काठमाडौं– एसिसी यु–१६ पूर्वी क्षेत्रीय प्रतियोगिताको उपाधि जितेको नेपाली टिम सोमबार स्वदेश फर्किएको छ।
नेपालले आइतबार थाइल्यान्डमा भएको फाइनलमा मलेसियलाई ५९ रनले पराजित गरेर उपाधि रक्षा गरेको थियो।
स्वदेश फर्किएपछि नेपालका कप्तान विशालविक्रम केसीले धेरै सिक्न पाएको बताए। 'धेरै कुरा सिक्न पायौं। आत्मविश्वास पनि बढायौं,' उनले भने। उनले प्रतिद्वन्द्वी टिमहरु राम्रो भएको बताउँदै अघि भने, ' हामीले राम्रो खेलेर जितेका हौं। बलिङ, ब्याटिङ र फिल्डिङमा राम्रो गरेर हामीले सजिलो जित हात पारेको जस्तो देखिएको हो।'
उनले थाइल्यान्डको विकेटमा खेल्दा गाह्रो भएको पनि बताए। 'विकेट फरक थियो। रन बनाउन गाह्रो थियो। तर पनि राम्रो खेलेर जित निकाल्यौ। सन्तुष्ट छौं,' उनको भनाइ छ।
.JPG)
वैशाख ७ देखि १५ गतेसम्म थाइल्यान्डमा भएको प्रतियोगितामा विशालविक्रम केसीको कप्तानीमा १४ सदस्यीय टिमले प्रतिनिधित्व गरेको थियो। जसमा विशालसहित आशिष भट्टराई, प्रशान्त महत, अर्जुन कुमाल, दीपक बोहोरा, सुवास ऐर, निखिलकुमार सिंह, विशालकुमार पटेल र किस कार्की थिए। त्यसैगरी तिलकराज भण्डारी, रमेश कुर्मी, रोहन दुधराज विक, प्रशान्त सिंह र सुशान्त थापा थाइल्यान्ड गएका थिए।
नेपालको समूह चरणमा आयोजक थाइल्याण्ड, म्यानमार र मलेसियासँग खेलेको थियो। समूहमा उत्कृष्ट खेलेको नेपालले सेमिफाइनलमा हङकङलाई हराएको थियो।
.JPG)
.JPG)
.JPG)
.JPG)
.JPG)
.JPG)
.JPG)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।