• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
शुक्रबार, जेठ ९, २०८२ Fri, May 23, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
सत्ताधारी नेकपाको किचलोमा कांग्रेस रमिते
64x64
लिलु डुम्रे मंगलबार, वैशाख १६, २०७७  १७:३०
1140x725

काठमाडौं– प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सत्तारुढ दल नेकपामा देखिएको किचलोबारे तत्काल प्रतिक्रिया दिनुभन्दा टाढा रहेर केही समय रमिता हेर्ने रणनीति बनाएको छ। सरकरको गतिविधिबारे तिखो आलोचना गर्दै आएको काग्रेस सत्ता किचलोबारे मौन छ। र यो मौनता अझै केही दिन लम्ब्याउने रणनीतिमा देखियो।

बैसाख ८ मा प्रधानमन्त्री केपी शर्मा ओलीले ल्याएको अध्यादेशबाट सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विवाद उत्कर्षमा छ। सत्तारुढ दलका कतिपय नेताले प्रधानमन्त्रीको राजीनामा मागिसकेका छन्। कांग्रेसले भने औपचारिक रुपमा केही बोलेको छैन। 

संसदको अंक गणितले उलाई साथ दिएको छैन। पार्टीमा किचलो बढे पनि सत्ताको तालाचावी नेकपासँगै रहेकाले कांग्रेस प्रधानमन्त्रीको राजिनामाबारे मौन छ। उसले विपक्षमा रहेका दलहरुको बैठक राखेर लकडाउन खुलेपछि संघर्ष गर्ने निर्णय गरे पनि प्रधानमन्त्रीबारे भने केही बोलेको छैन।

प्रधानमन्त्री ओलीले सत्ता सम्हालेपछिको सबैभन्दा चिढिएको पार्टी कांग्रेस नै हो। संवैधानिक परिषद्सम्बन्धी अध्यादेश काग्रेस लक्षित नै थियो। उसले अध्यादेश सच्याउन माग गर्‍यो। र सच्चियो पनि।

मन्त्रिपरिषद् बैठक। फाइल तस्बिर

प्रधानमन्त्रीको व्यवहारले नेकपाभित्रै तीव्र ध्रुवीकरण चलिरहेको छ। तर कांग्रेस प्रधानमन्त्री ओलीको राजीनामा माग्ने मुडमा पुगिसकेको छैन। उनीहरु यसबारे औपचारिक रुपमा बोल्न समेत तयार छैनन्।

किन यो मौनता? कांग्रेसका एक केन्द्रीय सदस्य कोरोना भाइरसको महामारीको समयमा प्रधानमन्त्रीको राजीनामा माग्दा राजनीतिक अस्थिरता बढाउन लागेको भन्दै  ‘ब्याक फायर’  हुन सक्ने जोखिमले अहिले चुपै बस्ने रणनीति लिइएको हो।

केही समय अगाडि पार्टीका केही नेताले सरकार बदल्ने विषयमा दिएको अभिव्यक्तिले पार्टी आलोचित भएको थियो। अहिले ओलीको राजीनामा माग्दा संकटको बेलामा पनि सत्ताको खेलमा लागेको अपजस आउने तर पार्टीले चाहेका आधारमा सत्ता बदलिन सम्भव नभएपछि नेकपाभित्रको ध्रुवीकरणको अवलोकन मात्र गरेर बस्ने रणनीति लिएको देखिन्छ।

सभापति देउवा। फाइल तस्बिर

राजीनामा मागेर परिणाममा पुर्याउने हैसियतमा कांग्रेस छैन। नेकपाभित्रकै कुनै समूहको सहयोगविना अविश्वास प्रस्ताव समेत टुंगोमा पुग्न सक्दैन। 'राजीनामा मागिसकेपछि त्यसलाई परिणामसम्म पुर्याउनु सक्नुपर्छ। त्यो संख्या पार्टीसँग छैन,' कांग्रेसका एक नेताले नेपाललाइभसँग भने, 'कांग्रेसले राजीनामाको मुद्धालाई लिड गरे,मुद्दा कमजोर हुन्छ। यो विषयमा गोल गर्ने-नगर्ने नेकपा भित्रैबाट हो। कांग्रेस दर्शकको भूमिकामा छ।’

Ncell 2
Ncell 2

सरकारको नेतृत्वमा नयाँ अनुहार ल्याउने परिस्थिति निर्माण नेकपाभित्रैबाट मात्र सम्भव छ। प्रधानमन्त्री परिवर्तन हुने कारक नेकपाकै अन्तरद्धन्द्धले लिने बाटोमा भर पर्छ। कांग्रेस र सरकार बाहिर रहेका दलको तत्काल कुनै भुमिका देखिएको छैन। 

'अविश्वास प्रस्ताव राख्दा वैकल्पिक प्रधानमन्त्रीको नाम प्रस्ताव गर्नुपर्ने हुन्छ। नेपाली कांग्रेसले त्यो भूमिका निर्वाह गर्न अहिले सक्दैन,’ केन्द्रीय सदस्य मीन विश्वकर्माले भने, 'अविश्वास प्रस्ताव राख्ने भूमिका नेकपा भित्रैबाट हुनसक्छ। भ्रष्टचार बेथितिका कारणले नैतिकताको आधारमा राजिनामा दिनुपर्ने समय भने आएको छ।'

नेकपाभित्रको विवाद चर्कदै गए त्यसले कुनै न कुनै रुपमा कांग्रेसको भुमिका बन्न सक्छ। त्यसका लागि नेकपाभित्रकैबाट प्रधानमन्त्रीमाथिको अविश्वास प्रस्ताव आउनुपर्छ। संसदमा बहुमत देखाउनुपर्ने जोखिममा प्रधानमन्त्री ओली पुगेमा अंक गणितको जोडघटाउमा कांग्रेस सहभागी हुनेछ। प्रतिनिधिसभामा कांग्रेसका ६३ सांसद छन्। अविश्वासको प्रस्ताव छलफलमा लैजान एक तिहाई संख्या आवश्यक पर्दछ।

काग्रेस केन्द्रीय समिति बैठक। 

ओली सरकारका २७ महिनामा प्रतिपक्ष दलको सम्बन्ध सरकारसँग समधुर रहेन। पार्टीबाट असहयोग भई ओली सरकारले विश्वासको मत लिनुपर्ने अवस्थामा कांग्रेसले उनकै नेतृत्व पुनः चाहेको देखिएको छैन। नेकपाको अन्तरद्धन्द्ध उत्कर्षमा पुगेमा प्रधानमन्त्री ओलीले प्रतिपक्ष दल कांग्रेसको सहयोगमा सरकार बनाउने प्रयास गर्ने राजनीतिक बाटो खुल्लै छ। उनले आफू निकट साँसदहरुलाई जस्तोसुकै अवस्थाका लागि तयार रहन दिएको निर्देशनले सहजै रुपमा सत्ता हस्तान्तरण गर्ने मुडमा नभएको देखाउँछ नै।

गत मंगलबार अध्यादेश फिर्ता लिएपछि प्रधानमन्त्री ओलीले कांग्रेस सभापति शेरबहादुर देउवासँग छलफलसमेत गरेका छन्। उक्त बैठकमा देउवाले अध्यादेश र कोरोना संकटका विषयमा छलफल भएको बताएका छन्। सरकारमा साझेदारीको बारेमा समेत छलफल भएको आशंका गरिए पनि यो पाटो सार्वजनिक भइसकेको छैन। 

प्रतिपक्षी दलको शक्ति बढाउँदै
प्रधानमन्त्रीको राजिनामाबारे कांग्रेस मौन रहे पनि उसले लकडाउन लगत्तै सडक आन्दोलनको मनस्थिति भने बनाएको छ। नेतृत्व माथि प्रधानमन्त्रीको राजीनामा संस्थागत रुपमा माग्नुपर्ने दबाब बढ्दै गएको पनि छ। 

तर कांग्रेस राजीनामातिरभन्दा सरकार बाहिर रहेका दललाई एकीकृत गर्ने रणनीतिमा देखिन्छ। यही रणनीतिअनुसार उसले विपक्षी दलसँग एक चरण छलफल सक्काइसकेको छ।

बैसाख ८ मा अध्यादेश आएको एक दिन कांग्रेसको सक्रियतामा चार दलको बैठक बसेको थियो। कांग्रेस सहित तत्कालीन समाजवादी, राष्ट्रिय जनता पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीको बैठकले सरकारको अलोकतान्त्रिक कदमको विरुद्धमा निरन्तर क्रियाशील रहने र लकडाउनपछि सरकारको निरंकुश र जनविरोधी कदमका विरुद्ध आवश्यक कदम उठाउने निर्णय गरिसकेको छ।

कांग्रेसले सत्ता बाहिरका दलहरुको बैठकको निरन्तरता दिदैं सोमबार समेत बैठक बोलाएको थियो। सोमबारको बैठकले सरकार विरुद्ध संघर्षमा जाने निर्णय समेत गरेको छ।सरकार सर्वसत्तावादतर्फ अग्रसर भएको निष्कर्ष उक्त बैठकले निकालेको थियो।

प्रकाशित मिति: मंगलबार, वैशाख १६, २०७७  १७:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
लिलु डुम्रे
नेपाल लाइभका वरिष्ठ संवाददाता डुम्रे समसामयिक र राजनीतिक बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
यस्तो छ एमसीसी अनुमोदनका लागि मन्त्रिपरिषद्ले पारित गरेको १२ बुँदे व्याख्यात्मक घोषणा [पूर्णपाठ]
एमसीसी अनुमोदन गर्दाको हिस्सेदार एमालेलाई पनि बनाउने प्रयत्नमा देउवा
२०७४ मा सर्वाधिक विवादित भरतपुर महानगरको नेतृत्वमा गठबन्धनबाट ‘कांग्रेसकै दाबी’
सम्बन्धित सामग्री
सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ? नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९० हजार ४०० रुपैयाँ कायम भएको हो । शुक्रबार, जेठ ९, २०८२
लुम्बिनी प्रदेश सभाको बैठक बस्दै प्रस्तावलाई सभामुख तुलाराम घर्तिमगरले निर्णयार्थ प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ । शुक्रबार, जेठ ९, २०८२
विवादास्पद अभिव्यक्ति पछि बाबुराम भट्टराई सहभागी कार्यक्रममा लफडा उनले अन्य देशमा ठूला क्रान्ति हुँदा वा द्वन्द्व हुँदा लाखौं मारिएका तर नेपालमा १७ हजारमात्रै मारिएको बताएपछि द्वन्द्व पीडितहरु आक्रो... शुक्रबार, जेठ ९, २०८२
ताजा समाचारसबै
सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ? शुक्रबार, जेठ ९, २०८२
हेटौँडा औद्योगिक क्षेत्रमा चार उद्योग थपिए शुक्रबार, जेठ ९, २०८२
लुम्बिनी प्रदेश सभाको बैठक बस्दै शुक्रबार, जेठ ९, २०८२
लुका मोड्रिचले रियल मड्रिड छाड्ने शुक्रबार, जेठ ९, २०८२
मनसुनले निम्त्याउने विपद् व्यवस्थापन पूर्वतयारीबारे छलफल शुक्रबार, जेठ ९, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण]
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण] बुधबार, कात्तिक ७, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे] बुधबार, भदौ १९, २०८१
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण]
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण]
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे] बुधबार, जेठ ३०, २०८१
सबै हेर्नुहोस
ट्रेण्डिङ
देउवाले बोलाए शीर्ष नेताको बैठक बिहीबार, जेठ ८, २०८२
‘टिकटक गर्ल’को हनी ट्रयापमा पारेर काठमाडौंमा घर–जग्गाकाे बार्गेनिङ, २ महिला पक्राउ बिहीबार, जेठ ८, २०८२
सहकारीबाट लिएको ऋण नतिरेपछि एमाले नेता अर्याल पक्राउ बिहीबार, जेठ ८, २०८२
आईएसआईसँग सम्बन्ध भएको आरोपमा दिल्लीमा एक नेपालीविरुद्ध मुद्दा, पहिचान छुपाएर बस्दै आएको आरोप बिहीबार, जेठ ८, २०८२
एमाले गण्डकी प्रदेश सदस्य छन्त्याल माओवादी केन्द्रमा प्रवेश बिहीबार, जेठ ८, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
दास मानसिकता बोकेको विचारबाट परिवर्तन सम्भव छैन : पूर्वन्यायाधीश खतिवडा नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
देउवाले बोलाए शीर्ष नेताको बैठक बिहीबार, जेठ ८, २०८२
नेपाली टोलीको युके भ्रमण : अभ्यास खेलमा भीम र दीपेन्द्रले हाने शतक सोमबार, जेठ ५, २०८२
विश्व पौडेललाई गभर्नर बनाउने सहमति मंगलबार, जेठ ६, २०८२
रविविरुद्धको मुद्दामा मिसिल प्रमाण झिकाउन उच्च अदालतको आदेश आइतबार, जेठ ४, २०८२
रौतहटमा औषधि पसल अनुगमन गर्न गएको टोलीमाथि आक्रमण, दुईजना घाइते सोमबार, जेठ ५, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्