काठमाडौं– नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ।
मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार असार १५ गते बस्ने गरी केन्द्रीय समिति बैठक आह्वान भएको हो।
असार १५ गते आइतबार दिउँसो १ बजे केन्द्रीय कार्यालय सानेपामा बैठक बस्ने गरी बोलाइएको हो।
उनका अनुससार बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य र आमन्त्रित सदस्यहरूको उपस्थितिका लागि आग्रह गरिएको छ ।
बैठकमा विकसित राजनीतिक घटनाक्रम, एमालेसँग सत्ता सहकार्यको समीक्षा, पार्टीको १५ औं महाधिवेशनको तयारीलगायतको विषयमा छलफल हुने जनाइएको छ ।
कांग्रेसले ९ महिनादेखि केन्द्रीय समिति बैठक राखेको थिएन। विधानमा दुई महिनामा कम्तिमा एक पटक केन्द्रीय समिति बैठक बस्नुपर्ने व्यवस्था छ।
केन्द्रीय समिति बैठक सभापतिले बोलाउने व्यवस्था छ।
कांग्रेस केन्द्रीय समिति १६८ सदस्यीय छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।