• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असार २२, २०८२ Sun, Jul 6, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अटो
विद्युतीय कारमा करको अन्तरकथा : यसरी बदलियो अर्थमन्त्रीको मुड
सविन मिश्र / शिव बोहरा शनिबार, जेठ १७, २०७७  १३:५४
1140x725

काठमाडौं- चालु आर्थिक वर्षको बजेट निर्माणका क्रममा अर्थ मन्त्रालयमा छलफल चल्यो, विद्युतीय सवारी साधनलाई अहिलेकै अवस्थामा छोड्ने कि केही नियन्त्रण गर्ने? अर्थ मन्त्रालयकै अधिकारीहरूबीच दुई किसिमका धारणा आए, एकथरीले अहिलेदेखि नै अलिकति कर बढाऔं भन्ने सुझाब दिए भने अर्काथरीले एक वर्ष हेरौं भने।

मन्त्रालयले एक वर्ष पुरानै दरलाई निरन्तरता दियो। विद्युतीय सवारी साधनमा १० प्रतिशत भन्सार लगाउने पुरानै व्यवस्थालाई निरन्तरता दिइयो। सरकारले विद्युतीय सवारी साधनलाई वर्गीकरणसमेत नगरी सबैलाई बराबर कर लाग्ने नीति लियो। साना क्षमताका गाडीदेखि बिलासी कार १० प्रतिशत भन्सार तिरेर नेपाल ल्याउन सकिने भयो।

तर आर्थिक वर्षको बीचमा ७५ हजारदेखि १ लाख ५ हजार पाउण्ड स्टर्लिङसम्म पर्ने विद्युतीय गाडी नेपाल भित्रिए। अर्थात् १० प्रतिशत भन्सार तिरेर नेपालमा महंगा र बिलासी विद्युतीय गाडी भित्रिए। यही मूल्य बराबरका डिजेल गाडी भित्रिँदा २४० प्रतिशतसम्म कर तिर्नुपर्थ्यो। 

यही बीचमा भारत सरकारले आयातित विद्युतीय सवारी साधनमा भन्सार बढाइदियो। कतिपय ठूला सवारी उत्पादकले भारतमै सवारी साधन उत्पादन गर्छन्। तैपनि उसले स्वदेशी उद्योगलाई बचाउन आयातित विद्युतीय सवारी साधनमा कर बढाएको थियो।

'हामीले विदेशका अभ्यास हेर्‍यौं, नेपालमा कर सहुलियतको फाइदा कसले पाएको छ, त्यो पनि अध्ययन गर्‍यौं,' अर्थ मन्त्रालयका अधिकारीहरु भन्छन्, 'विस्तृत अध्ययनपछि नै सरकारले यो कदम चालेको हो।' 

विद्युतीय सवारी साधनमा कर बढाउनुअघि सरकारले चारवटा विषयलाई प्रमुखरूपमा हेरेको छ। पहिलो विदेशी मुद्राको चाप, दोस्रो व्यापार घाटा, तेस्रो राजस्वमा योगदान र चौथो पहुँच एवं प्रयोग।

विद्युतीय सवारी साधन अन्यका तुलनामा ४० प्रतिशतसम्म महंगा छन्। समान क्षमता भएका पेट्रोलबाट चल्ने सवारी साधनभन्दा विद्युतीय सवारी साधन महँगा छन्। यस्ता सवारी साधनको ब्याट्री असाध्यै महंगो हुने भएकाले यिनीहरूको मूल्य उच्च छ।

सवारी साधनको मूल्य उच्च हुँदा नेपालबाट धेरै विदेशी मुद्रा बाहिर जाने भयो। कमजोर निर्यात व्यापार र रेमिट्यान्स कम हुँदै गएका बेला विदेशी मुद्रा सञ्चितीमा चाप कम गर्न सरकारले महँगा गाडीमा कर बढाइदिएको हो। 

'हाम्रो विदेशी मुद्राको स्रोत कमजोर भएको सबैलाई थाहा छ, महँगा गाडी आयात खुला छोड्दा त्यसले अर्थतन्त्रलाई नै जोखिममा पुर्‍याउन सक्छ,' अर्थ मन्त्रालयका ती अधिकारीले भने।

पछिल्लो दुई वर्षदेखि सरकारले आयातमा कडाइ गरेका कारण व्यापार घाटा केही घटेको छ। तर उच्च मूल्यका सवारी साधन नेपाल भित्रिन थालेपछि सरकार हच्कियो। 'एउटै गाडी एकलाख ५ हजार पाउण्डभन्दा माथिका आउन थालेपछि झस्किन बाध्य भयौं,' अर्थका ती अधिकारी भन्छन्। 

अर्थमन्त्री डा युवराज खतिवडा पनि टेस्लाका ती महँगा गाडी नेपाल भित्रिएपछि नियन्त्रण गर्नैपर्ने मुडमा पुगेका थिए।

सरकारले आर्थिक ऐन २०७७ निर्माणअघि विद्युतीय र अन्य सवारी साधनको मूल्य र करमा तुलना गर्‍यो। विद्युतीय सवारी साधनमा ४० प्रतिशत भन्सार लगाएर त्यसमा ३० देखि ८० प्रतिशतसम्म अन्त:शुल्क, ५ प्रतिशत सडक मर्मत शुल्क र १३ प्रतिशत मूल्य अभिवृद्धि कर लगाइएको छ। 

उदाहरणका लागि १५ हजार अमेरिकी डलरको कुनै एउटा विद्युतीय कार नेपाल भित्रियो भने त्यसमा ४० प्रतिशत भन्सार, ३० प्रतिशत अन्तशुल्क, ५ प्रतिशत सडक मर्मत शुल्क र १३ प्रतिशत मूल्य अभिवृद्धि करसहितको मूल्य ३२ हजार ३ सय ९१ डलर पर्छ।

अब यही क्षमताको पेट्रोल गाडी नेपाल प्रवेश गर्‍यो भने त्यसमा ८० प्रतिशत भन्सार, ६० प्रतिशत अन्तशुल्क, ८ प्रतिशत सडक मर्मत शुल्क र १३ प्रतिशत मूल्य अभिवृद्धि करसहितको मूल्य ५२ हजार डलर नाघ्छ। दुईवटाको तुलना गर्दा सरकारले पाउने राजस्व दोब्बरभन्दा धेरैले फरक पर्छ।

विद्युतीय साधनको पहुँच र प्रयोगको बारेमा पनि मन्त्रालयले केही छलफल गर्‍यो। विद्युतीय सवारी साधन महँगो भएकाले निम्न मध्यमवर्गको पहुँचमा यो छैन। उच्च मध्यम वर्ग र उच्च वर्गले चढ्ने यी गाडीमा दिइएको सुविधाले आम मानिसलाई नसमेट्ने भएकाले यी गाडीमा छुट दिनुको अर्थ नरहेको निश्कर्ष अर्थमन्त्री खतिवडा र उनको टिमको छ। शुक्रबार अनलाइन कन्फरेन्समा पनि खतिवडाले आम वर्गको पहुँच नभएको गाडीमा छुट दिनुको औचित्य नभएको प्रष्ट्याएका छन्।

उनले पेट्रोलियम आयात न्यूनीकरण गर्न विद्युतीय सवारी साधनमा कर सहुलियत दिइएको भए पनि पेट्रोलियम आयात बराबरकै गाडी आउन थालेकाले त्यसलाई धान्न नसकिने अवस्थाम पुगेको बताए। 'पेट्रोलको आयात बराबरकै विद्युतीय गाडी आउने अवस्था आयो। सर्वसाधारणको पहुँचमा नभएको गाडीमा छुट दिने हाम्रो नीति विवेकपूर्ण भएन,' उनले भने। 

सरकारले विद्युतीय माध्यमबाट चल्ने सार्वजनिक बसमा कर यथावत राखेको छ। 'आम सर्वसाधारणले प्रयोग गर्ने वस्तुमा सहुलियत हुन्छ,' उनले भने, 'विद्युतीय भएकै कारण सबैलाई सबै किसिमका छुट दिनुपर्छ भन्ने तर्कसँग सहमत हुन सकिँदैन।'

प्रकाशित मिति: शनिबार, जेठ १७, २०७७  १३:५४
  • #कर
  • #विद्युतीय_सवारी

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
एसियन कप पुग्ने नेपालको सपना अधुरै, पेनाल्टीमा उच्वेकिस्तानसँग पराजित
पहिलो हाफ सकिँदा नेपाल ३–१ ले पछि, उच्वेकिस्तान १० खेलाडीमा सिमित
झापामा अटो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, दुई जना घाइते
सम्बन्धित सामग्री
यामाहाले गर्यो विशेष अफरहरू सहितको ‘यामाहा मेगा सर्भिस क्याम्प’ क्याम्प यहि फागुन १८ देखि २४ गतेसम्म देशभरका सबै यामाहा सेवा केन्द्रहरूमा आयोजना भएको छ । जसमा देशभरका यामाहा चालकहरूका लागि एक रोमा... मंगलबार, फागुन २०, २०८१
चारपाङ्ग्रे सवारीको आयातमा कमी, दुई पाङ्ग्रेको वृद्धि चालु आवको भदौ मसान्तसम्ममा वीरगञ्ज नाका हुँदै रु ४२ करोड ४० लाख दुई हजार मूल्यपर्ने दुई सय ३० वटा जिप, कार र भ्यान आयात भएको छ। आव २... बुधबार, असोज ९, २०८१
नाडा अटो सो: 'ब्रम्बी' गाडीमा विशेष छुट, डाक्टर र स्वास्थ्यकर्मीलाई थप अफर बीएडब्लुले बजारमा ल्याएको ब्रम्बी विद्युतीय गाडीमा नाडा ओटो सो अवधिभर गाडी बुकिङ गर्ने सबैलाई छुटको अवसर दिइएको छ। यसका साथै नेपाली... शुक्रबार, भदौ १४, २०८१
ताजा समाचारसबै
एसियन कप पुग्ने नेपालको सपना अधुरै, पेनाल्टीमा उच्वेकिस्तानसँग पराजित शनिबार, असार २१, २०८२
पहिलो हाफ सकिँदा नेपाल ३–१ ले पछि, उच्वेकिस्तान १० खेलाडीमा सिमित शनिबार, असार २१, २०८२
झापामा अटो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, दुई जना घाइते शनिबार, असार २१, २०८२
उज्वेकिस्तानविरुद्दको खेलमा नेपालको प्लेइङ ११ मा एक परिवर्तन, प्रीतिको ठाउँमा पूजा शनिबार, असार २१, २०८२
प्रदेशमन्त्रीलाई बर्खास्त गरेपछि सरकारबाट बाहिरिने नाउपाको निर्णय शनिबार, असार २१, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सुशासनका लागि प्राधिकरण टुक्रयाउन खोजेको हाे : मन्त्री पाण्डे (भिडियो)
सुशासनका लागि प्राधिकरण टुक्रयाउन खोजेको हाे : मन्त्री पाण्डे (भिडियो) शुक्रबार, असार २०, २०८२
असार २१ गते अन्तर्राष्ट्रिय सहकारी दिवस मनाउने(भिडियो)
असार २१ गते अन्तर्राष्ट्रिय सहकारी दिवस मनाउने(भिडियो) शुक्रबार, असार २०, २०८२
नागरिकता ऐनलाई आवश्यक सुधार गरेर पारित गर्न सकिन्छ (भिडियो)
नागरिकता ऐनलाई आवश्यक सुधार गरेर पारित गर्न सकिन्छ (भिडियो) शुक्रबार, असार २०, २०८२
दुर्गानारायण ढकाल द्वारा लिखित कृति समाजवादी दर्शनको रूपरेखा लोकर्पण
दुर्गानारायण ढकाल द्वारा लिखित कृति समाजवादी दर्शनको रूपरेखा लोकर्पण बिहीबार, असार १९, २०८२
उपचारअघि डाक्टरले आफू जोगिने उपाय खोज्नुपर्ने अवस्था आयो : डा लोचन कार्की (अन्तर्वार्ता)
उपचारअघि डाक्टरले आफू जोगिने उपाय खोज्नुपर्ने अवस्था आयो : डा लोचन कार्की (अन्तर्वार्ता) बिहीबार, असार १९, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
उज्वेकिस्तानविरुद्दको खेलमा नेपालको प्लेइङ ११ मा एक परिवर्तन, प्रीतिको ठाउँमा पूजा शनिबार, असार २१, २०८२
सर्लाहीका एसपीलाई गाली गरेपछि जसपा नेता यादवविरुद्ध पक्राउ पुर्जी जारी शुक्रबार, असार २०, २०८२
सिंगापुरलाई हराउँदै नेपालले जित्यो यु–१६ इस्ट जोन कपको उपाधि शनिबार, असार २१, २०८२
युनुस अन्सारीविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा, ९ करोड बिगो दाबी शुक्रबार, असार २०, २०८२
भारतबाट नेपाल आउँदा ५ हजार डलरबराबर रकम ल्याउन पाइने शुक्रबार, असार २०, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
पूर्वमन्त्री मोहन बस्नेतलाई २५ लाख धरौटीमा छाड्न अदालतको आदेश आइतबार, असार १५, २०८२
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्