• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
शुक्रबार, जेठ ९, २०८२ Fri, May 23, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
साहित्य डबली
दशैं त आफन्तसँग रमाइलो गर्ने पर्व हो, मानिसहरु आइसोलेट भएर किताब पढ्छन् भन्ने लाग्दैन: प्रकाश तिवारी [अन्तर्वार्ता]
64x64
नेपाल लाइभ शनिबार, असोज १५, २०७९  १९:२६
1140x725

‘परित्यक्त’, ‘निलोफर’ र ‘निहारिका’ जस्ता उपन्यास तथा कथा, निबन्ध, कविता लगायतका विधामा कलम चलाएका साहित्यकार हुन् प्रकाश तिवारी। लामो समयसम्म नेपाल कृषि अनुसन्धान परिषद्‌मा सरकारी जागिरे हुँदै गर्दा साहित्यलाई समेत एकसाथ बढाए तिवारीले। 

नाम जस्तै काम गरेका प्रकाश हाल सरकारी जागिरेबाट सेवानिवृत्त भएका छन्। सेवानिवृत्त भए पनि आफ्नो साहित्यिक यात्रालाई भने निरन्तरता दिँदै आएका तिवारीसँग नेपाल लाइभका भूपेन्द्र शाह ठकुरीले बडादशैंको अवसरमा गरेको साहित्यिक भलाकुसारीः

दशैंलाई कसरी सम्झिनुहुन्छ? 
सानो छँदा दशैं कहिले आउला जस्तो हुन्थ्यो । नयाँ लुगा लगाउने, मिठो-मसिनो खान पाइने भएपछि दशैंको छुट्टै मजा हुन्थ्यो सानोमा। भदौदेखि नै बुबाले नयाँ लुगा किन्नका लागि बजार लैजानुहुन्थ्यो ।

त्यतिबेला अहिलेको जस्तो रेडिमेट लुगा पाइँदैनन्थ्यो। घरमा दर्जी बोलाएर सिलाएर लगाउनुपर्थ्यो। 

दशैंमा नयाँ लुगा लगाउँदै छर-छिमेकमा तिम्रो राम्रो कि मेरो? भन्दै लुगा देखाउने गरिन्थ्यो।

अष्टमी र नवमी दुई दिन देवीको पूजा गर्ने, अष्टमीमा बलि दिने, नवमीमा कुल देउताको पूजा गर्ने र मासु खाने हाम्रो परम्परा छ। परम्परा अनुसार नै दशैं मनाइन्थ्यो। 

मावली घर टाढा भएकाले कुनै-कुनै वर्ष मात्र मावली गइन्थ्यो। मावली जाँदा बहुत रमाइलो लाग्थ्यो । दशैंमा टीका लगाउँदा त्यति बेला नोटको प्रचलन कम हुन्थ्यो। सिक्काको चलन हुन्थ्यो । टीका लगाएर चार/पाँच रुपैयाँ पाए पनि एकदमै खुसी लाग्थ्यो। अहिलेको हजारौं रुपैयाँ बराबर हुन्थ्यो होला सायद।

दशैंका बेलामा पुस्तक पढ्नु पर्छ भन्नेहरु देखिन्छन्। तपाईं चाहिँ पाठकलाई कस्ता खालका पुस्तक पढ्न सुझाव दिनुहुन्छ? 
यसमा मेरो फरक धारणा छ। मान्छे भन्नका लागि भन्छन् या पढ्नका लागि भन्छन् थाहा छैन। दशैंमा यति पुस्तक किनें र उति पुस्तक किनेँ भन्छन्।

Ncell 2
Ncell 2

नेपालीको सबैभन्दा ठूलो चाड दशैं हो। कोही अमेरिकादेखि दशैं मनाउनका लागि आएका छन्। कोही भारतदेखि वा देशैभरिबाट दशैं मनाउन घर जानेको घुइँचो नै लागेको हुन्छ। मेचीदेखि महाकाली बस्ने सबैको जमघट हुने समय हो। कहिल्यै नजुट्ने, नभेटिनेहरु पनि यतिबेला जुट्ने, भेट्ने गर्छन्।

अरु बेला जे जस्तो भए पनि दशैंमा ऋण नै गरेर भए पनि मिठो-मसिनो खाने, अरुलाई खुवाउने पर्वमा आइसोलेट भएर, एउटा कुनामा बसेर किताब पढ्छन् जस्तो मलाई लाग्दैन। कुनै मान्छेसँग सम्बन्धै नराखी, सम्पर्क नै नगरी जंगलमा बसे जस्तो गरेर, गुफामा बसे जस्तो गरेर पढ्ने हो भने त छुट्टै कुरा, होइन भने मान्छे चाडबाडको बेलामा कसरी किताब पढ्ने हो? म बुझ्दिनँ। 

पढ्नकै लागि दशैं नै आउनुपर्छ भन्ने त छैन नि। देशका प्रधानमन्त्री र नेताहरु भन्दा बढी व्यस्त को होला र? उनीहरुले पनि त पढिरहेकै हुन्छन्। दिनमा दुई घण्टा समय निकाल्न सकिहालिन्छ नि। दिनको दुई घण्टा समय निकाल्ने हो भने महिनामा ६० घण्टा समय निस्कन्छ। एकै घण्टा निकाल्ने हो भने पनि महिनामा ३० घण्टा समय निस्कन्छ। ३० घण्टामा चार वटा किताब पढ्न सकिन्छ। त्यसैले दशैंमा मात्र पढ्न सकिने, अघिपछि पढ्न नसकिने भन्ने हुँदैन। तर म दशैंमा पढ्छु नै भन्ने साथीहरुलाई व्यक्तित्व विकास गर्ने खालका पुस्तक पढ्न सुझाव दिन्छु।

दशैंमा पढ्न चाहनेहरुका लागि रोन्डा ब्राइन्डका, नेपोलियन हिलका, डेल कार्नेगी, शिव खेरा, रवीन शर्माका व्यक्तित्व विकास गर्ने खालका पुस्तक पढ्नुहोस् भन्न चाहन्छु।

तपाईंले सरकारी जागिरे हुँदै तीन वटा उपन्यास प्रकाशन गर्नुभयो। थुप्रै कथा संग्रह तथा कविता समेत प्रकाशन गर्नुभयो। पाठकबाट कस्तो खालको प्रतिक्रिया पाउनुभयो? 
तीन वटा मेरा उपन्यास निस्किसके। चोथौं पनि प्रकाशनको तयारीमा छ। पहिलो उपन्यास परित्यक्त निकै मिहिनेत गरेर राम्रो लेखेको महसुस गर्छु। तर यसको त्यति प्रचार-प्रसार हुन सकेन। अहिले प्रचार-प्रचार र मार्केटिङको जमाना हो। प्रचार-प्रसार हुन नसक्दा बजारमा जम्न सकेन।

दोस्रो उपन्यास निलोफरले भने राम्रै चर्चा बटुल्न सफल भयो। त्यसले मलाई पाठकमाझ चिनाउन सफल भयो।

तेस्रो उपन्यास निहारिका त चर्चित नै भयो। निहारिका लेखेपछि धेरै मानिस मलाई भेट्न मेरो अफिससम्म पुग्नुभयो। कतिपयले उपन्यास साह्रै मन पर्यो भनेर इमेलबाट समेत मगाउनुभयो। दलितको सवालमा लेखेका कारण कतिपयले पिएचडीको थेसिसका लागि रिसर्चको एउटा विषय पनि बनाउनुभयो। कतिपयले फेसबुक म्यासेन्जरमा स्याबासी दिनुभयो। व्यक्तिगत भेटघाटदेखि सामाजिक सञ्जालबाट राम्रो रेस्पोन्स आयो।

निहारिकाले गुगल रेटिङमा पनि पाँचमा तीन पाएको मैले भेटाएको छु। जसले गर्दा पाठकवर्गको प्रतिक्रियाबाट म थप हौसिएको छु। मैले लेखेका किताब, कृतिहरु मन पराएको देख्दा खुसी भएको छु।

सरकारी जागिरे हुँदाहुँदै पुस्तक लेख्नका लागि कसरी समय व्यवस्थापन गर्नुभयो? 
पहिलो कुरा त चाहना हुनुपर्छ। जहाँ इच्छा, त्यहाँ उपाय भनेजस्तै इच्छाशक्ति भयो भने जे काम पूरा हुन्छ। कार्यालय समयपछि रातिको समयमा लेख्ने काम गर्थें। अनि बिदाको दिन पनि पुस्तकलाई समय दिन्थें। अनावश्यक ठाउँमा जान्नथें। कसैको निम्ता मान्न समेत गइनँ म पुस्तक लेख्ने समयमा। 

अहिले म फुर्सदिलो छु। अहिले दिनको चार/पाँच घण्टा लेख्ने या किताब पढ्ने गर्छु। चोथौं उपन्यास मेरो छिट्टै निस्कँदैछ। ‘त्रिशठ्ठी गड्डी’ नामक उपन्यास। 

मैले झण्डै साढे ३८ वर्ष सरकारी सेवा (नेपाल कृषि अनुसन्धान परिषद्)मा काम गरें। मेरो अनुभवमा राजनीति र कर्मचारीतन्त्रको सम्बन्ध नङ र मासुको जस्तो हुन्छ। कर्मचारीतन्त्र र राजनीति कति शुद्ध छ? कति पवित्र छ? कति विकृत छ? या कति विसंगतिपूर्ण छ? आफ्नो अनुभवको आधारमा त्यसको चित्र मैले उपन्यासमार्फत देखाउने जमर्को गरेको छु। यो उपन्यास सम्भवतः दुई महिना भित्र निस्कन्छ। 

कोबाट प्रेरित भएर साहित्य लेख्नु थाल्नुभएको हो? 
म सानैदेखि साहित्यानुरागी रहेछु। ८/१० वर्षको हुँदादेखि नै कविताहरु कोर्थें। ८ कक्षामा पढ्दा स्कुलस्तरीय प्रतिस्पर्धामा मैले कविता लेखेको सम्झना छ।

त्यसपछि जागिरमा लागें। २०३९ सालमा रमेशनाथ पाण्डे सम्पादक भएको ‘नयाँ सन्देश’ भन्ने पत्रिका निस्कन्थ्यो। पञ्चायतकालको चर्चित पत्रिका थियो त्यो। त्यसमा मुक्तक प्रकाशन हुन्थ्यो हरेक शुक्रबार। त्यतिबेला म मुक्तक पठाउँथे। मुक्तक प्रकाशित हुन्थ्यो। त्यतिबेला टुक्राटाक्री लेखिन्थ्यो। पछि आएर पुस्तक आकारमा लेख्न थालेको हुँ।

झन्पछि झन् साहित्यमा रस बढ्दै गयो। अहिले महिनामा तीन/चार वटा आर्टिकल गोरखापत्रदेखि अन्य पत्रपत्रिका र अनलाइनमा प्रकाशित भइराख्छन्। अझै पनि साहित्यमा स्पिड बढाउनुपर्छ भनेर लागिरहेको छु। 

अन्त्यमा के भन्नुहुन्छ? 
नेपालको साहित्यिक बजार नाफा उन्मुख हुँदै गइरहेको देखिन्छ। सरकारीदेखि निजी क्षेत्र सबैले नाफा खोजिरहेका छन्। साहित्यको उन्नयनका लागि खुलेका कतिपय संस्थाले पनि सही रुपमा साहित्यको भलाइ हुने काम गरेको देखिँदैन।

कतिपय सन्दर्भमा राम्रा साहित्यको सही मूल्यांकन हुन नसकिरहेको हो कि जस्तो पनि देखिन्छ। त्यसैले साहित्यको भलाइका लागि सबै क्षेत्रको चासो हुनु जरुरी छ। मिडियाकर्मीले साहित्यमा मौलाएका विकृति खोतल्नुपर्छ।

प्रकाशित मिति: शनिबार, असोज १५, २०७९  १९:२६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
लेखकबाट थप
डोल्पामा आयोडिनयुक्त नुन अभाव
उत्तरपूर्वी चीनमा भएको बस विस्फोटमा एकको मृत्यु, ४२ घाइते
कांग्रेस महाधिवेशन : उम्मेदवार मनोनयन दर्ता हुँदै, शुल्क प्रभु बैंकमा जम्मा गर्नुपर्ने
सम्बन्धित सामग्री
जीवनकुमार प्रसाईंको पाँचौँ पुस्तक ‘कस्तो छ तिमीलाई’ प्रकाशित लोकार्पण कार्यक्रममा लेखक प्रसाईंले आफ्नो १० वर्षे लेखन यात्राको अनुभव पनि सुनाए । १० वर्ष पहिले नेपालयबाटै प्रकाशन भएको उनको ‘जीवन... सोमबार, वैशाख २९, २०८२
नादसँग झङ्कृत हुँदा यस खण्ड अन्तर्गत रहेर शायरले शेरको वर्षा गराउनु भएको देखिन्छ।’अभ्यासले नै अभ्यस्त हुने हो’ भन्ने कुरा यस खण्डमा देख्न सकिन्छ। शनिबार, वैशाख २७, २०८२
ईस्टर पर्वको पूर्वसन्ध्यामा श्रीलङ्काको चर्चमा गोली प्रहार प्रहरीले जानकारी दिएको अनुसार घटनास्थल राजधानी कोलम्बोबाट करिब १६० किलोमिटर टाढा रहेको मानाम्पिटिया भन्ने ठाउँमा पर्छ। शनिबार, वैशाख ६, २०८२
ताजा समाचारसबै
सन् २०२४ मा बेलायतको कुल आप्रवासन सङ्ख्या आधा घट्यो बिहीबार, जेठ ८, २०८२
मधेशका नवनियुक्त मन्त्रीद्वय यादव र कुशवाहाले गरे शपथपछि पदभार ग्रहण बिहीबार, जेठ ८, २०८२
ढोरपाटनका मेयर नेपालीलाई २० लाख धरौटीमा छोड्न आदेश बिहीबार, जेठ ८, २०८२
मधेशमा जनमतका सञ्जय वन र बसन्त उद्योगमन्त्री नियुक्त बिहीबार, जेठ ८, २०८२
‘टिकटक गर्ल’को हनी ट्रयापमा पारेर काठमाडौंमा घर–जग्गाकाे बार्गेनिङ, २ महिला पक्राउ बिहीबार, जेठ ८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण]
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण] बुधबार, कात्तिक ७, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे] बुधबार, भदौ १९, २०८१
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण]
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण]
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे] बुधबार, जेठ ३०, २०८१
सबै हेर्नुहोस
ट्रेण्डिङ
देउवाले बोलाए शीर्ष नेताको बैठक बिहीबार, जेठ ८, २०८२
भारतका शीर्षस्थ माओवादी नेता बसवराजुसहित २७ लडाकु मारिए बुधबार, जेठ ७, २०८२
५ सय र १ हजारको नयाँ नोट छाप्ने गभर्नर पौडेलको पहिलो निर्णय बुधबार, जेठ ७, २०८२
‘टिकटक गर्ल’को हनी ट्रयापमा पारेर काठमाडौंमा घर–जग्गाकाे बार्गेनिङ, २ महिला पक्राउ बिहीबार, जेठ ८, २०८२
काठमाडौं प्रहरी परिसर गेटबाट थुनुवा भागे बुधबार, जेठ ७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
दास मानसिकता बोकेको विचारबाट परिवर्तन सम्भव छैन : पूर्वन्यायाधीश खतिवडा नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
एकैपटक देशभर किन भयो विद्युत् अवरुद्ध? बिहीबार, जेठ १, २०८२
देउवाले बोलाए शीर्ष नेताको बैठक बिहीबार, जेठ ८, २०८२
नेपाली टोलीको युके भ्रमण : अभ्यास खेलमा भीम र दीपेन्द्रले हाने शतक सोमबार, जेठ ५, २०८२
घट्यो पेट्रोलियम पदार्थको मूल्य, कुनमा कति ? बिहीबार, जेठ १, २०८२
विश्व पौडेललाई गभर्नर बनाउने सहमति मंगलबार, जेठ ६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्