काठमाडौं– दसैंको टिकाको भोलिपल्ट, शनिबार दिउँसो साढे १ बजे। स्थान–सुनसरीको भान्टाबारी। भान्टाबारी प्रहरी चौकीका प्रमुख सई अवधलाल साहले सप्तरीबाट सुनसरी आउँदै गरेको रक्सीले लठ्ठिएको एक युवकलाई चेकजाँच गर्दा ३ वटा भारतीय सीमकार्ड फेला पार्छन्।
_x000D__x000D_
तीन/तीन वटा भारतीय सीमकार्ड फेला पारेपछि शंकालु हुँदै सई साहले सोध्छन् – ‘घर कहाँ हो?’
_x000D__x000D_
रातो सर्ट, हरियो, कालो र सेतो रंग मिसिएको भेस्ट लगाएका, दाहिने हातको नाडीमा रंगीचंगी डोरा बाँधेका, पैदल हिँडिरहेका कालो वर्णका युवकले जवाफ फर्काउँछन् – ‘धनुषा’।
_x000D__x000D_
सई साहले लगत्तै अर्को प्रश्न तेर्स्याउँछन् – ‘धनुषा कुन ठाउँ?’।
_x000D__x000D_
युकले जवाफ फर्काउँछन् – ‘सितापुर।’
_x000D__x000D_
धुनषामा सितापुर छैन। सितापुर त महोत्तरीमा छ। सई साह महोत्तरीकै सितापुर प्रहरी चौकीको इन्चार्ज भएर भान्टाबारी सरुवा भएको दुई महिना मात्रै भएको थियो। ठाउँको बारेमा समेत जानकार सई साहलाई ती युवकले ढाट्न खोजेको भेउ पाइसकेका थिए। त्यसपछिको युवकको हाउभाउ सई साहलाई झनै शंकास्पद लाग्छ र थप प्रश्न गर्न थाल्छन्।
_x000D__x000D_
रक्सीले मातेका युवकलाई अर्को यक्ष प्रश्न गरिन्छ – ‘सितापुर कुन ठाउँ हो घर?’
_x000D__x000D_
‘स्कुल पछाडि’, काँपेको स्वरमा ती युवकले जवाफ फर्काए।
_x000D__x000D_
‘नाम के हो?’
_x000D__x000D_
‘प्रमोद साह’
_x000D__x000D_
‘बुवाको नाम के हो?
_x000D__x000D_
‘पलोद साह’
_x000D__x000D_
महोत्तरीमै साढे ९ महिना काम गरेका सई साह ८ महिने बालिका बलात्कार हत्याको बारेमा जानकार थिए। उनी सनुसरी सरुवा भएको एक सातापछि मात्रै बालिकाको बलात्कारपछि हत्या भएको थियो। ‘एकपछि अर्को कुरा ढाँट्न थालेपछि मलाई झनै शंका लाग्यो’, सई साहले नेपाल लाइभसँग कुरा गर्दै भने, ‘बालिका चोरी गरी हत्या गर्नेको सिसिटिभीमा देखिएको हुलिया पनि केही मिलेजस्तो लाग्यो। झन् प्रश्न गर्न थालेँ।’
_x000D__x000D_

_x000D__x000D_
बालिका चोरी गरेर लैजाँदै गर्दा सिसिटिभीमा देखिएको दृश्य
_x000D__x000D_
_x000D_
‘तेरो वडाको मुखिया (वडाध्यक्ष)को नाम के हो?’
_x000D__x000D_
‘चौठी महतो’
_x000D__x000D_
चौठी महतो भंगवा गाउँपालिका–६ हात्तिसर्वाको भन्नेसमेत जानकारी भएका सईलाई ती युवकले झनै ढाट्न खोजे। चौठी महतो भंगवा गाउँपालिका–६ का वडाध्यक्ष हुन्।
_x000D__x000D_
महोत्तरी बस्दा नै राम्रो सम्बन्ध बनाएका चौठीलाई सई साहले ती युवकको फोटो खिचिरे ‘म्यासेन्जर’मा पठाउँदै लेखे, ‘मुखियाजी हेर्नुस् त, महोत्तरीकी ८ महिने बालिका चोरी गरेर हत्या गर्ने मान्छे यो हो कि होइन?’
_x000D__x000D_
केहीबेरमै जवाफ आउँछ– ‘हो, यही मान्छे हो।’
_x000D__x000D_
मुखियाको कुराले मात्रै उनी पूर्ण विश्वस्त हुन सक्दैनन्। त्यसपछि उनले जिल्ला प्रहरी कार्यालय महोत्तरीको मुद्दा शाखामा पनि फोटो पठाउँछन्। मुद्दा शाखाले पनि फोटो ‘भेरिफाइ’ गर्छ। अन्ततः पुष्टि हुन्छ कि रक्सीले मातेर लट्ठ भएका व्यक्ति अरु कोही नभई महोत्तरीमा ८ महिने बालिका चोरी गरी हत्या गर्ने महोत्तरीकै हात्तिसर्वा गाविसका २५ वर्षीय भरत साह हुन्।
_x000D__x000D_
उनले महोत्तरीको औरही नगरपालिका–१ का सन्तोष चौधरीकी ८ महिने छोरी सोनालीको भदौ ११ गते जनै पूर्णिमा दिन चोरी गरी बलात्कार गरेर हत्या गरेका थिए।
_x000D__x000D_
कसरी भएको थियो हत्या?
_x000D__x000D_
सितापुर पसलबाट बच्चा चोरेर भरत सुरुमा घर लान खाजेको तर पछि घर नलगी बलात्कार गरेर हत्या गरेको प्रहरी समक्ष बयान दिएको महोत्तरी एसपी यश्वर कार्कीले जानकारी दिए। बच्चालाई जंगलतिर लगेर बिस्कुट खान दिएको तर बच्चाले बिस्कुट नखाएपछि आफैंले खाएर बलात्कार गरी हत्या गरेको साहले बताएका छन्।
_x000D__x000D_
बच्चा हराएको थाहा पाएपछि प्रहरी र स्थानीयबासीले आफ्नो खोजी गरेपछि आफू धानबारी नै धानबारी भागेर भारतको सितामणी पुगेको उनले बताएका छन्।
_x000D__x000D_
‘प्रहरीको मोटररसाइकलको आवाज आयो। गाउँले पनि कराउन थाले। त्यसपछि डर लागेर सकडमा नकिस्की धानबारीबाटै सलार्ही हुँदै भारत पसें’, आरोपित साहलाई उद्दृद गर्दै एसपी कार्कीले भने।
_x000D__x000D_
भारतमा कवाडी र ज्यामीको काम, प्रतिक्षालयको सुताइ
_x000D__x000D_
बयानका क्रममा सितामणीमा साहले २० दिन बिताएको बताएका छन्। त्यहाँ उनले ज्यामी काम गर्ने गर्थे। कहीलेकाहीं सिसी बोतल जम्मा पारेर बेच्ने कवाडीको कामसमेत गरेको बताएका छन्। त्यही दिनभरको कमाइले उनी होटलमा खाना खान्थे भने रातको सुताइ भने रेल्वे स्टेसनको प्रतिक्षालयमा हुन्थ्यो।
_x000D__x000D_
सितामणीमा पनि प्रहरी परिचालन गरेर व्यापक खोजी हुन थालेपछि त्यसपछि साहले आफू त्यहाँबाट गाडी चेढेर दरभंगा गएको बताएका छन्। दरभंगामा पनि उनको दैनिकी उस्तैगरी बित्ने गरेको बयान दिएका छन्। ‘दिनभर ज्यामी वा कवाडी बटुल्ने अनि रातको बास प्रतिक्षालयमै हुन्थ्यो।’, आरोपित साहको बयानलाई उद्दृद गर्दै एसपी कार्कीले भने।
_x000D__x000D_
झन्डै दुई महिनासम्म भारतमा लुकिछिपी बसेको भरतलाई नेपालीहरुको महान चाड दसैंको ज्यादै न्यास्रो लाग्छ। नेपाल हुँदा रमाइलो गरिएको दुर्गा पूजाको झझल्कोले उनलाई सताउँछ र शाह घर फर्किन्छन्। ‘दुर्गा पूजा जाउँ–जाउँ लाग्यो। मन नै नमानेपछि दुर्गा पूजा हेर्नकै लागि नेपाल आएको थिएँ’, साहले बयानमा बताएको कुरा सुनाए सई अवधलालले।
_x000D__x000D_
दुर्गा पूजा हेर्न नेपाल आएका उनी अन्ततः पक्राउ पर्छन्। उनलाई जिल्ला प्रहरी कार्यालय सुनसरीले आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय महोत्तरीमा बुझाएको छ। उनीमाथि कर्तव्य ज्यान तथा जबरजस्ती करणी मुद्दामा अनुसन्धान भइरहेको महोत्तरीका एसपी कार्कीले जनाएका छन्।
_x000D__x000D_
टोपी किन्ने निहुँ गर्दै चोरेका थिए साहले बच्चा
_x000D__x000D_
बच्चा चोरिएको दिन जनैपूर्णिमा थियो। त्यस दिन साहले कपाल खौरेका थिए। कपाल खौरेपछि टोपी किन्न उनी एउटा पसलमा गएका थिए। पसलेले आफ्नोमा टोपी नभएको, सन्तोषको पसलमा होला भन्दै नजिकैको किराना पसलतर्फ देखाएका थिए।
_x000D__x000D_
त्यसपछि साह सन्तोषको पसलमा गए। परिचितजस्तै गरी पसलमा बसेकी सन्तोषकी श्रीमतीलाई उनले सन्तोष खोई भन्दै सोधका थिए। नामै लिएर बोलाएपछि सन्तोषकी श्रीमतीले साहलाई श्रीमानको साथी होला भन्ने विश्वास गरेकी थिइन्। टोपी किन्न गएका साह पसल अगाडिको खाटमा बसे। पसलमा मान्छेको चहलपहल पनि बाक्लै थियो। त्यही मौका छोप्दै आँगनमा खेलिरहेकी सन्तोषकी ८ महिने छोरीलाई साहले बोकेर हिँडेका थिए।
_x000D__x000D_
साँझ करिब साढे ६ बजे आफ्नै पसलबाट हराएकी छाेरी नभेट्टिएपछि चाैधरी परिवारले राति ९ बजे बच्चा हराएको प्रहरीलाई जानकारी गराइएको थियो।
_x000D__x000D_
भोलिपल्ट मृत अवस्थामा सोनाली औरही–८ स्थित जंगलमा भेटिएकी थिएन्। पसलबाट १ किलोमिटर पूर्वमा आँप बगैंचामा उनको शव भेटिएको थियो।
_x000D__x000D_
बालिकाको शरीरमा चोटपटक देखिएकाले थप आशंका उब्जिएको भन्दै बालिककाको शव पोष्टमार्टम गरिएको थियो। बालिकाको यौनांग र मलद्वारमा गहिरो चोट रहेको पाइएकाले बालिकाको शव पोष्टमार्टम गर्दा बलात्कारपछि हत्या भएको पुष्टि भएको थियो।
_x000D__x000D_
आठ महिने बालिकाको चोरी गरेर हत्या हुनु गम्भीर भन्दै प्रहरीले अनुसन्धान सुरु गरेको थियो।
_x000D__x000D_
प्रहरीले सिसिटिभी फुटेजमा बच्चा बोकेर हिँडेको दृश्यसमेत फेला पारको थियो। सिसिटिभी फुटेजमा महोत्तरीकै तत्कालीन हात्तिसर्वा गाविसका २५ वर्षीय भरत साहलाई पसल अगाडिबाट बच्चा बोकेर हिँडेको देखिएको पत्ता लागेको थियो।
_x000D__x000D_
को हुन् ८ महिने बच्चाको हत्या गर्ने भरत साह?
_x000D_
_x000D_साह केही समयअघि मात्रै सिरहा कारागारबाट छुटेका कैदी हुन्। कारागारबाट छुटे पनि उनको बानी भने सुध्रिएको थिएन। उनी घरकै सामान तथा पैसासमेत चाेरी गर्न बाँकी राख्दैनथे।
_x000D__x000D_

_x000D__x000D_
अाराेपित साहकाे नागरिकताकाे प्रमाणपत्र
_x000D__x000D_
_x000D_
चोरेर हैरान पारेका कारण उनका परिवारका सदस्यहरु पनि उनीबाट आजित थिए। बन्द घर तथा मान्छे नभएको मौका पारेर चोरी गर्नु उनको बानी थियो। भरतलाई चिन्नेहरु उनलाई देख्नासाथ सतर्क हुन्थे।
_x000D__x000D_
पछिल्लो समय उनले चोरेरै आफ्नो जिविका चलाउँदै आएका थिए। साहले बेलाबेलामा मस्तिष्कले काम नगरेकोजस्तो व्यवहार पनि देखाउने गरेको परिवारिक स्रोतले जनाएको छ।
_x000D__x000D_
याे पनि पढ्नुस्:
_x000D__x000D_
सिसिटिभीमा देखिएका हत्यारा डेढ महिना बित्दा पनि पक्राउ परेनन्
_x000D__x000D_
शिशु हत्याका मुख्य अभियुक्त समातिए
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।