काठमाडौं –निवर्तमान गभर्नर महाप्रसाद अधिकारीविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ।
अधिवक्ता नवीन धितालले निवर्तमान गभर्नर अधिकारी पदमा रहेकै बेला गठन भएको गभर्नर सिफारिस समितिमा बस्नु गैरकानूनी भएको भन्दै अदालतमा रिट दायर गरेका हुन्।
गभर्नर नियुक्ति सिफारिसका लागि सरकारले चैत ११ गते उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा ३ सदस्यीय सिफारिस समिति बनाएको थियो। उक्त सिफारिस समितिको बैठक एक महिनासम्म पनि बस्न नसकेको भन्दै पूर्वगभर्नरको तर्फबाट सदस्य बनेका विजयनाथ भट्टराईले राजीनामा दिएका थिए।
भट्टराईको राजीनामापछि समितिमा तत्कालीन गभर्नर अधिकारीलाई ल्याइएको थियो।
अधिकारी गएको चैत २२ गते आफ्नो ५ वर्ष कार्यकाल सकाएर राष्ट्र बैंकबाट बाहिरिएका थिए। त्यसयता गभर्नर पद रिक्त रहेको छ।
राष्ट्र बैंकबाट भर्खरै बाहिरिएका अधिकारी सिफारिस समितिमा बस्नु कानूनविपरीत भएको निवेदकको दाबी छ। उक्त रिटमाथि वैशाख ३० गते पेसी तोकिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।