काठमाडौं – भारत र पाकिस्तानबीचको तनाव उच्च बिन्दुमा पुगेको बेला चीनले पहिलो पटक मुख खोलेको छ । चिनियाँ विदेश मन्त्रालयले पाकिस्तानमाथि भारतीय सैन्य कारबाहीलाई खेदजनक भनेको छ ।
दक्षिण एसियाका दुई ठूला मुलुकबीच बढेको तनावबारे सोधिएको प्रश्नमा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता माओ निङले भनेकी छन्, ‘हामी त्यहाँ भइरहेको सबै गतिविधिलाई चासोपूर्वक हेरिरहेका छौँ । आज बिहानै भारततर्फबाट भएको सैनिक अप्रेसन खेदजनक छ । दुवै देशलाई शान्त र संयम रहन आग्रह गरेका छौँ । थप नराम्रो घटनातर्फ नजान भनिरहेका छौँ ।’
यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत(पाकिस्तानबीच जारी आक्रमण चाँडै अन्त्य हुने विश्वास व्यक्त गरेका थिए । ‘मैले आक्रमणबारे भर्खरै सुनेँ । दुई मुलुकबीच दशकौंदेखि द्वन्द्व छ । मेरो आशा छ अहिलेको आक्रमण चाँडै सकिने छ,’ पत्रकारहरूले भारत–पाकिस्तानबीच सुरू भएको आक्रमणबारे ट्रम्पले उत्तर दिँदै भनेका थिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।