काठमाडाैं- भारतकाे एक प्रतिष्ठित सम्मानबाट नेपालका दुई जना प्राध्यापक सम्मानित भएका छन्। भारतका राष्ट्रपति रामनाथ काेविन्दले खडा गरेकाे प्रतिष्ठित 'महर्षि बादरायण व्यास सम्मान'बाट डा विश्वनाथ धिताल र डा उमेश नेपाल सम्मानित भएका हुन्।
संस्कृत वाङ्मयमा युवा वर्गलाई प्राेत्साहन गर्न भूमिका खेलेकाे भन्दै दुबै नेपाली प्राध्यापकलाई साे सम्मान प्रदान गरिएकाे हाे।
आज एक विशेष समाराेहकाबीच भारतका उपराष्ट्रपति बैंकैया नायडूले दुबै जनालाई साे सम्मान प्रदान गरे।
डा धिताल वनारस हिन्दु विश्वविद्यालयमा इन्जिनियरहरूलाई संस्कृत र दर्शन विषयकाे अध्यापन गर्छन्। उनी विश्वविद्यालयका सहप्राध्यापक हुन्। कम्प्युटर र प्रविधि प्रयोग गरेर न्याय र दर्शनजस्ता कठिन विषयलाई युवामाझ पुर्याउन डा धितालले दिएकाे याेगदानकाे प्रशंसा भारतीय मिडियाले पहिल्यैदेखि गर्दै आएका थिए।
यस्तै, डा नेपाल जगद्गुरु रामानन्दाचार्य विश्वविद्यालयमा संस्कृत साहित्य विषयको अध्यापन गर्छन्। उनी भारतकाे राजस्थानमा बस्दै आएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।