काठमाडौँ– सरकारले आगामी आर्थिक वर्षका लागि संसद्मा पेस गरेका विनियोजन विधेयकका पक्षमा मतदान गर्न सांसदहरूलाई एमालेले ह्वीप जारी गरेको छ।
एमालेका मुख्य सचेतक महेश बर्तौलाले सांसदहरूका लागि ह्वीप जारी गरेका हुन्।
सरकारले संसद्मा पेस गरेका विनियोजन विधेयकका पक्षमा मतदान गर्न भनी ह्वीप जारी गरिएको बर्तौलाले बताए।
‘असार १० गते को बैठकमा सबै सदस्यहरूलाई अनिवार्य उपस्थित भई प्रस्तावको पक्षमा मतदान गर्नुहुन ह्विप जारी गरिएको छ’, प्रमुख सचेतक बर्तौलाको भनेका छन् ।
'नेपाल सरकारद्वारा पेस गरिएको आर्थिक वर्ष २०८२/०८३ सालको विनियोजन विधेयकलाई मिति २०८२ असार १० गते बस्ने प्रतिनिधिसभाको बैठकमा निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेकाले एमाले संसदीय दलका सम्पूर्ण सदस्यहरूलाई अनिवार्य उपस्थित भइ प्रस्तावको पक्षमा मतदान गर्नुहुन ह्वीप जारी गरिएको छ,' ह्वीपमा उल्लेख छ।
-1750669181.jpg)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।