• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
बिहीबार, जेठ १, २०८२ Thu, May 15, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’
राजेश कुमार शाह बिहीबार, जेठ १, २०८२  १७:२९
1140x725

पछिल्लो समय नेपालको आर्थिक गतिविधि ठप्प जस्तै छ। ठूला सहरमा लाखौं खर्चिएर बनेका होटल, रेस्टुराँ धमाधम बन्द हुँदैछन्। सरकारले अर्थतन्त्र लयमै छ भनेर दाबी गरिरहे पनि दिनदिनै व्यवसायीहरु पलायन हुनुले वास्तविकता के होला भनेर अनुमान गर्न खासै गाह्रो पर्दैन।उद्योगी व्यवसायीहरु लगानीका लागि उत्साहित छैन। राजनीतिक नेतृत्व शक्ति संघर्षमै व्यस्त छ। दैनिक दुई हजार भन्दा बढी युवाहरु रोजगारीका लागि विमानस्थलमा फ्लाइट कुरेर बस्छन्। कक्षा १२ सक्नेबित्तिकै विद्यार्थीहरु उच्च शिक्षा र साथै केही आम्दानी होस् भन्ने हेतुले विदेशको सपना बुनिरहन्छन्। सत्ता र शक्तिको नजिक हुने केही अपवाद बाहेक अन्यका लागि देशमा सम्भावना क्षण हुँदै गएको देखिन्छ।

चिया चौतारी, चोकदेखि गाउँघरमासमेत यो देशमा केही छैन भन्दै बहस गर्नेहरुको भीड छ। उमेर पुगेकाहरु बेलैमा विदेश जान नपाएकोमा पश्चाताप गर्छन् भने नयाँ युवालाई देशमा नबस्न सुझाव दिन्छन्। १८ वर्ष पुग्नेबित्तिकै अभिभावकसमेत चिन्तित हुन्छन् अब हाम्रो बच्चाको भविष्य के। सञ्चारमाध्यमहरुमा आउने समाचारहरु पनि केही गरौं भन्ने भन्दा पनि अहिल्यै यो देश छाडेर जानु नै बुद्धिमानी हुनेछ भन्ने मनसाय बनाउने उत्प्रेरित गर्ने खालका छन्। 

के साँच्चिकै यो देशमा अब केही छैन त ? के यहाँ बसेर केही गर्न सकिँदैन ? के अब घर खर्च चलाउनका लागि पनि मातृभूमि छाड्नैपर्ने दिन आइसक्यो ? यी प्रश्नहरु अहिले गाउँघरदेखि शहरसम्मका आम मानिसका हुन्। प्राकृतिक स्रोत साधन सम्पन्न, भूगोलअनुसार मौसममा भिन्नता र थोरै दु:ख गर्दा पनि मनग्य आम्दानी लिन सकिने यो देश यस्तो कसरी भयो ?

थुप्रै प्रश्नहरु तेर्सिरहँदा पनि यो देशमा केही पनि छैन भन्ने कुरामा सहमत भने छैन। हो देशको स्रोत साधनको अवस्था हेर्दा जति हुनुपर्थ्यो त्यो नभएकै हो। तर, देश मरुभूमि नै बनिसकेको छैन। त्यसमा आम नागरिकको पनि केही अठोट अवश्य हुन्छ तर देशलाई आर्थिक समृद्धिमा कसरी लैजाने भन्ने सोच राजनीतिक नेतृत्व र सरकारको हुन्छ। 

सरकारले आँट र अठोट गर्ने हो भने हाम्रो जस्तो स्रोत साधनले भरिपूर्ण देशको प्रगति हुन धेरै समय लाग्दैन। यहाँ सम्भावनाहरु थुप्रै छन्। तर ती सम्भावनाहरु पहिल्याउन सरकारले नै विशेष योजना ल्याउनुपर्छ। हाम्रो जनशक्तिलाई यही बस्ने मात्र होइन, उनीहरुको व्यक्तिगत उन्नति र राष्ट्रको समृद्धिमा लगाउने योजना सरकारसँग हुनपर्छ। 

विश्वका धनि देशहरुले आफूलाई यहाँसम्म ल्याइपुर्‍याउन औद्योगिक क्रान्ति गरे। विभिन्न ठूला–ठूला कम्पनीहरु स्थापना गरे। विश्वलाई नै आफ्नो बजार बनाए। तर हाम्रो देशमा अहिले त्यस्ता ठूला कम्पनीहरु तत्कालै स्थापना गरेर आजकै भोलि कायापलट गर्न सकिन्छ भन्ने चाहिँ सहज छैन। तर हामीसँग भएका स्रोत साधन र हाम्रो देशको विशेषता हेरेर लगानी गर्न सकिने हो भने छिट्टै प्रतिफल भने लिन सकिन्छ। त्यसबाट सरकार मात्र होइन, जनता पनि लाभाम्वित हुनेछन्। 

गत माघ फागुनमा भारतको प्रयागराजमा महाकुम्भ मेला आयोजना भयो। १४५ वर्षपछि आयोजना भएको महाकुम्भमा भारत सरकारले विश्वभरबाट ४० करोड धार्मिक पर्यटक भित्र्याउने लक्ष्य राखेको थियो। तर त्यो लक्ष्यभन्दा बढी करिब ६५ करोडको हाराहारीले दर्शन गरे। सोचेभन्दा धेरै पर्यटक आउँदा व्यवस्थापनमासमेत कठिनाई भयो। त्यसबाट उक्त क्षेत्रमा स्थानीय मात्र नभइ समग्र देशले नै आर्थिक, सामाजिक र पहिचानको लाभ लियो। विश्वभरका हिन्दूहरुका लागि भारत प्रमुख गन्तव्य हो। हिन्दूहरु मात्र नभइ त्यहाँ युरोप अमेरिकाबाट परिचित र प्रतिष्ठित व्यक्तित्वहरुसमेतले दर्शन गरे।

हो यस्तै ठूलो महाकुम्भ, महायज्ञ वा यस्तै भव्य समारोह आयोजना गर्न के नेपालले सक्दैन ? नेपाल त झन् हिन्दू मात्र नभइ बौद्धमार्गीहरुका लागि पनि प्रमुख गन्तव्य हो। भगवान गौतम बुद्धको जन्मस्थल लु्म्बिनी संसारभरका बौद्धमार्गीहरुका लागि महत्त्वपूर्ण स्थल हो। भगवान शिवका अवतारमध्ये प्रमुख मानिने पशुपति हामीसँगै छ। त्यो पनि यी दुवै क्षेत्र विश्वसम्पदा सूचीमा सूचीकृत छन्।

Ncell 2
Ncell 2

हाम्रो देशको अर्थतन्त्र र हाम्रो अवस्था हेर्ने हो भने अहिल्यै ठूला संरचना निर्माण गरी विश्वका लग्जरियस लाइफ बिताउन चाहनेका लागि गन्तव्यस्थल बनाउन सक्दैनौं। त्यसका लागि अझै कैयौं दशक लाग्छ। तर हामीसँग भएका सम्पत्ति भनेकै प्राकृतिक सम्पदा र धार्मिक सम्पदा नै हुन्। यीनबाट तत्काल लाभ पनि लिन सकिन्छ। तर सरकारले यसबारेमा विशेष योजना बनाउनुपर्छ। 

केही अमुख धर्मगुरुले लगाएको महायज्ञमा करोडौं रकम उठ्ने पनि हाम्रै देश हो। तर त्यस्तो कामबाट उठेका रकमहरु देश विकासमा प्रयोग हुन सकेको छैन। अझ भन्नुपर्दा केही अपवादबाहेक अन्त्यमा धार्मिक गुरुहरुकै गोजीमा जाने गर्छ। 

के गर्दा उपयुक्त हुन्छ ? 

सबैभन्दा छिटो र विश्वभरका मानिसहरुको ध्यान आकर्षित गर्न सकिने भनेकै हाम्रा लागि हाम्रो धार्मिक सम्पदालाई विश्वमाझ चिनाएर त्यहाँका धार्मिक पर्यटकलाई भित्र्याउनु हो। त्यसका लागि एक महिनाको कार्यक्रम राख्नु्पर्छ। त्यो पनि एकै ठाउँमा भने होइन। पशुपतिलाई पहिलो प्राथमिकतामा राखेर कुनै विशेष महायज्ञ गर्न सकियो भने लाखको संख्यामा होइन करोडौं भित्रिन्छन्। शिवरात्रिमा भारतबाट मात्रै दशौं हजार बाबाहरु आउँछन्। तिनलाई फर्किँदा पशुपतिले खर्च दिएर पठाउँछ। तर अब बाबा बोलाउने मात्र नभइ यहाँ आएर खर्च गर्ने जनशक्ति बोलाउने कार्यक्रम गर्नुपर्छ। 

shivam cement

shivam cement

त्यसका लागि लामो समयको कुनै विशेष कार्यक्रम आयोजना गर्नुपर्छ। हिन्दू धर्ममा आधारित कार्यक्रम भएमा भारितय धार्मिक पर्यटकहरुलाइ तान्न सकिन्छ। किनकी भारतमा एक सय करोड हिन्दू धर्मावलम्बीहरु छन्। बेलामौका पारी उनीहरु नेपाल आउँछन् पनि। तर केही हजारको संख्यामा नभएर एकैपटक लाखौं आउने गरी निम्तो गरौं। त्यसका लागि सरकारी तवरबाटै कार्यक्रमको आयोजना गरी भारत सरकारसँग नेपालले समन्वय गर्न सकिन्छ। त्यहाँको हिन्दू जनसंख्याको एक प्रतिशत मात्रै पनि भित्र्याउन सक्यौं भने एक करोड मानिसहरु नेपालमा एक महिनामै आउँछन्। अन्य मुलुकबाट पनि हजारौंको संख्यामा आउँछन्। भारतबाट मात्रै १ करोड जनसंख्या नेपाल आए र उनीहरुले २० हजार नेपाली रकम खर्च गरेमा नेपाली अर्थतन्त्रमा २ खर्व आर्जन हुन्छ। यस्तो आम्दानीले शिथिल अर्थतन्त्रलाइ त्राण दिनसक्छ।

कुनै बिशेष कार्यक्रम गरेर धार्मिक पर्यटक भित्र्याउन सक्ने हो भने तिनीहरु देशका अन्य धार्मिक क्षेत्रमा पनि पुग्न सक्छन्। पशुपती आएकाहरु पोखरा वा चितवन देखि सुदूरपश्चिम खप्तड हुँदै कैलाश दर्शनका लागि हुम्लासम्म पुग्न सक्छन्। तर सरकारले यस्ता कार्यक्रमका निम्ती भ्रमण प्याकेजहरु ल्याउन सक्नुपर्छ। त्यसका लागी निजी क्षेत्रसँग सहकार्य गर्नुपर्छ। 

अहिले पनि भारतबाट गाडी लिएर आउनेलाई धेरै दुMख दिइन्छ। तर यदि घुम्नकै लागि आएका हुन् भने उनीहरुका सवारी साधनलाई अनावश्यक ठाउँमा रोकेर झन्झटिलो बनाउन हुँदैन। एकपटक आएको पर्यटक कम्तिमा दुई साता बस्न सक्नेगरी खुला हृदयले स्वागत गर्न सक्नुपर्छ। कुनै ठूलो कार्यक्रम राखेर निम्तो दिने हो भने उनीहरुका लागि नेपाल आउने, बस्ने र केही दिन घुमेर खर्च गर्ने वातावरण सरकारले मिलाइदिनुपर्छ। 

हामीले एक वर्षमा यस्ता ठूला कार्यक्रम गरी विश्वभरबाट पाँच करोड पर्यटक मात्र भित्र्याउन सक्यौं भने अहिले देखिएको सुस्त आर्थिक गतिविधि केही दिनमै फस्टाउने छ। उनीहरु यहाँ आएर फर्किएपछि अरुलाई पनि जान प्रेरित गर्नेछन्। कम्तिमा एक महिनालाई भए पनि हाम्रा होटल, यातायात, पर्यटन सबै क्षेत्रले काम पाउनेछन्। तलब दिन नसकेर कर्मचारी कटौती गर्नुपरेका उद्योगी व्यवसायीको उत्पादनले पनि बजार पाउँछ र अझ बढी उत्पादनमा प्रेरित हुन्छन्। 

अहिलेको परिस्थितिमा छोटो समयमा हाम्रो अर्थतन्त्रलाई माथि उकास्ने प्रमुख रामवाण भनेकै पर्यटन हो। त्यसमा पनि धार्मिक पर्यटन। यसका मुख्य दुई कारण छन्। पहिलो हो विश्वभरका प्रमुख धर्ममध्ये दुई हिन्दू र बौद्धका लागि प्रमुख स्थल नेपाल हुनु। अर्को नेपालमा कुनै प्रकारको द्वन्द्व र संघर्ष चलिरहेको छैन। निर्वाध कुनै पर्यटक रात्रिमा सडकमा एक्लै हिँड्दा पनि लुटिने या आक्रमण हुने कुनै प्रकारको थ्रेट छैन। ठूलो कार्यक्रम हुँदा बाहिरबाट हुनसक्ने घुसपैठलाई पनि कडाइ गर्नुपर्छ। 

पहिला एक कार्यक्रम सफल पार्न सक्यौं भने लगत्तै अर्को गर्न पनि सक्छौं। पशुपतिलाई केन्द्रमा राखेर नेपालभरमा धार्मिक स्थल पुग्न सक्ने गरी आयोजना गरिएको कार्यक्रम सफल भयो भने हामीले बौद्धमार्गीहरुलाई पनि त्यसरी नै ल्याउन सक्छौं। यसरी आउने पर्यटकबाट केवल दर्शन मात्र हुनेछैन। उनीहरुले फर्किँदा नेपालको सामाजिक रहनसहन र प्राकृतिक सुन्दरताको अनुभव पनि सँगै लिएर जानेछन्। त्यसले विश्वभरमा नेपालको पर्यटन क्षेत्रका लागि नयाँ ढोका खोल्नेछ। 

हाम्रो भूगोल उनीहरुका लागि घुम्ने मात्र नभइ गर्मी छल्ने हिलस्टेशन पनि हो। त्यसैले धार्मिक कार्यक्रमलाई मु्ख्य केन्द्रमा राख्दै प्राकृतिक पर्यटनको आधार पनि सँगै जोड्नुपर्छ। तर त्यसका लागि हाम्रो सडक संचना भने चुस्त बनाउन सक्नुपर्छ। यदि हामीले हाम्रो देशको सुन्दरता र यहाँसम्म पुग्न बाटोको पहुँच बनाउन सक्यौं भने गर्मीमा चिसो हावा खान आउने र हिँदमा हिउँमा चिप्लेटी खेल्दै चिसोको मजा लिन आउने जोडीहरुले डाँडाकाँडा ढाकिनेछन्। त्यसले स्थानीय उत्पादनको माग बढ्नेछ, रोजगारी बढ्ने छ र सरकारले पनि आम्दानी गर्नेछ।

 ( राजेश कुमार शाह सिए तथा व्यवसायी हुन्।)
 

 

प्रकाशित मिति: बिहीबार, जेठ १, २०८२  १७:२९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
बनस्थलीबाट माइक्रोबस चोरेर धादिङ पुर्‍याउने व्यक्ति पक्राउ
घट्यो पेट्रोलियम पदार्थको मूल्य, कुनमा कति ?
एकैपटक देशभर किन भयो विद्युत् अवरुद्ध?
सम्बन्धित सामग्री
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ उद्योगी व्यवसायीहरु लगानीका लागि उत्साहित छैन। राजनीतिक नेतृत्व शक्ति संघर्षमै व्यस्त छ। दैनिक दुई हजार भन्दा बढी युवाहरु रोजगारीका... बिहीबार, जेठ १, २०८२
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? विशेषगरी, स्मार्टफोन आजको पुस्तालाई समयभन्दा बढी कब्जामा लिएको छ । जहाँ हेरे पनि मानिसहरू मोबाइलमा हराएका देखिन्छन्- सोसल मिडियामा स... शुक्रबार, वैशाख ५, २०८२
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर उद्यमी भनेको धेरै जनामा एक जना सफल भएको हुन्छ । त्योपनि अथाह मेहनत, लगानी र ऋणको जोखिम उठाएर । उद्यमीमा पैसा कमाउने र बढाउने बेग्र इ... मंगलबार, वैशाख २, २०८२
ताजा समाचारसबै
बनस्थलीबाट माइक्रोबस चोरेर धादिङ पुर्‍याउने व्यक्ति पक्राउ बिहीबार, जेठ १, २०८२
घट्यो पेट्रोलियम पदार्थको मूल्य, कुनमा कति ? बिहीबार, जेठ १, २०८२
एकैपटक देशभर किन भयो विद्युत् अवरुद्ध? बिहीबार, जेठ १, २०८२
रेशम चौधरी पक्राउ प्रकरण :  विष्टलाई थप दुई दिन हिरासतमा राख्न अनुमति बिहीबार, जेठ १, २०८२
निर्मला पन्त प्रकरण : गाली बेइज्जती मुद्दामा पत्रकार भण्डारीलाई एक महिना कैद बिहीबार, जेठ १, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण]
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण] बुधबार, कात्तिक ७, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे] बुधबार, भदौ १९, २०८१
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण]
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण]
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे] बुधबार, जेठ ३०, २०८१
सबै हेर्नुहोस
ट्रेण्डिङ
एकैपटक देशभर किन भयो विद्युत् अवरुद्ध? बिहीबार, जेठ १, २०८२
सरकारको बेरुजु ७ खर्ब ३३ अर्ब नाघ्यो , एक वर्षमै ९१ अर्ब ५९ करोड थप बुधबार, वैशाख ३१, २०८२
क्यानको केन्द्रीय सम्झौताबाट बाहिरिने सन्दीपको निर्णय बुधबार, वैशाख ३१, २०८२
मोहन बस्नेतको सांसद् पद निलम्बन बिहीबार, जेठ १, २०८२
घट्यो पेट्रोलियम पदार्थको मूल्य, कुनमा कति ? बिहीबार, जेठ १, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
दास मानसिकता बोकेको विचारबाट परिवर्तन सम्भव छैन : पूर्वन्यायाधीश खतिवडा नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
एकैपटक देशभर किन भयो विद्युत् अवरुद्ध? बिहीबार, जेठ १, २०८२
विश्वकप लिग २ : स्कटल्याण्डमा हुने सिरिजका लागि नेपाली टोलीको घोषणा, दीपेन्द्रलाई उपकप्तानको जिम्मेवारी शनिबार, वैशाख २७, २०८२
सरकारको बेरुजु ७ खर्ब ३३ अर्ब नाघ्यो , एक वर्षमै ९१ अर्ब ५९ करोड थप बुधबार, वैशाख ३१, २०८२
भारत–पाकिस्तान ड्रोन र मिसाइल हानाहान पछि भारतले बन्द गर्‍यो दुई दर्जन बढि विमानस्थल शुक्रबार, वैशाख २६, २०८२
पाकिस्तानले ३-४ सय ड्रोनमार्फत सैन्य पूर्वाधारलाई निशाना बनाएको भारतको दाबी शुक्रबार, वैशाख २६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्