सिन्धुपाल्चोक– सिन्धुपाल्चोकको रेम्बो ट्राउट फिस फार्मिङमा ट्याङकी फुट्दा एक जनाको मृत्यु भएको छ।
मेलम्ची नगरपालिका–३ हैबुङस्थित रेम्बो ट्राउट फिस फार्मिङमा माछा पालन गर्न बनाइएको ट्याङकी बुधबार अचानक फुटेको थियो। माछा पालनमा काम गर्ने सर्लाही घर बताउने ३५ वर्षीय पूर्ण राईको नेपाल मेडिकल कलेज काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको हो। अर्का घाइते सल्यान कपुरकोट –४ घर बताउने २७ वर्षीय मन्जराम रानामगरको उपचार भइरहेको र घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।