दक्षिण कोरिया– कोरियामा हृदयघातका कारण बिहीबार बिहान एक नेपालीको मृत्यु भएको छ।
मृत्यु हुनेमा तेह्रथुमका योगेन फ्याँगु लिम्बु रहेको कोरियाका लागि नेपाली श्रम कन्सुलर डिल्लीराम बाँस्तोलाले जानकारी दिए।
लिम्बु लामो समयदेखि मधुमेहबाट पीडित रहेका थिए। लिम्बुलाई चार दिनअघि अस्पताल भर्ना गरिएको थियो।
अस्पतालले आज बिहान उनको मृत्यु भएको जनाएको हो। घटनाका विषयमा लिम्बुको परिवारलाई जानकारी गराइसकिएको बाँस्तोलाले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।