इजरायल – इजरायलले इरानमा हवाई आक्रमण गरेको छ । इजरायलका रक्षा मन्त्री एरिक काजले यसको घोषणा गरेसँगै इरानको राजधानी तेहरानमा विस्फोटको आवाज सुनिएका छन् ।
काजले आफ्नै देशमा पनि आपत्कालको घोषणा गरेका छन् । यो आक्रमणको लक्ष्य इरानको आणविक केन्द्र भएको जनाइएको छ ।
इजरायली एयर फोर्सको जेटले पहिलो चरणको काम सकेको जनाएको छ । यसमा धेरै सैन्य केन्द्र तथा इरानको धेरै क्षेत्रमा रहेका आणविक लक्ष्य केन्द्रित स्थान रहेको जनाइएको छ ।
अमेरिकी विदेश मन्त्री मार्क रुबियोले यस आक्रमणमा अमेरिकी संलग्नता नरहेको जानकारी दिएका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।