• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असार २९, २०८२ Sun, Jul 13, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
जीवनशैली
के हो फ्याटी लिभर?
64x64
नेपाल लाइभ सोमबार, फागुन १३, २०७५  १८:४६
1140x725

हिजोआज धेरै मानिस युएसजी (भिडियो एक्सरे) गर्दा  फ्याटी लिभर (कलेजोमा बोसो) देखियो भनेर अस्पताल आउने गरेको पाइन्छ। 

के हो त फ्याटी लिभर?

सामान्य बुझाइका लागि फ्याटी लिभर भनेको कलेजोमा बोसो जमेको अवस्थालाई बुझ्न सकिन्छ। 

के यो सामान्य हो या कुनै नराम्रो रोगको लक्षण हो?

धेरैजस्तो अवस्थामा फ्याटी लिभर सामान्य जस्तो लाग्न सक्ला, तर यसलाई हेलचेक्राइँ गर्नु हुँदैन। चिकित्सक, पेट तथा कलेजो रोग विशेषज्ञसँग परामर्श र सल्लाह गर्दा राम्रो हुन्छ। कतिपय अवास्थामा, यो भविष्यमा हुन सक्ने नराम्रो रोगको पहिलो लक्षण पनि हुन सक्छ।

के कारणले हुन्छ फ्याटी लिभर?
१.    रक्सीको सेवन,
२.    मोटोपना, 
३.    अस्वस्थ खानपीन (विलाशी 18),
४.    शारीरिक व्यायाममा कमी,
५.    मधुमेह,
६.    रगतमा नराम्रो बोसोको मात्र धेरै हुँदा,
७.    हेपाटाइटिस सी,
८.    कलेजो बिग्रिनु अगाडिको एकदमै पहिलो लक्षण, 
९.    कतिपय अवास्थामा लामो समयसम्म दीर्घकालीन रोगका लागि प्रयोग भइरहेका औषधिले पनि समस्या ल्याउन सक्छ।

फ्याटी लिभर भएपछि के-के हुन्छ? 

१.    फ्याटी लिभरलाई कलेजो रोगको पहिलो लक्षण मान्न सकिन्छ। यो अवस्थामा मान्छे बाहिरबाट हेर्दा एकदमै सामान्य हुन सक्छ। उसको कलेजोको रगत (एलएफटी) को रिपोर्ट सामान्य नै हुन सक्छ। 

Ncell 2
Ncell 2

२.    स्टिटोहेपाटाइटिसिलाई रोगको दोस्रो चरण मान्न सकिन्छ। यसमा भिडियो एक्सरे गर्दा फ्याटी लिभर देखिनुका साथै कलेजो सुन्निन्छ, फुल्छ।

लक्षणहरू 

कसै-कसैलाई खाना मन नलाग्ने, बान्ता हुने, मुख मिठो नहुने, आलस्य हुने, कमजोरी, पहेलो पिसाब, आँखाबाट पहेलोपना सुरू भएर शरीरको अन्य भागमा देखा पर्ने (जन्डिस) पनि देखिन सक्छ। करङमुनिको दाहिने भाग कोखा दुख्ने पनि हुन सक्छ।

परीक्षण
१.    एलएफटी– रगतबाट कलेजो जाँच्दा हाइ बिलिरुबिन, हाइ एएलटी/एएसटी।
२.    युरिन आरई, एमई– पिसाबमा खराबी।
३.    रगतमा बोसोको मात्र उच्च हुन सक्छ (हाइ टिजी, हाइ कोलेस्टेरोल, हाइ एलडिएल)।
४.    ब्लड सुगर, युरिक एसिड उच्च हुन सक्छ।

यसको समयमै रोगको कारण, निदान र उपचार नगरे कतिपय अवास्थामा रोग बढेर कलेजो बिग्रने अवस्था आउन सक्छ। कलेजो बिग्रेर कलेजो फेलियर भएमा त्यसलाई सिरोसिस (लिभर सिरोसिस) भनिन्छ। सामान्य भाषामा यसलाई लिभर फेलियर भनेर बुझ्न सकिन्छ। तर, सफल उपचार गरे बिरामी पहिलेको जस्तै सामान्य अवस्थामा आउन सक्छ। 

लिभर सिरोसिस हुने मुख्य कारण के-के हुन्?

१.    कम्तिमा १० वर्षदेखि नियमित रक्सी सेवन।
२.    क्रोनिक हेपाटाइटिस (बी, सी) - रगतबाट, असुरक्षित यौन सम्पर्कबाट, आइभी ड्रग एब्युज, आमाबाट सन्तानमा।
३.    फ्याटी लिभर भई स्टिटोहेपाटाइटिस हुँदै रोगको उपचार नगर्दा र रोग बढ्दै जाँदा।

लिभर सिरोसिसका लक्षण

१. जन्डिस रहिरहने (आँखाबाट पहेँलोपना सुरू भएर शरीरको अन्य भागमा देखा पर्ने र बढ्ने र पहेँलो पिसाब जाने)।
२. खान मन नलाग्ने, बान्ता हुने, आलस्य हुने, कमजोरी महसुस हुने।
३. खुट्टा सुनिन्ने, फुल्ने।
४. पेट फुल्ने वा पेट ठूलो हुने।
५. छाला र मासु गलेर आउने।
६. बिरामी पातलो-दुब्लो हुँदै जाने।
७. केटा मान्छेको स्तन बढेर आउने।

लिभर सिरोसिस भयो भने के-के समस्या आउन सक्छन्? 

१.    पेटमा पानी जम्नाले पेट फुलेर आउने, सास फेर्न गाह्रो हुने। 
२.    खुट्टा फुलेर, सुन्निएर काम गर्न, हिँड्न गाह्रो हुने।
३.    मुखबाट बान्तामा रगत आउने, दिसामा रगत आउने, दिसा कालो हुने।
४.    बोली लटपटिने, बेला-बेलामा होस गुमाउने, दिनमा सुत्ने, रातमा बर्बराउने।
५.    पिसाब आउन कमी हुने।

माथि उल्लेखित कुनै पनि समस्या देखा परेमा तुरुन्तै अस्पताल जानुपर्छ। कतिपय अवस्थामा आइसियूमै भर्ना गरेर मात्र उपचार सम्भव हुन सक्छ।

फ्याटी लिभरको उपचार 

१.    चिकित्सक, पेट तथा कलेजो रोग विशेषज्ञसँग परामर्श र सरसल्लाह गर्ने। 
२.    धेरैजसो अवास्थामा, यो समस्याका लागि छुट्टै औषधि प्रयोग गर्नुपर्दैन। 
३.    कलेजोमा बोसो बढ्ने अवस्थाको कारण जे हो, त्यसको उपचार गर्ने। 
४.    वजन घटाउने, हिँडडुल गर्ने, नियमित व्यायाम गर्ने, खानपीनको ख्याल राख्ने।

तर स्टिटोहेपाटाइटिसको अवस्थामा पुगिसकेपछि उचित परामर्श र औषधि प्रयोग गर्नुपर्छ। समयमै उपचार गरे कलेजो बिग्रन पाउँदैन र आफ्नो पुरानो स्वरूपमै कलेजो राम्रो हुँदै जान्छ।

लिभर सिरोसिस भइसकेपछि पेट तथा कलेजो रोग विशेषज्ञसँग नियमित चेकजाँच गराउनुपर्छ। अझ जटिलता नआओस् भनेर उपचार गर्ने र जेजसो जटिलता देखिन्छ त्यसको समयमै उपचार गर्ने। कतिपय अवस्थामा कलेजो फेर्ने अथवा प्रत्यारोपण गर्नु बाहेक अन्य विकल्प नरहन सक्छ।

यी भ्रम हुन् 

१. लिभर टनिकले फ्याटी लिभर (जन्डिस) को सफल उपचार हुन्छ।
२. लिभर टनिक खाएपछि रक्सी खान हुन्छ। 
३. लिभर टनिक खाएपछि कलेजो बिग्रन्न।
४. बेसार खाएमा कलेजोको रोग, जन्डिस बढ्छ।
५. नुन खानु हुँदैन।
६. जे पनि उमालेको मात्र खानुपर्छ।
७. तरकारी पकाउन थोरै मात्रामा पनि तेल प्रयोग गर्नु हुँदैन। 

कस्तो खानपान अपनाउने

नियमित रक्सी सेवनले जन्डिस हुन सक्ने भएकाले मध्यपान गर्नु हुँदैन। कलेजोले खानामा विशेषगरी चिल्लो र प्रोटिन पचाउने भएकाले कलेजोलाई आराम दिनका लागि माछा-मासु र चिल्लो पदार्थ धेरै नखाने।

पानी प्रसस्त मात्रामा पिउनुपर्छ। पानी उमालेको वा फिल्टर गरेको हुनुपर्छ। मुख नमिठो हुने हुँदा ग्लुकोज पानी, फलफूलको जुस खाने। फलफूल पानीको विकल्प हुनुका साथै तागत पनि दिने भएकाले सकेसम्म प्रसस्त फलफूल खाने। जन्डिस हुँदा सकीनसकी मेवा, उखु खोज्दै हिँड्नुपर्दैन। उखु पेल्ने हात र पानी फोहोर छ भने त्यसले फाइदा होइन बेफाइदा गर्न सक्छ। 

नियमित बिहान-बेलुका दाल-भात-तरकारी खान मिल्छ। तरकारी पकाउन थोरै तेलको प्रयोग गर्न सकिन्छ। तर, तेलमा फ्राइ गरेको, तारेको खाने कुरामा खानु हुँदैन। जंकफुड, फास्टफुड, मःमः, चाउमिन जस्ता बाहिरका खाना खानु हुन्न। यसैगरी, कोक/फेन्टा जस्ता पेय पदार्थबाट पनि टाढै बस्नुपर्छ।

(पेट तथा कलेजो रोग विशेषज्ञ डा भट्टराई ग्यास्ट्रो केयर प्रालि पोखरामा कार्यरत छन्)

प्रकाशित मिति: सोमबार, फागुन १३, २०७५  १८:४६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
एनपीएलको अक्सनका लागि खेलाडी दर्ता खुला
प्रचण्डलाई प्रधानमन्त्रीको जवाफ : कराउनेहरू कराउँछन्, गठबन्धन चुनावसम्मै जान्छ
जनचाहनाअनुसार दलहले नीति र नेतृत्व निर्माण गर्नु अहिलेको आवश्यकता हो : सभामुख घिमिरे
सम्बन्धित सामग्री
सरकारी स्वास्थ्य संस्थामा फोलिक एसिड र आइरन चक्कीको अभाव: कारण र असर यस्ता छन् अन्य कतिपय स्थानीय तहका स्वास्थ्य संस्थाहरूले पनि ती औषधिको उपलब्धताबारे ताकेता गर्ने गरेको विभागका अधिकारीहरू बताउँछन्। शुक्रबार, असार १३, २०८२
पाइल्स मुक्त अभियानमा डा. सुवर्ण पौडेल, मेदान्तबाट गर्छन् सबै खाले समस्याको निदान ‘डाक्टरले औषधी लेखिरहँदा औषधि दिने मान्छे पनि क्वालिटीयुक्त हुनुपर्छ। औषधि पनि क्वालिटीको चाहिन्छ भनेर हामी जनशक्ति उत्पादनमा पनि सक... आइतबार, असार ८, २०८२
आज अन्तर्राष्ट्रिय योग दिवस मनाइँदै भारतीय प्रधानमन्त्री नरेन्द्रदामोदरदास मोदीले संयुक्त राष्ट्र सङ्घको ६९ औँ महासभामा योग सबैका लागि सधैँका लागि आवश्यक भएकाले अन्तर्र... शनिबार, असार ७, २०८२
ताजा समाचारसबै
एनपीएलको अक्सनका लागि खेलाडी दर्ता खुला शनिबार, असार २८, २०८२
प्रचण्डलाई प्रधानमन्त्रीको जवाफ : कराउनेहरू कराउँछन्, गठबन्धन चुनावसम्मै जान्छ शनिबार, असार २८, २०८२
जनचाहनाअनुसार दलहले नीति र नेतृत्व निर्माण गर्नु अहिलेको आवश्यकता हो : सभामुख घिमिरे शनिबार, असार २८, २०८२
वैदेशिक रोजगारीको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा दुई जना पक्राउ शनिबार, असार २८, २०८२
एमाले अहिले पनि नौजवान पार्टी हो : भट्टराई शनिबार, असार २८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
रासायनिक मल र विषादीको अवैज्ञानिक प्रयोगले खाद्य सुरक्षामा दीर्घकालीन असर परेको छ: मन्त्री अधिकारी(भिडियो)
रासायनिक मल र विषादीको अवैज्ञानिक प्रयोगले खाद्य सुरक्षामा दीर्घकालीन असर परेको छ: मन्त्री अधिकारी(भिडियो) बुधबार, असार २५, २०८२
अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक विजेता खेलाडीलाई प्रधानमन्त्रीद्वारा पुरस्कार वितरण (भिडियो)
अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक विजेता खेलाडीलाई प्रधानमन्त्रीद्वारा पुरस्कार वितरण (भिडियो) बुधबार, असार २५, २०८२
नेपाल लाइभ समाचार, असार 24 #live
नेपाल लाइभ समाचार, असार 24 #live मंगलबार, असार २४, २०८२
त्रिशूली नदीमा फसेका २ जनाको हेलिकप्टरबाट उद्धार
त्रिशूली नदीमा फसेका २ जनाको हेलिकप्टरबाट उद्धार मंगलबार, असार २४, २०८२
नेपाल लाइभ समाचार, असार 23 #live
नेपाल लाइभ समाचार, असार 23 #live सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
साफ यू–२० च्याम्पियनसिप पूर्णिमा राईको ह्याट्रिकमा भुटानविरुद्ध नेपाल ६–१ गोलले विजयी शुक्रबार, असार २७, २०८२
लिङ्देनको निर्णयविरुद्ध नवराज सुवेदी भोलि निर्वाचन आयोग जाँदै शनिबार, असार २८, २०८२
८ दिनपछि सुनको मूल्य निर्धारण गरियो शुक्रबार, असार २७, २०८२
टी–ट्वान्टी विश्वकप दौडबाट बाहिरियो स्कटल्यान्ड, नेदरल्यान्ड्सलाई इटालीविरुद्ध जित्नैपर्ने दबाब शुक्रबार, असार २७, २०८२
एयर इन्डियाको विमान दुर्घटना: इन्जिन ‘कट-अफ’ को अर्थ र यसको प्रभाव शनिबार, असार २८, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
उद्धारका लागि गएको नेपाली सेनाको हेलिकोप्टर चिनियाँ भूमिमा 'फोर्स ल्याण्डिङ' मंगलबार, असार २४, २०८२
साफ यू–२० च्याम्पियनसिप पूर्णिमा राईको ह्याट्रिकमा भुटानविरुद्ध नेपाल ६–१ गोलले विजयी शुक्रबार, असार २७, २०८२
लिङ्देनको निर्णयविरुद्ध नवराज सुवेदी भोलि निर्वाचन आयोग जाँदै शनिबार, असार २८, २०८२
भोजपुरमा ससुराली पुगेका ज्वाइँले गरे श्रीमतीसहित चारजनाको हत्या आइतबार, असार २२, २०८२
८ दिनपछि सुनको मूल्य निर्धारण गरियो शुक्रबार, असार २७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्