काठमाडौं –भारत र पाकिस्तानबीचको वर्तमान अवस्थालाई ध्यानमा राख्दै दुवै देशका केही क्षेत्रहरूमा स्कूल र कलेजहरू बन्द गरिएका छन् । पाकिस्तानको राजधानी इस्लामाबाद र पञ्जाब प्रान्तमा विद्यालयहरू बन्द गरिएको बीबीसी हिन्दीले जनाएको छ । कश्मीरका धेरै भागहरूमा स्कूल र कलेजहरू बन्द गरिएका छन् ।
अधिकारीहरूले आज कश्मीरको जम्मू, साम्बा, कठुआ, राजौरी र पुंछ क्षेत्रका सबै स्कूल, कलेज र शैक्षिक संस्थाहरू बन्द रहने घोषणा गरेका छन् ।
पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरमा भारतको हवाई आक्रमणपछि जम्मू कश्मीरको सीमावर्ती क्षेत्र पुंछ, राजौरी, मेन्धर र उरी सेक्टरहरूमा गोलाबारी भएको रिपोर्ट आएको छ । गोलीबारीका कारण यी क्षेत्रहरूमा अराजकताको वातावरण बनेको बीबीसी हिन्दीले जनाएको छ ।
दुई देश बिच अवस्था तनावपूर्ण बनेपछि मानिसहरू अस्पताल र अन्य सुरक्षित स्थानहरूमा गइरहेका छन् । भारतीय हवाई आक्रमणको पाकिस्तानले कडा जवाफ दिने बताइसकेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।