काठमाडौं– पूर्वराजा ज्ञानेन्द्र शाहले अहिले नेपाल र नेपालीका लागि प्रार्थना गर्ने समय भएको बताएका छन्।
सोमबार आफ्नो जन्मदिनका अवसरमा निर्मल निवासमा शुभेच्छुकको शुभकामना लिने क्रममा सञ्चारकर्मीसंग कुरा गर्दै पूर्वराजा शाहले आफुलाई शुभकामना दिन आउनेलाई धन्यवाद दिदै अहिले नेपाल र नेपालीका लागि प्रार्थना गर्ने समय भएको बताएका हुन्।
उनले नेपालमा जन्मिएर मात्र नेपाली नहुने उल्लेख गर्दै नेपाल नै सबैको मनमा भए नेपाली हुनसक्ने जिकिर गरेका छन्।
पूर्वराजा शाहले अहिले बर्षाको समयमा बाढीपहिरो र डुवानको जोखिम रहेकाले सतर्क भएर बस्न आग्रह गरे।
पूर्वराजा शाहलाई जन्मदिनको शुभकामना दिन निर्मल निवासमा शुभेच्छुकको ठूलो भीड लागेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।