काठमाडौं– काठमाडौं महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डे बिहीबार कार्यालयमा पुगेका छन्।
यसअघि पाण्डे ६ महिने निलम्बनमा परेकामा निलम्बन गर्ने निर्णय कार्यान्वयन नगर्न उच्च अदालत पाटनले आदेश दिएपछि पाण्डे बिहीबार कार्यालय समयमै हाजिर भएका हुन्।
उनले बिहीबार बिहान सुन्धारास्थित महानगर प्रहरी बलको कार्यालयमा पुगेर हाजिर गरेका छन्। यससँगै उनले आफ्नो काम सुरु गरेका हुन्।
प्रमुख प्रशासकीय अधिकृत गुरागाईँले पाण्डेलाई गत जेठ २० गते ६ महिनाका लागि निलम्बन गरेका थिए। उक्त निलम्बनविरुद्ध पाण्डेले मङ्गलबार उच्चमा उत्प्रेषणको रिट दायर गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।