्डमा संयुक्त राष्ट्रसंघको एशिया तथा प्रशान्त क्षेत्रको आर्थिक एवम् सामाजिक आयोग (एस्क्याप) को ८१औँ सम्मेलनमा सहभागी भएकी थिइन् ।
गभर्नर नियुक्ति, शिक्षक आन्दोलन, संसद्का विधेयकमा अलमल भएको र सरकारको कार्यसम्पादन प्रभावकारी नभएको भन्दै सरकारको विषयमा कांग्रेसभित्रै प्रश्न उठेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।