• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असार २१, २०८२ Sat, Jul 5, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट
२५ जनाभन्दा बढी जम्मा नहुने सूचना, दैनिक २५ सय सेवाग्राही आउने कार्यालय निर्वाधरुपमा सञ्चालन
64x64
नेपाल लाइभ बिहीबार, चैत ६, २०७६  १६:१२
1140x725

काठमाडौं- सरकारले बुधबार कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै २५ जनाभन्दा बढी मानिसलाई एकै ठाउँमा भेला हुन निषेध गरेको हो। तर बागमती प्रदेशअन्तर्गतका यातायात कार्यालयहरु भने निर्वाध रुपमा चलिरहेका छन्। उक्त कार्यालयहरुमा दैनिक २५ सय जनासम्म सेवाग्राही सेवा लिन जाने गरेका छन्। 

केन्द्र सरकारकाले गठन गरेको कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले २५ जनाभन्दा बढी मानिस एकैपटक जम्मा हुन नपाउने निर्णय गरेसँगै एसइई परीक्षा समेत स्थगित भइसकेको छ। तर बागमती प्रदेशअन्तर्गतका मोटरसाइकल, सानाठूला सवारी कार्यालय तथा सवारी चालक अनुमतिपत्र कार्यालयहरु निर्वाध रुपमा सञ्चालन भइरहेका छन्। 

उपप्रधानमन्त्री तथा रक्षामन्त्री इश्वर पोख्रेलको संयोजकत्वमा बसेको समन्वय समितिको बैठकले सार्वजनिक यातायातमा सिट क्षमताभन्दा बढी यात्रु बोके कारबाही गर्ने तथा सवारीसाधनहरु नियमित रुपमा सफा गरी किटाणुमुक्त बनाएर चलाउनुपर्ने व्यवस्था समेत गरिएको छ। तर कार्यालयहरुमा सवारी नामसारी, नयाँ दर्ता तथा कर तिर्न आउने सेवाग्रहीको ठूलो भिड लाग्दा समेत सरकारले ठोस कदम चालेको छैन। 

कार्यालयले आफ्नोतर्फबाट कर्मचारीहरुका लागि मास्क, ग्लोभ र स्यानिटाइजर उपलब्ध गराएर काम गराउनुपर्ने अवस्था रहेको यातायात व्यवस्था कार्यालय साना/ठूला सवारी एकान्तकुनाका प्रमुख यादवनाथ आचार्यले बताए। ‘सरकारले नभनेसम्म हामीले काम रोक्न सक्ने अवस्था आउँदैन,’ उनले नेपाल लाइभसँग भने, ‘कर लिने विषय भएकाले समय नाघेपछि जरीवाना लाग्ने हुन्छ। रोकिँदा त्यो मिनाहा गर्ने विषय मन्त्रिपरिषद्ले मात्र गर्न सक्ने भएकाले हामीले काम रोक्न सक्दैनौं।’ 

कर्मचारीहरुमा पनि त्रासकै अवस्थामा काम गरिरहेको उनको भनाइ छ। ‘चैत महिना कर तिर्ने महिना भएकाले कार्यालयमा चाप हुन्छ,’ आचार्यले भने, ‘कर्मचारीलाई बिदा माग्दा दिनसक्ने अवस्थासमेत नभएको बेला कोरोनाको त्रासमा काम गर्नुपरिरहेको छ।’ प्रदेश मन्त्रालयलाई के गर्न सकिन्छ भन्ने विषयमा पत्र पठाएको उनले बताए। सरकारबाट निर्देशन नआएसम्म कार्यालय सञ्चालन रोक्न नसकिने आचार्यको भनाइ छ। 

कर तिर्ने महिना भएकाले यातायात कार्यालय साना/ठूला सवारीमा हाल दैनिक २५ सय जनासम्म सेवाग्रही आउने गरेका छन्। कार्यालय आफ्नै कर्मचारीको संख्या ८० भन्दा बढी रहेको कार्यालयले जनाएको छ। 

त्यस्तै अर्को सतुंगलमा रहेको सवारी तथा यातायात व्यवस्था कार्यालय मोटरसाइकल समेत चलिरहेको छ। सरकारले २५ जनाभन्दा बढी मानिस जम्मा नहुन सूचना जारी गरेको भएपनि आफूहरुले कार्यालय बन्द गर्न नमिलेको मोटरसाइकल कार्यालय प्रमुख दिपक पोख्रेलले जानकारी दिए। 

कर उठाउने, ब्लुबुक नविकरण गर्न, नयाँ सवारी दर्ता गर्नेलगायत काम हुने कार्यालय हामीले नै बन्द गर्न मिल्ने कुरा भएन भन्दै पोख्रेलले भने, ‘प्रदेश सरकारको निर्देशन पर्खेर बसिरहेका छौं। जे निर्देशन हुन्छ त्यहीअनुसार अघि बढ्छौं।’ मोटरसाइकल कार्यालयमा दैनिक सेवा लिनेको संख्या १५ सयभन्दा बढी हुने गरेको पोख्रेलले बताए। त्यस्तै सवारी चालक अनुमतिपत्र कार्यालय समेत निर्वाध रुपमा सञ्चालन भइरहेको छ। 

बागमती प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयले यस विषयमा छलफल भइरहेको जनाएको छ। प्रदेश सरकारले आवश्यक तयारी तथा के गर्ने भन्ने विषयमा छलफल गरेर निष्कर्षमा पुगिने मन्त्रालयको भनाइ छ।

प्रकाशित मिति: बिहीबार, चैत ६, २०७६  १६:१२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
पर्यटन क्षेत्र नेपालको समृद्धिको आधार हो : अर्थमन्त्री पौडेल
विधेयकमा गहन अध्ययन गरेर मात्रै संशोधन हालौँ: सांसद कार्की
सिंगापुरलाई हराउँदै नेपालले जित्यो यु–१६ इस्ट जोन कपको उपाधि
सम्बन्धित सामग्री
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
कोरोना अपडेट: १६ सय परीक्षण गर्दा ७६ जनामा संक्रमण पुष्टि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समीर अधिकारीका अनुसार एक हजार छ सय तीन जनाको नमुना परीक्षण गर्दा ७६ जनामा सङ्क्रमण... शनिबार, वैशाख २३, २०८०
ताजा समाचारसबै
पर्यटन क्षेत्र नेपालको समृद्धिको आधार हो : अर्थमन्त्री पौडेल शनिबार, असार २१, २०८२
विधेयकमा गहन अध्ययन गरेर मात्रै संशोधन हालौँ: सांसद कार्की शनिबार, असार २१, २०८२
सिंगापुरलाई हराउँदै नेपालले जित्यो यु–१६ इस्ट जोन कपको उपाधि शनिबार, असार २१, २०८२
मानुङकोटलाई पर्यटकीय ग्राम बनाइने शनिबार, असार २१, २०८२
गण्डकीमा घट्दै बर्खे धानखेती शनिबार, असार २१, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सुशासनका लागि प्राधिकरण टुक्रयाउन खोजेको हाे : मन्त्री पाण्डे (भिडियो)
सुशासनका लागि प्राधिकरण टुक्रयाउन खोजेको हाे : मन्त्री पाण्डे (भिडियो) शुक्रबार, असार २०, २०८२
असार २१ गते अन्तर्राष्ट्रिय सहकारी दिवस मनाउने(भिडियो)
असार २१ गते अन्तर्राष्ट्रिय सहकारी दिवस मनाउने(भिडियो) शुक्रबार, असार २०, २०८२
नागरिकता ऐनलाई आवश्यक सुधार गरेर पारित गर्न सकिन्छ (भिडियो)
नागरिकता ऐनलाई आवश्यक सुधार गरेर पारित गर्न सकिन्छ (भिडियो) शुक्रबार, असार २०, २०८२
दुर्गानारायण ढकाल द्वारा लिखित कृति समाजवादी दर्शनको रूपरेखा लोकर्पण
दुर्गानारायण ढकाल द्वारा लिखित कृति समाजवादी दर्शनको रूपरेखा लोकर्पण बिहीबार, असार १९, २०८२
उपचारअघि डाक्टरले आफू जोगिने उपाय खोज्नुपर्ने अवस्था आयो : डा लोचन कार्की (अन्तर्वार्ता)
उपचारअघि डाक्टरले आफू जोगिने उपाय खोज्नुपर्ने अवस्था आयो : डा लोचन कार्की (अन्तर्वार्ता) बिहीबार, असार १९, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
धनुषामा सशस्त्र प्रहरी र तस्करबीच भिडन्त, ६ जना प्रहरी घाइते शुक्रबार, असार २०, २०८२
सर्लाहीका एसपीलाई गाली गरेपछि जसपा नेता यादवविरुद्ध पक्राउ पुर्जी जारी शुक्रबार, असार २०, २०८२
युनुस अन्सारीविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा, ९ करोड बिगो दाबी शुक्रबार, असार २०, २०८२
भारतबाट नेपाल आउँदा ५ हजार डलरबराबर रकम ल्याउन पाइने शुक्रबार, असार २०, २०८२
सिंगापुरलाई हराउँदै नेपालले जित्यो यु–१६ इस्ट जोन कपको उपाधि शनिबार, असार २१, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
पूर्वमन्त्री मोहन बस्नेतलाई २५ लाख धरौटीमा छाड्न अदालतको आदेश आइतबार, असार १५, २०८२
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्