• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असार २१, २०८२ Sat, Jul 5, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अटो
नाडामा कटाक्ष : आयातकर्ताको मात्रै संस्था बनेको आरोप, छुट्टै संस्था खोल्ने डिलरहरूको तयारी विद्युतीय कारमा करको तरंग
64x64
शिव बोहरा सोमबार, जेठ १९, २०७७  १६:१०
1140x725
नाडा अटो शोमा प्रदर्शनीमा राखिएको कारहरू। नाडा आयातकर्ता तथा डिलरहरूको साझा संस्थाका रूपमा रहेको छ। फाइल तस्बिर

काठमाडौं- अटोमोबाइल व्यवसायीहरूको छातासंस्था नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको कार्यसमितिको बैठक गत शुक्रबार बस्यो। बैठकमा छलफलका एजेन्डा थिए -विद्युतीय कारमा सरकारले बजेटमार्फत् थपेको कर, नाडा अटो शो संचालन मिति र लकडाउनमा व्यवसाय संचालन आदि। 

बैठक एजेन्डामा मात्र केन्द्रित भएन। थप विषयले पनि छलफलमा प्रवेश पाए। त्यो मध्ये एक थियो नाडा आयातकर्ताहरूको मात्र संस्था भएको र साना व्यवसायीलाई तथा डिलरलाई बेवास्ता गरिएको मुद्दा। निकै पेचिलो ढंगमा छलफल गरिएको यो विषयमा भर्चुअल रुपमा गरिएको कार्यसमिति बैठकमा लामो समय छलफल भयो। 

डिलर व्यवसायीहरूले ठूला घरानाहरूले साना व्यवसायीहरूलाई बेवास्ता गरेको भन्दै समयमै आफूहरूको व्यथा सम्बोधन नगरे अर्को संस्था जन्माउनुको विकल्प नरहेको चेतावनी दिए। नाडा बैठकमा डिलरहरूले गुनासो राखेको र ती गुनासा सम्बोधन नभए नभए छुट्टै संस्था बनाउने तयारी भएको एक डिलर व्यवसायीले बताए। ‘हामीले डिलरहरूको संस्था बनाउने गरी तदर्थ समिति नै बनाइसकेका छौं,’ ती व्यवसायीले भने, ‘नाडाले हाम्रो कुरा सम्बोधन गरेन भने संस्था निर्माणको काम अघि बढ्छ।’ गत शुक्रबारको नाडाको कार्य समितिमा यो विषयमा छलफल भएको र केही समय कुर्न भनिएको उनले बताए। 

‘हामीलाई केही समय कुर्न भनिएको छ। नाडाको कार्यसमितिमा नयाँ संस्था जन्मन लागेको विषयमा ठूलै छलफल भएको जानकारी पाएका छौं,’ उनले भने, ‘केहीले नाडा कार्यसमितिअन्तर्गत नै ल्याउनुपर्ने बताएको र केहीले बनाउन सक्दैनन् भनेको थाहा पाइएको छ।’ यसबारे नाडाले नै निर्णय गर्ने र त्यतिन्जेल आफूहरु कुर्ने ती डिलर व्यवसायीको भनाइ छ। 

यस्तो थियो नाडा कार्यसमितिमा भएको छलफलः
कोरोना कहरले थलिएको अर्थव्यवस्थाका विभिन्न पाटाहरू; जस्तै- अटोमोबाइल पनि धाराशायी बनेको कुरामा दुई मत छैन। अटोमोबाइल उत्पादनकर्ता, तिनीहरूका डिलरहरू सबै नै अहिलेको अन्योलमा छटपटाइ रहेको व्यवसायीहरूको भनाइ छ। 

नेपालको अटोमोबाइलका प्रायः उत्पादन भारतबाट नै आउने गरेका छन् भने तेश्रो मुलुकका अटोमोबाइल प्रोडक्ट नगण्य मात्रामा रहेका छन्। नेपालमा आफ्नै गाडी निर्माण गर्ने कम्पनी छैनन् भन्दा पनि हुन्छ। भारतीय ब्रान्ड बजाज, टिभिएसका नेपालका आयातकर्ताले भारतीय ब्रान्डमा नै सानो संख्यामा एसेम्बल गरिरहेका छन्। 

नेपाली ब्रान्डमा नै बाइक बनाउने विषय त परै जाओस् भारतीय ब्रान्डमा नै बाइक एसेम्बल गर्न नेपाल सरकारले दिएको २५ प्रतिशत अन्तःशुल्कको सुविधाले खासै फरक नपारेकोले नेपालमा एसेम्ब्लिङ प्लान्ट स्थापना हुन नसकेको भनाइ व्यवसायीहरूकै छ। कार तथा कमर्सियल गाडी नेपालमा नै निर्माण गर्ने कार्यको त योजनासमेत पेस भएको छैन। 

यसरी हेर्दा नेपालको अटोमोबाइलको बजार पूर्णरूपमा आयातमा भर परेको छ। भारतबाट वा तश्रो मुलुकबाट नेपालको लागि गाडी/मोटलरसाइकल बिक्री गर्नलाई डिस्ट्रीबयुटरसिप/डिलरसिप लिने र उक्त मुलुकहरूमा उत्पादन भएका त्यहीका ब्रान्डका गाडी/मोटरसाइकल आयात गर्ने र नेपालको बजारमा आफै तथा आफ्ना डिलर/सबडिलरमार्फत बिक्री गर्ने कार्य नेपालका अटोमोबाइल व्यवसायीहरुले गर्ने गरेका छन्। 

सरल भाषामा भन्नु पर्दा विदेशमा निर्माण भएका अटोमोबाइल प्रोडक्टहरु जे जस्तो रुपमा उत्पादन भएका छन् त्यसमा (प्रोडक्टमा)  कुनै भ्याल्लु एड नगरी आफूले जस्तो किनेर ल्याएको हो त्यस्तै र खरिद मूल्यमा सरकारलाई तिर्नुपर्ने कर जोडी र आफ्नो नाफा राखेर बजारमा बिक्री गर्ने कार्य नेपालका अटोमोबाइल आयातकर्ताले गर्ने गरेका छन्। 

भारतमा कसरी गरिन्छ कारोबार?
भारतमा अटोमोबाइल उत्पादनकर्ताहरूको संस्था सोसाइटी अफ इन्डियन अटोमोबाइल म्यानुफ्याक्चरिङ एसोसिएसन (साइम) रहेको छ। यो संस्थासँग कमर्सियल गाडी निर्माता, प्यासेन्जर कार निर्माता र टु ह्विलर निर्माता आबद्ध छन्। साइमले उत्पादनकर्ताको हकहित तथा उनीहरुलाई परेको समयस्याको लागि भारत सरकारसँग कुराहरु राख्ने गर्छ। भारतका निर्माताले सोझै बजारमा आफ्ना प्रोडक्ट बिक्री गर्दैनन्। बजारको अवस्था र साइज हेरेर हरेक अटोमोबाइल प्रोडक्ट निर्माताले विभिन्न डिलर नियुक्त गरेका छन् र तिनै डिलरमार्फत प्रोडक्ट बिक्री गर्ने तथा बिक्रीपछिको सेवा दिने कार्य गर्दै आएका छन्।

भारतमा नै कमर्सियल गाडी निर्माता, प्यासेन्जर कार निर्माताहरु र टु ह्विलर निर्माताका प्रत्येक सहरहरुमा डिलरहरु छन्। गाडी/मोटरसाइकलको बिक्रीमूल्य उत्पादनकर्ताहरुले नै निर्धारण गर्ने गर्छन् भने डिलरलाई उत्पादनकर्ताले ३ प्रतिशतदेखि ७ प्रतिशतसम्म कमिसन रकम बिक्री मूल्यभित्रैबाट दिने गरेका छन्।

डिलरहरूले उक्त रकमबाट र उत्पादनकर्ताले तोकिदिएको सर्भिसको लेबर रेटमा रहेर र उत्पादनकर्ताले नै तोकिदिएको स्पेयरपार्टसको कमिसनभित्र रहेर आफ्नो कारोबार गर्ने गर्छन्। डिलरहरुको हकहितको संरक्षण गर्न र डिलरहरुका समस्या उत्पादनकर्ता तथा सरकारसँग राख्न फेडेरेसन अफ अटोमोबाइल डिलरर्स एसोसिएसन अफ इन्डिया (फाडा) स्थापना भएको छ। उत्पादनकर्ता र डिलरका हकहितका कुरा तथा समस्या छुट्टाछुट्टै हुने भएकोले यी दुई संस्थाको आवश्यकता भएको मान्ने गरिएको छ। 

फेरि नेपाल
नेपालमा भने अटोमोबाइल प्रोडक्ट आयातकर्ताहरुको हालिमुहाली रहने गरी ‘नाडा नेपाल अटोमोबाइल डिलरर्स एसोसिएसन’को नाममा कार्य गरिरहेको छ। उक्त संस्थामा सानासाना पार्टस् पसलहरु, तथा आयातकर्ताका नेपालका विभिन्न क्षेत्रमा रहेका स–साना डिलर/सब डिलर पनि सदस्यतालिई बसेका छन्। 

भारतका अटोमोबाइल प्रोडक्टका उत्पादनकर्ताले वार्षिक रुपमा तय गरेको टार्गेट अनुसारको गाडी/मोटरसाइकल जसरी पनि खरिद गरेर आफ्नो देशमा लैजान नेपालका आयातकर्तालाई प्रेसर दिने र आयातकर्ताले पनि आफ्ना डिलर/सब-डिलरलाई जसरी पनि गाडी/मोटरसाइकल बिक्री गर्नुपर्छ भनेर आफ्नो स्टक ट्रान्स्फर गर्ने गरेको पाइन्छ। आयातकर्ताले दिएको टार्गेट अनुसारको गाडी/मोटरसाइकल डिलर/सब डिलरहरुले खरिद गरि लगेनन् भने निजलाई दिइएको क्षेत्र कटौती गर्ने र त्यतिले पनि भएन भने पुरानो डिलर/सब-डिलरलाई हटाएर नयाँ डिलर/सब-डिलर नियुक्त गर्नेसम्मको कार्य आयातकर्ताले गर्ने गरेको पाइन्छ। 

आयातकर्ताको हकहित संरक्षणको लागि र तिनीहरुलाई परेको समयस्याको लागि सरकार तथा अन्य निकायसँग सामूहिक रुपमा प्रतिनिधित्व गरेर कार्य गर्न नाडा सक्रिय छ। आयातकर्ता तथा सरकारका तीनै तह केन्द्र, प्रदेश र स्थानीय सरकारहरुसँग आफ्ना माग अगाडि सार्न डिलर/सब-डिलरको कुनै प्रतिनिधित्वमूलक संस्था नभएको महसुस गरी नेपालभर रहेका सबै कार कम्पनी, मोटरसाइकल कम्पनी र कमर्सियल गाडीका डिलर/सब-डिलरहरु एकजुट भई नयाँ संस्थादर्ता गर्ने अन्तिम तयारीमा पुगेका हुन्। 

भारतको ‘फाडा’ जस्तै हुने नयाँ संस्था जन्माउन लागि परेका एक क्षेत्रीयस्तरका डिलरले जानकारी दिएका छन्। नयाँ संस्थाले नाडाको प्रतिस्थापन नगर्ने तर डिलर र सब डिलरहरूको समस्यालाई केन्द्रित गरेर समयस्या समाधानका उपाय खोजी गर्ने कार्य गर्ने जानकारी दिए। यो नयाँ संस्था आएपछि भने आयातकर्ताहरूको अनुचित प्रेसरको कारण आफ्नो घरखेत जाने गरी प्रताडित नहुने र आफ्नो कार्य क्षेत्रमा आफ्नो गल्ती नभए पनि डिलरसिप जाने भयले दैनिक रूपले कष्टमा बाच्नु पर्ने अवस्थाको अन्त्य हुने अपेक्षा गरिएको अर्का एक डिलरले जानकारी दिए।

प्रकाशित मिति: सोमबार, जेठ १९, २०७७  १६:१०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
शिव बोहरा
बोहरा नेपाल लाइभका वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
चक्रपथको दोस्रो खण्ड विस्तार : महाराजगञ्जलाई छोडेर अन्यत्र काम अघि बढाउन चीनलाई आग्रह
मोटरसाइकल कार्यालयको आफ्नै भवन बन्‍न नदिन यातायात विभागको भाँजो
लय समात्‍ने प्रयासमा निर्माण क्षेत्र, रुग्ण आयोजना समस्यामै
सम्बन्धित सामग्री
यामाहाले गर्यो विशेष अफरहरू सहितको ‘यामाहा मेगा सर्भिस क्याम्प’ क्याम्प यहि फागुन १८ देखि २४ गतेसम्म देशभरका सबै यामाहा सेवा केन्द्रहरूमा आयोजना भएको छ । जसमा देशभरका यामाहा चालकहरूका लागि एक रोमा... मंगलबार, फागुन २०, २०८१
चारपाङ्ग्रे सवारीको आयातमा कमी, दुई पाङ्ग्रेको वृद्धि चालु आवको भदौ मसान्तसम्ममा वीरगञ्ज नाका हुँदै रु ४२ करोड ४० लाख दुई हजार मूल्यपर्ने दुई सय ३० वटा जिप, कार र भ्यान आयात भएको छ। आव २... बुधबार, असोज ९, २०८१
नाडा अटो सो: 'ब्रम्बी' गाडीमा विशेष छुट, डाक्टर र स्वास्थ्यकर्मीलाई थप अफर बीएडब्लुले बजारमा ल्याएको ब्रम्बी विद्युतीय गाडीमा नाडा ओटो सो अवधिभर गाडी बुकिङ गर्ने सबैलाई छुटको अवसर दिइएको छ। यसका साथै नेपाली... शुक्रबार, भदौ १४, २०८१
ताजा समाचारसबै
एसियन कप पुग्ने नेपालको सपना अधुरै, पेनाल्टीमा उच्वेकिस्तानसँग पराजित शनिबार, असार २१, २०८२
पहिलो हाफ सकिँदा नेपाल ३–१ ले पछि, उच्वेकिस्तान १० खेलाडीमा सिमित शनिबार, असार २१, २०८२
झापामा अटो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, दुई जना घाइते शनिबार, असार २१, २०८२
उज्वेकिस्तानविरुद्दको खेलमा नेपालको प्लेइङ ११ मा एक परिवर्तन, प्रीतिको ठाउँमा पूजा शनिबार, असार २१, २०८२
प्रदेशमन्त्रीलाई बर्खास्त गरेपछि सरकारबाट बाहिरिने नाउपाको निर्णय शनिबार, असार २१, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सुशासनका लागि प्राधिकरण टुक्रयाउन खोजेको हाे : मन्त्री पाण्डे (भिडियो)
सुशासनका लागि प्राधिकरण टुक्रयाउन खोजेको हाे : मन्त्री पाण्डे (भिडियो) शुक्रबार, असार २०, २०८२
असार २१ गते अन्तर्राष्ट्रिय सहकारी दिवस मनाउने(भिडियो)
असार २१ गते अन्तर्राष्ट्रिय सहकारी दिवस मनाउने(भिडियो) शुक्रबार, असार २०, २०८२
नागरिकता ऐनलाई आवश्यक सुधार गरेर पारित गर्न सकिन्छ (भिडियो)
नागरिकता ऐनलाई आवश्यक सुधार गरेर पारित गर्न सकिन्छ (भिडियो) शुक्रबार, असार २०, २०८२
दुर्गानारायण ढकाल द्वारा लिखित कृति समाजवादी दर्शनको रूपरेखा लोकर्पण
दुर्गानारायण ढकाल द्वारा लिखित कृति समाजवादी दर्शनको रूपरेखा लोकर्पण बिहीबार, असार १९, २०८२
उपचारअघि डाक्टरले आफू जोगिने उपाय खोज्नुपर्ने अवस्था आयो : डा लोचन कार्की (अन्तर्वार्ता)
उपचारअघि डाक्टरले आफू जोगिने उपाय खोज्नुपर्ने अवस्था आयो : डा लोचन कार्की (अन्तर्वार्ता) बिहीबार, असार १९, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
उज्वेकिस्तानविरुद्दको खेलमा नेपालको प्लेइङ ११ मा एक परिवर्तन, प्रीतिको ठाउँमा पूजा शनिबार, असार २१, २०८२
सर्लाहीका एसपीलाई गाली गरेपछि जसपा नेता यादवविरुद्ध पक्राउ पुर्जी जारी शुक्रबार, असार २०, २०८२
सिंगापुरलाई हराउँदै नेपालले जित्यो यु–१६ इस्ट जोन कपको उपाधि शनिबार, असार २१, २०८२
युनुस अन्सारीविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा, ९ करोड बिगो दाबी शुक्रबार, असार २०, २०८२
भारतबाट नेपाल आउँदा ५ हजार डलरबराबर रकम ल्याउन पाइने शुक्रबार, असार २०, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
पूर्वमन्त्री मोहन बस्नेतलाई २५ लाख धरौटीमा छाड्न अदालतको आदेश आइतबार, असार १५, २०८२
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्