लन्डन– म्यानचेस्टर सिटी इंग्लिस प्रिमियर लिगमा फेरि शीर्ष स्थानमा उक्लिएको छ।
सिटीले आइतबार भएको खेलमा वर्नलीलाई १–० ले हराएर पुन: शीर्ष स्थानमा फर्किएको हो। सिटीको जितमा सर्जियो अग्युरोले खेलको ६३ मिनेटमा गोल गरे।
उनले क्लोज रेन्जबाट गोल गरेका थिए। सो गोललाई भारमार्फत दिइएको थियो। अग्युरोले सिजनको २०औं गोल गरेका हुन्। उनले २० गोल गरेको यो पाँचौ सिजन हो।
लिगको अर्को खेलमा लेस्टर सिटीले आर्सनललाई ३–० ले पराजित गरेको छ।
लिगमा शीर्ष स्थानको सिटीको ३६ खेलबाट ९२ अंक छ। दोस्रो स्थानको लिभरपुलको ९१ अंक छ भने तेस्रो स्थानको टोटनह्यामको ७० अंक छ।
अब बाँकी दुई अल जिते सिटी लिग च्याम्पियन हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।