काभ्रे- काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयमा आगामी जेठ ३ देखि दोस्रो मदन भण्डारी स्मृ।ति फुटबल प्रतियोगिता हुने भएको छ। विश्वविद्यालय स्तरिय हुने सो प्रतियोगिता काठमाडौं विश्वविद्यालयको फुटबल मैदानमा हुनेछ।
अनेरास्ववियु काठमाडौं विश्वविद्यालय केन्द्रिय क्याम्पस कमिटीसहित अनेरास्ववियु काठमाडौं विश्वविद्यालय केन्द्रिय मेडिकल क्यम्पस कमिटी र अनेरास्ववियु काठमाडौं विश्वविद्यालय ल क्याम्पस कमिटीको पहलमा हुने सो प्रतियोगिताको विजेताले ५० हजार रुपैयाँ हात पार्ने छ। दोस्रो हुने टोलीले ३० हजार रुपैयाँ प्रदान गरिनेछ।
गत संस्करण पुरस्कार १ लाख रुपैयाँ थियो। गत वर्ष सहभागिता शुल्क २० हजार थियो तर यस पटक ८ हजार मात्र रहेको आयोजकले बताएको छ। यस साल पुरस्कार राशीभन्दा पनि प्रतियोगितालाई झन् व्यासवस्तित बनाउन जोड दिने अनेरास्ववियु राष्ट्रिय कमिटी काठमाडौं विश्वविद्यालयका अध्यक्ष सुन्दर लामाले बताए।
नकआउट आधारमा खेलाइने सो प्रतियोगितामा ३२ वटा टिमसम्म आउने अनुमान छ। प्रतियोगिताको साविक विजेता काठमाडौं विश्वविद्यालय थियो भने उपविजेता पुलचोक क्याम्पस बनेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।