काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री कवीन्द्र बुर्लाकोटीले देश कस्तो बनाउने भन्नेकुरा नागरिकले निर्धारण गर्न सक्नुपर्ने बताएका छन्।
भक्तपुरमा शनिवार आयोजित एक कार्यक्रममा बोल्दै बुर्लाकोटीले राजनीतिले देश चलाउने भएको कारणले देश कस्तो बनाउने भन्ने कुराको निर्धारण जनताले गर्नुपर्ने बताएका हुन्।
महामन्त्री बुर्लाकोटीले भने, ‘तर हाम्रोमा राजनीतिक दलहरू संगठित हुने कारणले गर्दा दलहरू बढी सर्वशक्तिमान् भएको देखिन्छ। नागरिक शक्तिशाली हुनुपर्छ। लोकतन्त्रमा दलीय व्यवस्था र नागरिक शक्तिशाली हुनुपर्छ। नागरिकको सोचले दल ड्रिभन गर्नुपर्छ। ’
महामन्त्री बुर्लाकोटीले गणतन्त्र सकिने अवस्थामा नरहेको कारणले नै आफूहरू गणतन्त्रको पक्षमा आन्दोलनमा नआएको जिकिर गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।