काठमाडौं– वैदेशिक रोजगारीको सिलसिलामा कुवेतमा कार्यरत रहँदा घाइते तथा मृत्यु भएका नेपाली कामदारलाई क्षतिपूर्तिवापत ८ करोड रुपैयाँ कुवेतस्थित नेपाली राजदुतावासले वितरण गरेको छ।
रोजगारीमा गइ विभिन्न कारण मृत्यु तथा घाइते भएका कामदारलाई क्षतिपूर्ति दिलाएको दूतावासले जानकारी दिएको छ।
दुतावासले कानुन व्यवसायीको सहयोग लिएर गरेको निरन्तर कार्यको फलस्वरूप सन् २०१८ मा घाइते एवम् मृतक कामदारहरूको क्षतिपूर्ति वापतको बिमा रकम, बाँकी तलब, सेवा पश्चात पाउने रकम, सम्बन्धित कम्पनीबाट प्राप्त सहयोग वितरण गरेको छ।
दुतावासले २ करोड ४८ लाख ८ सय ३३ कुवेती दिनार (करिब ८ करोड ५७ लाख ४० हजार नेपाली रुपैयाँ) वितरण गरेको छ।
प्राप्त रकम सम्बन्धित कामदारहरूका कानुनी हकदारहरूलाई उपलब्ध गराइदिन नेपाल सरकार, परराष्ट्र मन्त्रालयमा नेपाली राजदुतावास कुवेतले विभिन्न समयमा पठाइसकेको समेत जानकारी गराएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।