• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असार २८, २०८२ Sat, Jul 12, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर
इजादर मिया : जसले श्रीमती, बुहारी र २ नातिनी एकसाथ गुमाए  भन्छन्- मेरो परिवार त्यहीँ छ, इटा पन्छाएर छिटो निकाल
64x64
नारायण अधिकारी मंगलबार, चैत १९, २०७५  २१:०७
1140x725

श्रीमती, बुहारी, र २ नातिनी गरी ४ जना गुमाएका इजदार मियाँ। उनको होस गुमेको छ। तस्बिर : निमेषजंग राई


नारायण अधिकारी/पुरनिया, फेटा- 'छोरो घाइते भएर निकालिएको ठाउँमा मेरा बाँकी परिवार त्यहीँ छ। छिटो इँटा पन्छाएर निकाल,' उमेरले ७० को  दशक पार गरिसकेका इजादर मिया खातुन परिवार गुमाउनुको पीडामा अहिले यसरी बर्बराउन थालेका छन्।

लामो सेत्तै फुलेको कपाल। खपटे परेका गाला। शोकमा डुबेकाले चिउँडोतिर फर्किएको नाक। रसिला आँखा। रिपोर्टिङका क्रममा बिहान ११ बजेतिर हामीले उनलाई देख्दा यस्तै देखिन्थे, उनी। 

गत आइतबार बारामा आएको हावाहुरीका कारण कसैको सबैभन्दा बढी क्षति भएको छ भने त्यो उनै इजादर मिया हुन्। दिउँसो ११ बजे छिमेकीको पक्का घरको मूल ढोकाबाट एकोहोर हेर्दै उनी टोलाइरेहका थिए। 

छिमेकीको घरमा आश्रय लिएका मिया। 


हामीले उनीसँग कुरा गर्ने आँट समेत गर्न सकेनौं। श्रीमती, बुहारी र २ नातीनी गरी चार जना बित्दाको पीडा कस्तो हुन्छ, साउद उनैलाई मात्र थाहा हालो। झन्डै १० मिनेट हामीले उनको गतिविधि नियालेका थियौं। उनले एकै शब्द पटकपटक दोहोर्‍याएका थिए, ‘छोरो घाइते भएजस्तै मेरी श्रीमती, बुहारी, दुई नातिनी पनि घाइते भएर त्यहीँ घरमा पुरिएका छन्। छिटो इँटा पन्छाएर उनीहरुलाई उपचार गराउन पठाओ।’

उनी यसैगरी एकोहोरो बर्बराइरहन्थे। इँटा र माटोको गाह्रो र कस्याङले छाएको घर हुरीले तहसनहस भएपछि उनलाई छिमेकीका घरमा ल्याएर राखिएको थियो। उनी पटकपटक आफ्नो भत्किएको घर जाने र परिवारका सदस्यको उद्धार गर्ने भन्दै जान खोज्थे। तर आफन्तले उनलाई रोके। 

Ncell 2
Ncell 2

हामीलाई रिर्पोटिङको लागि अन्त पनि जानु थियो। धर्मनगरमा इँटा भट्टामा पुरिएर ५ जनाको मृत्यु भएको सुनेपछि हामी त्यसतर्फ लाग्यौं। धर्मनगर पुगेर फर्किएपछि उनको जिद्धीलाई कसैले नकार्न सकेनछन्। आफन्तले दुबै हात च्याप्दै त्यही उराठलाग्दो घर पुर्याएका थिए। 

अचेत अवस्थामा रहेका मिया। घटनास्थलतर्फ हात समातेर लैजाँदै छिमेकी। उनलाई अझै सोही स्थानमा परिवारका सदस्य जीवितै छन् जस्तो लागिरहन्छ। र भन्छन्-चाँडै उद्धार गरिदेओ।


४ सदस्य गुमाएका इजादर भाग्यले बाँचे
इजादर बाँच्नुमा भाग्य नै मान्छन् उनका आफन्त। इजादरका सम्धी अर्थात् एनके मोहम्मद अन्सारीका अनुसार उनी मुस्लिम धर्मअनुसार गरिने एक पवित्र पूजा जमातको निम्तो भन्न त्यसदिन अन्य गाउँ पुगेका थिए उनी। रात परेपछि उनी उतै बसे र भाग्यले बाँचे। 

इजादरको घरमा त्यसदिन उनकी श्रीमती, अमिना खातुन, बुहारी, सकिमा खातुन, छोरा साहबुद्धिन र २ जना छोरीका एकएक जना छोरी गरी ५ जना थिए। राति खाना खाएर सुत्ने बेला भइसकेको थियो। त्यति नै बेला पश्चिमबाट पूर्णतर्फ जोडले हुरी चल्यो। सुरुमा हवाइजहाज उडेको जस्तो आवाज लागेको थियो। पछि घर नै उडाउन थालेपछि हावाहुरी आएको थाहा पाएको उनीहरुका आफन्तले बताए। 

इजादरका घरमा भएका ५ जनामध्ये चार जनाको इहलिला त्यही घरमै सकियो। उनीहरुलाई आफन्तले अस्पतालसम्म पुर्याउनसम्म सकेनन्।

इजादरको घरमा २ जनाको पश्चिम दक्षिणतर्फको कोठामा च्यापिएर मृत्यु भयो। १ जनाको दक्षिणतर्फको कोठामा च्यापिएर घटनास्थलमै ज्यान गयो। अर्का एक जना सदस्य भने पूर्वी दक्षिणको कोठामा च्यापिएर मृत्यु भएको थियो। घटनास्थलमा भएको रगतको टाटा देखाउँदै उनका आफन्त महुन अन्सारीले देखाए। 

भाग्यले बाँचे इजादरका एक नाती
इजादरका घाइते छोरा साहबुद्धिन अन्सारीका छोरा तथा इजादरका नाती साहेब अन्सारी भने त्यस दिन भाग्यले बाँचे। अन्दाजी १३ वर्ष जतिका साहेब अन्सारीलाई हामीले उनका हजुरबुबा इजादरसँगै छिमेकीको घरमा शरण लिएको अवस्थामा भेटेका थियौं।

मियाको छोराको छोरा सहायद अन्सारी। हुरी चलेका दिन उनी मामाघर भएकाले भाग्यले बाँचेका थिए।


सेतो वस्त्रमा भेटिएका उनीसँग आफ्नो आमा, हजुरआमा र दुई बहिनीहरु गुमाउनुको पीडा झल्कन्थ्यो। उनीसँग पनि हामीले कुरा गर्न सक्ने अवस्था थिएन। 

एकछिनमा उनी दौडिएर राहत लिन लाइनमा लागे। 

अहिले हजुरबुबाको हेरचाह गर्दै आएका यी साहेब पनि भाग्यले नै बाँच्न सफल भएका थिए। उनी त्यसदिन झन्डै एक घन्टा टाढा रहेको मामाघरमा शनिबारमात्र गएका थिए। 

मामाघर बसेका दुई नातिनीलाई बाँकी राखेन हुरीले
इजादरका दुई छोरीका एकएक जना छोरी अर्थात् नातिनी इजादरसँगै बस्थे। नजिकैको मदरसामा पढाउने भन्दै उनले नातिनीलाई आफूसँगै ल्याएका थिए। नातिनीहरुको मदरसा पढाई पनि राम्रै थियो। 

तर बिडम्बना बितन्डा मच्चाउने गरी आएको हुरीले १०/१२ वर्षका दुई नातिनी पनि निल्यो।

आफ्नी छोरी गुमाएपछि इजादरकी छोरी घटनास्थलमै गएर आँसुमा नुहाउँदै थिइन्।

मियाकी छोरी। हुरीका कारण उनकी एक छोरी, आमा, भाउजु र दिदीकी छोरीको मृत्यु भएको छ।


उनका ससुरा नेक मोहम्मद नाती बाकेर घटनास्थल अवलोकन गर्दै भन्दै थिए, 'उमेर यति भइसक्यो, अहिलेसम्म यस्तो हावाहुरी देखेको थिएन।' घटनास्थलमा उनी आफ्नो नाती अर्थात् मृतक बालिकाको भाइ लिएर पुगेका थिए।

मियाका सम्धी मोहम्मद अन्सारी। उनकी एक नातिनीको हुरीका कारण मृत्यु भएको छ। 


चारैजनाको शव एकै ठाउँमा गाडियो 
मुस्लिम पराम्पराअनुसार मृतकको शव गाड्ने चलन छ। परिवारमा विपत्ति आइपरेको खबर पुगेपछि इजादर सोमबार बिहानै आफ्नो घर फर्किएका थिए। उनीसँग अल्लाहलाई पुकार्नुको विकल्प थिएन।

अहिले पनि बेलाबेलामा पुकारिरहन्छन्। मृतक श्रीमती, बुहारी र दुई नातिनीको शव उनले मुस्लिम परम्पराअनुसार नजिकैको शव गाड्ने ठाउँमा गाडे।

तर उनलाई यसको कुनै होस नै छैन। विश्वास लागेको छैन, आफ्नै परिवारका चार जनाको मृत्यु भएको र बेलाबेला भनिरहन्छन्, 'उनीहरुको चाँडो उद्धार गरिदेओ।' आफैं पनि उद्धारका लागि जान खोज्छन्। 

घाइते छोराको अवस्था सुधारोन्मुख
साहबुद्धिन अन्सारी मात्रै बाँचेका उनको घरमा त्यसदिन। त्यही पनि उनी सद्धे रहन सकेनन्। टाउको, पेट र खुट्टामा चोट लागेको छ। उनलाई उपचारका लागि वीरगंजको नेशनल मेडिकल कलेजमा भर्ना गरिएको छ। उनको अवस्था सुधारोउन्मुख भएको जानकारी डाक्टरले दिएको उनका आफन्तले बताए।

प्रकाशित मिति: मंगलबार, चैत १९, २०७५  २१:०७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
धोबी खोलामा बाढी (तस्बिरहरु) धोबिखोलामा बाढी आएपछि अनामनगर छेउका करिडोर डुवानमा परेका छन् । जसका कारण सवारी आवागमन प्रभावित भएको छ । शुक्रबार, असार ६, २०८२
समाजसेवामा समर्पित कृपा,  नाम जस्तै पहिचान समाजसेवा गर्दा घरव्यवहार सब लथालिंग हुने कुरामा उनको विश्वास छैन। किनभने घर र समाज व्यवस्थापन गर्ने कलाले उनलाई यहाँसम्म ल्याइपुर्‍य... आइतबार, जेठ २५, २०८२
त्रिधार्मिकस्थल हलेसीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल नगरपालिकाको हिउँदे नगरसभाले विश्वप्रसिद्ध त्रिधार्मिकस्थल हलेसीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने निर्णय पारित गरेको नगरप्रमुख वि... शुक्रबार, माघ १८, २०८१
ताजा समाचारसबै
प्रधानमन्त्री ओलीले दिए खेलाडीलाई बधाई शनिबार, असार २८, २०८२
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य शनिबार, असार २८, २०८२
आज यि नदीमा छ बाढीको खतरा शनिबार, असार २८, २०८२
लिभरपुलले जोटाको सम्मानमा २० नम्बरको जर्सीलाई अवकाश दिने शनिबार, असार २८, २०८२
सन्दीप लामिछानेको सम्मानमा यस्तो बन्दैछ जन्मिएको गाउँमा रङ्गशाला शनिबार, असार २८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
रासायनिक मल र विषादीको अवैज्ञानिक प्रयोगले खाद्य सुरक्षामा दीर्घकालीन असर परेको छ: मन्त्री अधिकारी(भिडियो)
रासायनिक मल र विषादीको अवैज्ञानिक प्रयोगले खाद्य सुरक्षामा दीर्घकालीन असर परेको छ: मन्त्री अधिकारी(भिडियो) बुधबार, असार २५, २०८२
अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक विजेता खेलाडीलाई प्रधानमन्त्रीद्वारा पुरस्कार वितरण (भिडियो)
अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक विजेता खेलाडीलाई प्रधानमन्त्रीद्वारा पुरस्कार वितरण (भिडियो) बुधबार, असार २५, २०८२
नेपाल लाइभ समाचार, असार 24 #live
नेपाल लाइभ समाचार, असार 24 #live मंगलबार, असार २४, २०८२
त्रिशूली नदीमा फसेका २ जनाको हेलिकप्टरबाट उद्धार
त्रिशूली नदीमा फसेका २ जनाको हेलिकप्टरबाट उद्धार मंगलबार, असार २४, २०८२
नेपाल लाइभ समाचार, असार 23 #live
नेपाल लाइभ समाचार, असार 23 #live सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
साफ यू–२० च्याम्पियनसिप पूर्णिमा राईको ह्याट्रिकमा भुटानविरुद्ध नेपाल ६–१ गोलले विजयी शुक्रबार, असार २७, २०८२
८ दिनपछि सुनको मूल्य निर्धारण गरियो शुक्रबार, असार २७, २०८२
टी–ट्वान्टी विश्वकप दौडबाट बाहिरियो स्कटल्यान्ड, नेदरल्यान्ड्सलाई इटालीविरुद्ध जित्नैपर्ने दबाब शुक्रबार, असार २७, २०८२
एयर इन्डियाको विमान दुर्घटना: इन्जिन ‘कट-अफ’ को अर्थ र यसको प्रभाव शनिबार, असार २८, २०८२
पूर्वराजा ज्ञानेन्द्रको संवाद सचिवालय प्रमुखसँग प्रहरीको सोधपुछ शुक्रबार, असार २७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
उद्धारका लागि गएको नेपाली सेनाको हेलिकोप्टर चिनियाँ भूमिमा 'फोर्स ल्याण्डिङ' मंगलबार, असार २४, २०८२
साफ यू–२० च्याम्पियनसिप पूर्णिमा राईको ह्याट्रिकमा भुटानविरुद्ध नेपाल ६–१ गोलले विजयी शुक्रबार, असार २७, २०८२
भोजपुरमा ससुराली पुगेका ज्वाइँले गरे श्रीमतीसहित चारजनाको हत्या आइतबार, असार २२, २०८२
८ दिनपछि सुनको मूल्य निर्धारण गरियो शुक्रबार, असार २७, २०८२
जसपाका फरार नेता भन्छन्– मधेश एक दिन नेपालबाट अलग हुनेछ सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्