काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले साहित्यकार महेश थापाद्वारा लिखित पुस्तक 'मरिचिका'को आज विमोचन गरेका छन्। कार्यक्रम प्रधानमन्त्री निवास बालुवाटारमा भएकाे हाे।
आफैं अप्ठ्यारो स्थितिमा भएका थापाले नेपाली साहित्यमा ठूलो योगदान दिएकोमा प्रधानमन्त्री ओलीले प्रशंसा गरे। 'महेशजीबाट धेरैले प्रेरणा लिन सकिन्छ। उहाँले देशलाई गर्नसक्ने योगदान लेखेर मात्र हो', उनले भने, 'अरु सशक्त अवस्थामा रहेकाहरुले उहाँको प्रेरणाबाट पनि देशलाई धेरै योगदान गर्न सक्नुपर्दछ।'
प्रधानमन्त्री ओलीले समाजमा राम्रो काम गर्ने मानिसहरुलाई खुट्टा तान्ने प्रवृति भएपनि त्यसबाट विचलित नभई आफ्नो लक्ष्यमा अडिग रहनुपर्ने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।