काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा) ले यस वर्षदेखि एन्फा दिवस मनाउने भएको छ।
एन्फाले वैशाख २२ गते एन्फा दिवस मनाउने निर्णय गरेको हो। गत वैशाख २२ गते कर्माछिरिङ शेर्पाको नेतृत्वमा एन्फाको नयाँ कार्यसमिति निर्वाचित भएको थियो।
एन्फाले वैशाख २२ मा ११ विधामा पुरस्कार प्रदान गर्ने पनि जनाएको छ। एन्फा दिवसको उपलक्ष्यमा आयोजना हुने समारोहमा पुरस्कार प्रदान गर्ने एन्फाले जनाएको छ।
पुरस्कार दिने विधाहरु
विशेष योगदान खेलाडी (पुरुष) अवार्ड
विशेष योगदान खेलाडी (महिला) अवार्ड
उत्कृष्ट प्रशिक्षक
उत्कृष्ट जिल्ला फुटबल संघ
उत्कृष्ट क्लब
लाइफ टाइम अचिभमेन्ट अवार्ड
अन्तर्राष्ट्रिय क्षेत्रमा उत्कृष्ट व्यावसायिक खेलाडी
इमर्जिङ खेलाडी (पुरुष)
इमर्जिङ खेलाडी (महिला)
उत्कृष्ट रेफ्री (पुरुष)
उत्कृष्ट रेफ्री (महिला)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।