indian note
एजेन्सी- कोरोना भाइरसको संक्रमण फैलन नदिन भारतीय रिजर्भ बैंकले कागजी नोट र सिक्का प्रयोग नगर्न सुझाव दिएको छ। बैंकका मुख्य महाप्रबन्धक योगेश दयालले सकेसम्म कागजी नोट र सिक्का नचलाउन आग्रह गर्दै त्यसको विकल्पमा कारोबारमा डिजिटल भुक्तानीको उपयोग गर्न अनुरोध गरेको छ।
केन्द्रिय बैंकले विकल्पमा फण्ड ट्रान्सफर सुविधाको उपयोग गर्न र कारोबारका लागि भिडभाड भएको स्थानमा नजान समेत सुझाव दिएको छ।
केन्द्रिय बैंकभन्दा अगाडि अखिल भारतीय व्यापारी परिसंघले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पत्र लेख्दै कोरोना भाइरसको बढ्दो संक्रमण रोक्न कागजी नोट र सिक्काको प्रयोग रोक्न आग्रह गरेका थिए।
सामाजिक सञ्जालहरुमा चीन र दक्षिण कोरियाको सरकार बैंकमा रहेको कागजी नोटलाई भाइरसमुक्त बनाउन लागेको भन्ने खबरहरु सेयर भइरहेका छन्। भारतमा व्यापारीहरुले कागजी नोटको साटो पोलिमर नोट चल्तीमा ल्याउन समेत आग्रह गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।