काठमाडौं– डा गोविन्द केसीले सर्वोच्च अदालतको आदेशपछि अबको कार्यक्रमबारे भोलिसम्ममा निर्णय लिने बताएका छन्।
अदालतको अवहेलना मुद्दामा सोमबार पक्राउ परी बुधबार तारेखमा छुट्ने क्रममा सर्वोच्च परिसरमा पत्रकारलाई प्रतिक्रिया दिँदै डा केसीले अनसनलाई निरन्तरता दिने कि के गर्ने लगायतका विषयमा बिहीबार निर्णय लिने बताए।
थुनछेक बहस सकिएपछि न्यायाधीशद्वय पुरुषोत्तम भण्डारी र बमकुमार श्रेष्ठको संयुक्त इजलासले डा केसीलाई तारेखमा छाड्ने आदेश दिएको थियो। डा केसीको मुद्दाको पेशी फागुन ८ गतेका लागि तोकिएको छ।
तारेखमा छुटेपछि डा केसीले के भने?
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।