विनोद सरसँग अचानक भएको भेटले सृष्टि रन्थनिएकी थिई। किन मलाई प्रेम गर्न आएन? के म प्रेम गर्न जान्दिनँ अथवा म प्रेमको लायक नै छैनँ? यस प्रश्नले उसलाई नमिठो गरी चिमोटिरहन्थ्यो। उसले विनोदलाई जमाएर थप्पड त लगाई, तर कसैको हृदयमा घृणाको बिउ रोपेकोमा उसको मन खुसी थिएन। हो, विनोदले उसकी श्रीमती र सृष्टि दुवै जनासँग खेलबाड गरेको थियो। तर, यतिका वर्षपछि भेट्दा विनोदलाई झापड नै लगाइहाल्नुपर्थ्यो त? उसले विनोदलाई ‘इग्नोर’ गरिदिएकी भए पनि कुरा सकिन्थ्यो। तर, भ्यालेन्टाइन डेमै विनोदको गाला चड्काएपछि अब जीवनभर फेब्रुअरी १४ विनोदका लागि कालो दिन बनेर आउने भयो।
यस्तै सोच्दै सृष्टि चिया बनाउन लागी। निकिता आइपुगी। ‘दुई हप्तापछि नवा भन्ने संस्थाले एउटा क्रुज पार्टी गर्दैछ सिडनीमा। हामी पनि जाने है? विवेकले हामी दुवैलाई टिकट लिइदिएको छ।’
‘विवेकले?’ सृष्टिले आँखीभौँ उचाली।
‘हो, विवेकले म्याडम !’ अनुहारमा एउटा उटपटाङ भाव झल्काउँदै टिकट किचेनको स्ल्याबमा राख्दै निकिता कोठामा गई।
निकिता फ्रेस भएर आएपछि लाउन्ज रुममा बसेर उनीहरू चिया पिउन थाले।
त्यति बेलै पृथा बाहिर निस्किई।
‘भाउजू! आउनुस्, निकिताको प्रेम कहानी सुनुम् आज,’ सृष्टिले भनी। दुवै जनाले हत्तु पारेपछि निकिताले बिस्तारै भनी, ‘मैले काम गर्ने अफिसमै आइटी सेक्सनमा काम गर्छ। घरी कफी पिउन जाऊँ भन्छ, घरी लन्च खान। हाम्रो अफिसमा हामी दुई जनामात्रै नेपाली भएकोले पनि होला, ऊ त्यसरी मिल्न खोजेको। यतिलाई नै प्रेम भन्न मिल्छ र?’
‘प्रेमको मुना पलाउन आँटेजस्तो छ,’ सृष्टिले निकिताको लबजमा भनी, ‘अनि गएको हप्ता फिल्म हेर्न कोसँग गइ’स्या थ्यो नि हजुर?’
निकिताको पोल खुल्न थाल्यो। ऊ रातोपीरो भइरही।
२ सय मिटर परबाट सृष्टिले क्रुजको गेटबाहिर बसेर, फोन हातमा लिई रातो टाई र कालो सुट लगाएको, गोरो, ह्यान्डसम युवकलाई देखेर भनी, ‘विवेक भन्ने तेरो फिदा युवक यही होला, हैन?’
‘ए, फिल्म हेर्न पनि भ्याइसक्या?’ पृथाले भनी, ‘प्रेमको मुना पला’को होइन, झ्याँगिसक्या र’छ।’
‘होइन के भाउजू, प्रपोज नगरुन्जेल कसरी थाहा हुन्छ र? उसको मनमा के छ, के छ!’
‘उसको मनमा के छ? त्यो त हामीले बुझिसक्यौं। तेरो मनमा के छ भन् न?’ सृष्टिले सोधी।
‘नढाटी भनूँ भने तँसँग रुम सेयर गरेर बस्दाबस्दा मलाई झ्याउ लागिसक्यो, अब जिन्दगीमा अलिकति परिवर्तन पनि चाहिएको छ। विवेक राम्रो छ, ह्यान्डसम छ। केयर गर्छ। ठिकै छ, तर जात मिल्दैन।’
‘ए, तँलाई मसँग बस्दा बोर भयो, होइन? ठिकै छ नि त, राम्रो अप्सन भेटिछस्। बोइफ्रेन्डसँग गएर बस्ने,’ सृष्टिले ठुस्स परेजस्तो अभिनय गर्दै भनी।
‘अहिलेको जमानामा पनि जातभातले फरक पर्छ र!’ पृथाले भनी।
‘मेरो बुवामामु जातको कुरामा निकै कट्टर होइसिन्छ। उहाँहरूलाई पीर नै यही छ कि मैले अर्को जातको केटासँग बिहे गर्छु भन्ने। ऊ नेवार हो। काठमान्डुका नेवारहरू पनि जातपातमा कम्ती कट्टर हुँदैनन्!’
‘यो टिकेट म के गरूँ?’ सृष्टिले टिकट आफ्नो अनुहार वरिपरि फनफनी नचाउँदै भनी, ‘हलुवाको बीचमा बालुवा बन्न म क्रुजमा किन जाऊँ?’
‘मैले भनिसकेँ त, प्रेम परिसकेको छैन क्या! फेरि किन नखरा गर्छेस्? खुरुक्क हिँड्! एक दिन भए पनि सिड्नीको व्यस्तताबाट ब्रेक पाइन्छ।’
‘साथीलाई यस्तो कुरामा सहयोग गर्नुपर्छ सृष्टि,’ पृथाले भनी, ‘तिमी गयौ भने निकितालाई सजिलो हुन्छ। उनीहरूलाई एकान्त चाहियो भने तिमी एकछिन कतै ह्याङ भइदिनू!’
पृथाले भनेपछि सृष्टिले हुन्छ भनी।
OOO
शनिबारको साँझ सृष्टि र निकिता निकै ठाँटिए। निकिताले रातोमा हल्का सेतो बुट्टा भएको इभनिङ गाउन लगाई। सृष्टिले आकाशे रङको गाउन। म्याचिङ इयर रिङ, म्याचिङ स्यान्डल र ह्यान्डब्याग गर्दै उनीहरूले निकै समय लगाए। मेकअपपछि दुवै जना अति सुन्दरी देखिए। निकिताले सेतो ह्यान्डब्याग बोक्न लागेकी थिई। सृष्टिले कर गरेर रातो बोक्न लगाई। पृथाले हाँस्दै भनी, ‘रातो रङ प्रेमको प्रतीक हो निकिता !’ निकिताको गालामा एक कचौरा रातो रङ पोखिएर कानतिर छरियो।
समय ५ बजे तोकिए पनि उनीहरू विन्यार्ड पुग्दा ६ बजिसकेको थियो। विवेकले तारन्तार फोन गरिरहेको थियो। २ सय मिटर परबाट सृष्टिले क्रुजको गेटबाहिर बसेर, फोन हातमा लिई रातो टाई र कालो सुट लगाएको, गोरो, ह्यान्डसम युवकलाई देखेर भनी, ‘विवेक भन्ने तेरो फिदा युवक यही होला, हैन?’
अनि उसले विवेकलाई उठाई। विवेकले उसको निधारमा चुम्बन गर्यो। औँठीको बक्स बन्द गर्दै निकिताले भनी, ‘पहिले प्रेम अनि विवाह। अहिले नै म तिमीलाई विवाहको वचन दिन सक्दिनँ।’
निकिताले हाँस्दै भनी, ‘कसरी गेस गरिस्? मैले त देखेकै थिइनँ। त्यहीँ पो उभिएको रहेछ।’
‘रातो टाई देखेरै चिनेँ। तयार भएर बस्, आज तँलाई त्यसले प्रपोज गर्छ।’
निकिताको मुटु एक्कासि कामेजस्तो भयो। छेउमा पुगेपछि विवेकले निकितालाई हग गर्दै कोटको भित्री खल्तीबाट एउटा सेतो गुलाफ निकालेर दियो।
सृष्टिले खोकेको आवाज निकालेर सचेत गराई।
जवाफमा विवेकले अर्को खल्तीबाट पहेँलो गुलाफ निकालेर सृष्टिलाई दियो। सृष्टिले थ्याङ्क यु भनी।
‘थ्याङ्क यु फर कमिङ,’ ऊ झन् विनम्र भयो।
‘थ्याङ्क यु फर इन्भाइटिङ अस,’ निकिता र सृष्टिले पनि कृतज्ञता जाहेर गरे।
केही बेरमा क्रुज हिँड्यो। हार्बरब्रिज र अपेरा हाउसको वरिपरि हार्बरमा क्रुज तैरिरह्यो। विदेशी र नेपालीपनको फ्युजनजस्तो लाग्ने क्रुज दुई तलाको थियो। माथिल्लो र तल्लो दुवै तलामा बफे डिनर राखिएको थियो। डिनरमा नेपाली खानाकै परिकारहरू थिए। अल्कोहल पिउनेका लागि बार खुला थियो। दुवै तलामा खुला ठूलो डेक थियो। मान्छेहरू खचाखच थिए। सबै जना रिल्याक्स गर्न आएका भए पनि हतारमा देखिन्थे। कोही फोटो खिचेर फेसबुकमा राख्न व्यस्त थिए। कोही गफ गरिरहेका, कोही नाचिरहेका, कोही घरी भित्र, घरी बाहिर गरिरहेका।
विवेक आफ्नो दलबलसहित आएको थियो। उसकी सानिमाकी छोरी शैली, फुपूको छोरा प्रदीप, टोलका साथीहरू शशाङ्क, प्रेम, प्रवर्तकसहित करिब दस जना साथी लिएर आएको रहेछ। प्रेमसँग डीएसएल क्यामेरा थियो। डेकमा बसेर उनीहरूले समुद्री हावाको मज्जा लिए। गर्मी मौसममा चिसो हावा मधुर थियो।
करिब दुई घन्टापछि डेकको सानो कुनामा उनीहरूको छुट्टै कर्नर बनिसकेको थियो। शशाङ्कले मोबाइल झिकेर पोर्टेबल स्पिकरमा जोड्यो र अङ्ग्रेजी धून बजायो। त्यति नै बेला प्रवर्तकले साइलेन्ट हुन सबैलाई इसारा गर्यो। विवेक गएर निकिताको अगाडि घुँडा टेकेर उभियो। मुखमा एउटा रातो गुलाफको डन्डी चेपेर हातमा हीराको औँठी बोकेर ऊ टाउको निहुराएर निकिताको अगाडि बस्यो। निकिता एकसाथ एक्साइटेड र नर्भस भई। सृष्टि आफ्नो भविष्यवाणी मिलेकोमा मख्ख परी। औँठीको बक्स खोलेर विवेकले भन्यो, ‘आई लब यु निकिता, विल यु म्यारी मी?’
त्यत्रो एक्साइटमेन्टमा पनि निकिताले एक पलमै सोची, आई लब यु मात्र भनेको भए हुन्थ्यो। कति चाँडै विल यु म्यारी मी भनेको?
निकिताले रातो गुलाफ स्वीकार गर्दै भनी, आई लब यु टु।
डेढ वर्ष सँगै कोठा र बेडसमेत सेयर गरेकी सृष्टिलाई छोडेर निकिता विवेकको कोठामा सरी। सृष्टिलाई एक्लो अनुभूति नहोस् भनेर विवेक र निकिताले नजिकै कोठा लिए।
अनि उसले विवेकलाई उठाई। विवेकले उसको निधारमा चुम्बन गर्यो। औँठीको बक्स बन्द गर्दै निकिताले भनी, ‘पहिले प्रेम अनि विवाह। अहिले नै म तिमीलाई विवाहको वचन दिन सक्दिनँ।’
विवेकको अनुहार अलिक अँध्यारो भयो।
‘विवाहको पहिलो सिँढी प्रेम हो विवेक,’ निकिताले भनी, ‘एउटा एउटा स्टेप चढ्दै गयौ भने गन्तव्यमा पुगिएला।’ अनि उसले डिसेन्ट भएर विवेकको दाहिने गलामा चुम्बन गर्दै भनी, ‘आई लब यु।’
निकिताको चुम्बनले विवेकलाई मात लाग्यो। विवाहको प्रस्ताव स्वीकृत नभए पनि प्रेम प्रस्ताव स्वीकृत भएको थियो। अर्थात् पहिलो सिँढी उक्लन सफल भएको थियो। उसले निकितालाई खुट्टामा उचालेर बोक्यो र फनन घुमायो। निकिताको स्ट्रेट गरेको काँधसम्म आउने कपाल र फिरिर परेको इभनिङ गाउन पनि फनन घुम्यो। पार्टीमा आएका सबैले ताली बजाए।
एकदमै फिल्मी शैलीमा त्यो साँझ निकिता र विवेकको प्रेमको औपचारिक घोषणा भयो।
OOO
प्रेममा परेपछि निकिता विवेकसँगै धेरै व्यस्त रहन थाली। पढ्न गयो। कलेज नगएको दिन काममा गयो। अनि छुट्टीको दिन विवेकको कोठामा गयो। कहिले ब्लु माउन्टेन, कहिले पोर्ट मक्वारी त कहिले वोलोङ्गङ। क्रुज पार्टीमा प्रशान्त महासागरको पानीलाई साक्षी राखेर औपचारिक सुरुवात भएको उनीहरूको प्रेम प्रशान्त महासागरको बगरछेउछाउ प्रेम साटासाट गर्दै झन्झन् गाढा हुँदै गयो।
काठमान्डुको क्षेत्री परिवारकी निकिता र काठमान्डुकै नेवार परिवारको विवेक, दुवै कट्टर जातीय मान्यता राख्ने घरका सदस्य थिए। घर परिवारमा प्रेमको घोषणा गर्नुअघि अलि समय सँगै बिताउने योजना बनाएर उनीहरू लिभिङ टुगेदरमा रहने भए।
डेढ वर्ष सँगै कोठा र बेडसमेत सेयर गरेकी सृष्टिलाई छोडेर निकिता विवेकको कोठामा सरी। सृष्टिलाई एक्लो अनुभूति नहोस् भनेर विवेक र निकिताले नजिकै कोठा लिए। एउटै कोठामा नबसे पनि निकिता र सृष्टिको भेट भइरहन्थ्यो।
पृथा निकिताको अनुपस्थितिमा सृष्टिको विशेष ख्याल गरिरहन्थी।
(सानु घिमिरेको उपन्यास 'सिड्नी सपना'को अंश। यो पुस्तक भोलि शनिबार नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा विमोचन हुँदैछ।)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।