• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असार २२, २०८२ Sun, Jul 6, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
नेकपामा निरीह 'अर्का अध्यक्ष'
64x64
किशोर दहाल बुधबार, माघ १, २०७६  १४:३१
1140x725

काठमाडौं- एकताको डेढ वर्षसम्म प्रचण्डले आफू पनि नेकपाको अध्यक्ष भएको देखाउन अनेक चाल रचे। आफ्नो पदीय हैसियत पार्टी विधानबाट बैठकको कुर्सीसम्म ल्याइपुर्‍याउन गरेको संघर्ष सफल भए पनि अध्यक्ष हुनुको स्वभाविकता प्रवाह भइसकेको छैन। तसर्थ, उनी कार्यकारी अधिकारको आधिकारिकताको लागि अर्को संघर्षको चरणमा छन्।

-000-

केपी ओली उपचारका लागि सिंगापुर गएका बेलामा २०७६ भदौ ९ मा प्रचण्डको अध्यक्षतामा नेकपा सचिवालय बैठक बस्यो। सो बैठकमार्फत केन्द्रीय कमिटीमा ४ जना सदस्य थपेर कमिटीको आकार ४ सय ४५ सदस्यीय पुर्‍यायो।

सो बैठक र त्यसअघिका निर्णय समेट्दै प्रचण्डकै हस्ताक्षरमा भदौ १३ मा अन्तर पार्टी निर्देशन (अपानि) जारी भयो। तर, उपचारपछि स्वदेश फर्किएका ओलीले प्रचण्डको निर्णय र अपानिमा राखिएको एकल हस्ताक्षरलाई रुचाएनन्। दिइएको अधिकारभन्दा बढी काम गरेको भन्दै प्रचण्डप्रति असन्तुष्टि पोखे उनले। परिणामतः केही समयपछि उही व्यहोराको दोस्रो अपानि जारी भयो, दुवै अध्यक्षको हस्ताक्षरमा।

'नेकपामा प्रचण्डको हैसियत के हो भन्ने बुझ्न यो एउटा उदाहरण हो,' दोस्रो अपानि जारी भए लगत्तै पूर्व एमालेका एक केन्द्रीय सदस्यले भनेका थिए।

उनले भनेको हैसियत बुझ्न कठिन छैन। नेकपामा प्रचण्ड त्यस्ता अध्यक्ष हुन्, जसले सचिवालयकै निर्णयअनुसार पाएको अधिकार प्रयोग गर्दासमेत अर्का अध्यक्षले स्वीकार गरेनन्। अध्यक्षको रुपमा प्रचण्डले जारी गरेको अपानिलाई अवैधानिक तुल्याइदिए।

यद्यपि, नेकपामा प्रचण्डको हैसियत कागजी रुपमा फेरिएको छ। गत मंसिर ४ मा बसेको सचिवालय बैठकले उनी 'कार्यकारी अधिकारसहित पार्टी काममा केन्द्रित हुने' निर्णय गरेको थियो। 'बैठक संयुक्त अध्यक्षतामा सञ्चालन गर्ने' तथा 'आम रुपमा बैठकको अध्यक्षता र सञ्चालन प्रचण्डले गर्ने' निर्णय पनि सोही बैठकले गरेको थियो।

तर त्यो निर्णय र अधिकार प्रत्यायोजनले पनि प्रचण्डको हैसियत नउकासेको पछिल्ला सन्दर्भले देखाउँछ। सबैभन्दा ताजा उदाहरण भने गत शनिबारको सचिवालयको निर्णय हो। त्यस दिन बसेको सचिवालय बैठकले उपसभामुख शिवमाया तुम्बाहाङ्फेलाई राजीनामा दिन निर्देशन दिने निर्णय गरेको थियो। 

सचिवालयको सो बैठकमा ओली उपस्थित थिएनन् र प्रचण्डले अध्यक्षता गरेका थिए। अध्यक्षता गर्नुको अर्थ एजेन्डा पेस गर्ने र निर्णायक मत दिने हो। जो प्रचण्डले गरेका थिए। 

तर, तुम्बाहाङ्फेले सो निर्णयलाई अस्वीकार गरेकी छिन्। उनले सार्वजनिक रुपमै पार्टीले त्यस्तो निर्णय गर्न नसक्ने बताइरहेकी छिन्।

अपानिको सन्दर्भमा प्रचण्डको हैसियतबारे प्रश्न उठाउने नेता प्रचण्डको अध्यक्षताको पछिल्लो बैठकको निर्णय कार्यान्वयन हुन नसक्नुलाई हैसियतविहीनताको निरन्तरताका रुपमा अर्थ्याउँछन्।

'उहाँ कार्यकारी अध्यक्ष हो। पहिले पनि हुनुहुन्थ्यो। तर त्यति मात्रै, जति ओलीले चाहनुहुन्छ,' उनी भन्छन्।

अहिलेको शीतयुद्ध सभामुख पद कसले पाउने भन्ने मात्रै होइन। नेकपामा पूर्व माओवादीको स्वीकार्यता र प्रचण्डको कार्यकारी अधिकारको वास्तविक परीक्षणसमेत हो। यस विषयमा प्रचण्डको कठोरता त्यसैबाट सिर्जित बाध्यता हो। उनी निकट नेताहरूले सभामुख छनौटलाई जीवनमरणको सवाल बनाएका छन्। सोही अनुसार प्रचण्डमाथि दबाब बढाएका छन्।

-000-

सभामुखको सन्दर्भमा पूर्व माओवादीसँग एकसूत्रीय अडान छ- पार्टी एकता हुनुअघि त्यो पद माओवादीको भागमा परेको थियो। अहिले पनि उसैले पाउनुपर्छ।

पार्टीमा 'पूर्व' भन्ने रहेन भन्ने पूर्व एमालेका नेताहरूप्रति उनीहरूको कटाक्ष छ। 'पूर्व एमालेका साथीहरू नेकपामा अब पूर्व माओवादी र पूर्व एमाले छैन भनिरहनुभएको छ। तर, आफूले चाहेको मान्छेलाई सभामुखमा ल्याउन खोजिरहनुभएको छ', एक पूर्व माओवादी नेता तथा स्थायी समिति सदस्य भन्छन्, 'पूर्व पार्टी छैन पनि भन्ने अनि पूर्व एमालेकै मान्छेलाई ल्याउन पनि खोज्ने? सुवास नेम्वाङ पूर्व एमालेको नहुने, नेकपाको मात्रै हुने। अनि, अग्नि सापकोटाचाहिँ पूर्व माओवादीको हुने, नेकपाको नहुने? कस्तो सस्तो तर्क हो, उहाँहरूको?'

तर माओवादीले आफ्नो तर्क पार्टीमा स्थापित गर्न भनेका सकेका छैनन्। बरु सभामुख पद प्रधानमन्त्रीलाई सघाउने खालको चाहिने तर्क बलियो बनेको छ। प्रधानमन्त्रीले सुवास नेम्वाङप्रति रुचि देखाउनुको कारण त्यही हो।

यसका अतिरिक्त ओली निकटका नेताहरू निर्वतमान सभामुख कृष्णबहादुर महरालाई असहयोगीको रुपमा चित्रित गर्न पनि लागिपरेका छन्।

सभामुखको सन्दर्भमा भने ओली शान्त छन्। 'सके नेम्वाङलाई बनाउने, नसके शिवमाया छँदैछिन् भन्ने उहाँको बुझाइ होला,' एकजना केन्द्रीय सदस्य भन्छन्, 'शिवमायाका पक्षमा पार्टी बाहिर पनि राम्रै माहोल बनेको छ। उनी राष्ट्रपति निकट भएर के फरक पर्छ र? त्यसो भन्नु आखिरमा ओली निकट नै हुनु त हो।'

बाहिरबाट हेर्दा पूर्व माओवादीले शिवमाया जस्तो क्षमतावान् महिलालाई सभामुख बनाउन मानेन भनेर सन्देश जाउञ्जेल ओलीले पर्ख र हेरको रणनीति अख्तियार गर्ने उनी बताउँछन्। 

पूर्व माओवादीपक्षको आशंका पनि यहीँ जोडिएको छ। उनीहरू शिवमायाले राजीनामा नदिनुको कारण पनि शीतल निवास र बालुवाटारको शक्तिसँग जोडेर चर्चा गर्छन्। आफ्नै शक्तिको भरमा पार्टी सचिवालयको निर्णयसमेत मान्दिनँ भन्ने आँट कोही नेतासँग नहुने उनीहरूको बुझाइ छ।

'सचिवालयको पछिल्लो बैठक ओलीले अध्यक्षता गरेका हुन्थे र त्यही निर्णय गरिएको हुन्थ्यो भने शिवमायाले अस्वीकार गर्न सक्थिन्?,' पूर्व माओवादीका ती नेताको प्रश्न छ, 'प्रचण्डलाई कार्यकारी अधिकारसहितको अध्यक्षको रुपमा अस्वीकार गर्ने डिजाइन अन्तर्गत नै यस्तो भइरहेको छ।'

शक्ति शिवमायासँग होइन, ओलीसँग छ भन्ने उनको निष्कर्ष छ।

त्यसो त, नेकपाको एउटा समूहमा प्रचण्डप्रति असाध्यै तिरस्कारभाव छ। अनौपचारिक छलफलमा उनीहरू प्रचण्डले माओवादी सकिन लागेकाले एमालेमा मिलाएको भन्छन्। अनि प्रश्न गर्छन्- आफ्नै पार्टी चलाउन नसकेर एमालेमा मिलाउनेलाई यत्रो पार्टी जिम्मा लगाउन सकिन्छ?

-000-

'केपी ओली र प्रचण्डबीचको सम्बन्ध कस्तो हो?'

'जोगी र भैंसीजस्तो,' पंक्तिकारको प्रश्न भुइँमा खस्न नपाउँदै नेकपाका एकजना केन्द्रीय सदस्यले उत्तर दिएका थिए।

ती नेताले भनेजस्तो, जसरी जोगी र भैंसी एकअर्कासँग तर्सिन्छन्, नेकपा अध्यक्षद्वयको अवस्था त्यस्तै छ। २०७५ जेठ ३ मा पार्टी एकता भएदेखि उनीहरूको एकअर्कासँग तर्सिएरै दिन बिताइरहेका छन्।

उनीहरूबीचको पछिल्लो शीतयुद्ध त्यही तर्साइको अर्को स्वरुप हो। जसलाई आफ्नो पक्षमा पार्न दुवै अध्यक्ष संघर्षरत छन्।

ओलीका निम्ति सभामुख आफ्नो पक्षमा राख्नु कम्तीमा दुई कारणले महत्त्वपूर्ण छ। पहिलो, राज्यका दुई फरक अंगमाथि आफ्नो वर्चस्व। एउटै दलको बहुमत रहेको अवस्थामा दुई अंगबीच फरक छुट्याउने पर्दा पातलो हुने गरे पनि अहिलेको आन्तरिक संघर्षमा ओलीको जित भएमा पर्दा नै हटाएसरह हुन्छ।

दोस्रो, पार्टीभित्र अहिलेसम्म पूर्व एमाले र पूर्व माओवादीबीच भागबन्डा जारी छ। एकताको प्रक्रिया सम्पन्न भई नसकेकाले त्यो अस्वभाविक पनि होइन। तर, ओलीको जित भए नेकपामा ओलीको एकल शासन सुरु हुनेछ। उनले चाहेको अन्तिम बिन्दु नै त्यही हो भन्ने विषय औपचारिक रुपमा स्थापित हुनेछ।

प्रचण्डका निम्ति पनि यो उतिकै महत्त्वपूर्ण छ। विशेषगरी, उनले जितेमा अध्यक्ष हुनुको औचित्य पुष्टि गर्ने आधार बन्छ। साथै,  आफ्नो पक्षका नेतालाई 'नेकपामा पनि सुरक्षा हुन सक्छ' भन्ने मनोबल कायम राख्न सहयोगी बन्छ। अर्कोतिर, सरकारप्रति दबाब बढाउन सभामुख पद प्रचण्डका लागि सहयोगी हुन सक्छ।
ओलीको शक्ति बढे प्रचण्ड तर्सिने। प्रचण्डको शक्ति बढे ओली तर्सिने। त्यसलाई रोक्न दुवै पक्ष आ-आफ्नो अस्त्र प्रयोग गरिरहेका छन्। परिणामतः प्रतिनिधिसभा बैठक धकेल्लिएको धकेलिएकै छ। जोगी र भैंसी पनि तर्सिएका तर्सिएकै छन्।

प्रकाशित मिति: बुधबार, माघ १, २०७६  १४:३१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
किशोर दहाल
दहाल नेपाल लाइभको राजनीतिक ब्युरो प्रमुख हुन्।
लेखकबाट थप
संघदेखि प्रदेशसम्म 'साना दल'को नेतृत्वमा सरकार!
‘कांग्रेसका नेता’ पुष्पलालले किन गठन गरे कम्युनिस्ट पार्टी?
टिप्पणी : सुरुङमा सोफा !
सम्बन्धित सामग्री
सांसद कार्कीको आरोपः नेताहरूको रगतमै भ्रष्टाचार छ आइतबार बिहान सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको अन्तरर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै सांसद कार्कीले उड्दै... आइतबार, असार २२, २०८२
भ्रष्टाचार गर्नका लागि वैदेशिक ऋण लिने काम नगरौँ: सांसद सिंह आज बिहान सिंहदरबारमा बसेको प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । आइतबार, असार २२, २०८२
प्रदेशमन्त्रीलाई बर्खास्त गरेपछि सरकारबाट बाहिरिने नाउपाको निर्णय शनिबार बसेको पार्टीको संसदीय दलको बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको अध्यक्ष रन्जिता श्रेष्ठले बताइन् । शनिबार, असार २१, २०८२
ताजा समाचारसबै
वार्ताका लागि एक प्रतिनिधिमण्डल पठाउने इजरायलको निर्णय आइतबार, असार २२, २०८२
सांसद कार्कीको आरोपः नेताहरूको रगतमै भ्रष्टाचार छ आइतबार, असार २२, २०८२
आज मोहर्रम पर्व मनाइँदै आइतबार, असार २२, २०८२
भ्रष्टाचार गर्नका लागि वैदेशिक ऋण लिने काम नगरौँ: सांसद सिंह आइतबार, असार २२, २०८२
भोजपुरमा ससुराली पुगेका ज्वाइँले गरे श्रीमतीसहित चारजनाको हत्या आइतबार, असार २२, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सुशासनका लागि प्राधिकरण टुक्रयाउन खोजेको हाे : मन्त्री पाण्डे (भिडियो)
सुशासनका लागि प्राधिकरण टुक्रयाउन खोजेको हाे : मन्त्री पाण्डे (भिडियो) शुक्रबार, असार २०, २०८२
असार २१ गते अन्तर्राष्ट्रिय सहकारी दिवस मनाउने(भिडियो)
असार २१ गते अन्तर्राष्ट्रिय सहकारी दिवस मनाउने(भिडियो) शुक्रबार, असार २०, २०८२
नागरिकता ऐनलाई आवश्यक सुधार गरेर पारित गर्न सकिन्छ (भिडियो)
नागरिकता ऐनलाई आवश्यक सुधार गरेर पारित गर्न सकिन्छ (भिडियो) शुक्रबार, असार २०, २०८२
दुर्गानारायण ढकाल द्वारा लिखित कृति समाजवादी दर्शनको रूपरेखा लोकर्पण
दुर्गानारायण ढकाल द्वारा लिखित कृति समाजवादी दर्शनको रूपरेखा लोकर्पण बिहीबार, असार १९, २०८२
उपचारअघि डाक्टरले आफू जोगिने उपाय खोज्नुपर्ने अवस्था आयो : डा लोचन कार्की (अन्तर्वार्ता)
उपचारअघि डाक्टरले आफू जोगिने उपाय खोज्नुपर्ने अवस्था आयो : डा लोचन कार्की (अन्तर्वार्ता) बिहीबार, असार १९, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
भोजपुरमा ससुराली पुगेका ज्वाइँले गरे श्रीमतीसहित चारजनाको हत्या आइतबार, असार २२, २०८२
उज्वेकिस्तानविरुद्दको खेलमा नेपालको प्लेइङ ११ मा एक परिवर्तन, प्रीतिको ठाउँमा पूजा शनिबार, असार २१, २०८२
सिंगापुरलाई हराउँदै नेपालले जित्यो यु–१६ इस्ट जोन कपको उपाधि शनिबार, असार २१, २०८२
प्रदेशमन्त्रीलाई बर्खास्त गरेपछि सरकारबाट बाहिरिने नाउपाको निर्णय शनिबार, असार २१, २०८२
एसियन कप पुग्ने नेपालको सपना अधुरै, पेनाल्टीमा उच्वेकिस्तानसँग पराजित शनिबार, असार २१, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
पूर्वमन्त्री मोहन बस्नेतलाई २५ लाख धरौटीमा छाड्न अदालतको आदेश आइतबार, असार १५, २०८२
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्