काठमाडौँ– न्याय परिषदले उच्च अदालतका रिक्त चार मुख्य न्यायाधीश सिफारिस गरेको छ।
शुक्रबार बिहान बसेको न्याय परिषद बैठकले उच्च अदालतका न्यायाधीशहरु राजन प्रसाद भट्राई, लालबहादुर कुँवर, हरिप्रसाद भण्डारी र राजेश्वर तिवारीलाई मुख्य न्यायाधीशमा सिफारिस गरेको हो।
भट्टराई हाल उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगञ्जमा कार्यरत रहेकोमा उच्च अदालत विराटनगरको मुख्य न्यायाधीशमा सिफारिस भएका छन्।
कुँवर हाल उच्च अदालत पाटनमा कार्यरत न्यायाधीशलाई त्यहीँ उच्च अदालत पाटनकै मुख्य न्यायाधीशमा सिफारिस गरिएको छ।
भण्डारी हाल उच्च अदालत विराटनगर, अस्थायी इजलास ओखलढुंगामामा रही काजमा तुलसीपुर इजलासमा रहेकोमा उच्च अदालत सुर्खेतको मुख्य न्यायाधीशमा सिफारिस गरिएको छ।
यसैगरी तिवारी हाल उच्च अदालत तुलसीपुर, बुटवल इजलासमा कार्यरत रहेकोमा उच्च अदालत तुलसीपुरकै मुख्य न्यायाधीशमा नियुक्त गरिएको हो।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।