झापा– प्रधानमन्त्री केपी शर्मा ओलीले हुलाकी राजमार्गअन्तर्गत गौरीगञ्ज–आमबारी खण्डको झापा र मोरङ जोड्ने रतुवा खोलाको पुलको उद्घाटन गरेका छन्।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको हुलाकी सडक निर्देशनालयले आइतबार आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले उक्त पुल उद्घाटन गरेका हुन्।
कार्यक्रममा प्रधानमन्त्री ओलीले छेउमै नदी भए पनि खेतमा सिँचाइ र उत्पादन नहुने स्थिति अन्त्य गर्दै विकास निर्माणलाई तीव्रता दिएर अबको १५ वर्षभित्र मुलुकबाट गरिबी उन्मुलन गर्नुपर्ने बताए।
त्यसक्रममा प्रधानमन्त्रीले कृषिको आधुनिकीकरण र व्यावसायिकीकरण गरी नमुना कार्य गर्न स्थानीय तहलाई आग्रह समेत गरे। प्रधानमन्त्री ओली २ दिनदेखि झापा र इलामका कार्यक्रममा सहभागी भइरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।