काठमाडौं- च्याम्पियन्स लिगको कमजोर उपस्थितिले पछिल्ला वर्ष आलोचित हुने गरेको स्पेनिस क्लब बार्सिलोना अहिले सबैतिर कमजोर बनिरहेको छ। खेलाडीहरुको मनोबल, प्रशिक्षकको योजना र ब्यवस्थापनका कमजोरीहरु देखिने गरी छताछुल्ल छन्।
२६ पटक ला लिगा र पाँच पटक च्याम्पियन्स लिग जितेर बलियो देखिएको टिमका लागि यो अवस्था सहज छैन। २०१५ को सिजन च्याम्पियन्स लिग जितेको बार्सिलोना त्यसपछि भने च्याम्पियन्स लिगमा उत्कृष्ट देखिन सकेको छैन। ला लिगामा २०१० पछिको अवस्था हेर्दा बार्सिलोनाले ६, रियल मड्रिडले २ र एथ्लेटिको मडिलेटिको मड्रिडले एक उपाधि जितेका छन्।
पछिल्लो समयमा च्याम्पियन्स लिगको कमजोर उपस्थिति पनि लिगको उपाधिले सान्त्वना मिल्ने ठाउँ भइरहेको थियो। तर अहिले खेलाडीहरु नै लिग उपाधि कमजोर भइसकेको भनेर निराश देखिन्छन्। त्यसका पछाडि कारणहरु जे जति भए पनि मैदानको कमजोर उपस्थिति नै प्रमुख कारण हुँदै हो।
कतिसम्म भने हरेक सिजन गोलमा उत्कृष्ट देखिने बार्सिलोना कप्तान लियोनल मेस्सीसमेत कमजोर देखिन थालेका छन्। अन्य खेलाडीको तुलनामा मेस्सीको अहिलेको प्रदर्शन पनि उत्कृष्ट हो तर उनीबाट अपेक्षा योभन्दा धेरै बढी रहन्छ। गर्दै आइरहेका पनि थिए।
:format(webp)/cdn.vox-cdn.com/uploads/chorus_image/image/66998632/1252946484.jpg.0.jpg)
कोरोना भाइरस (कोभिड १९) का कारण रोकिएपछि सुरु भएको लिगमा पहिलो खेलमा मायोर्कालाई ४–० ले हराउँदा मेस्सीले अन्तिम समयमा गोल गरेका थिए। त्यसपछि लेगानेसविरुद्धको खेलमा पेनाल्टीमार्फत गोल गरे। जसले उनको खेल जीवनमा ६ सय ९९ गोल पुग्यो। तर सात सय गोल पूरा गर्न मेस्सीले त्यसपछिका तीन खेलमा चुकिसके।
एर्नेस्टो भालभर्देलाई हटाएर क्विके सेटियन प्रशिक्षकका रुपमा आएपछि मेस्सीले १६ मध्ये १० खेलमा गोल गर्न सकेका छैनन्। यसअर्थमा सेटियनको प्रशिक्षण मेस्सीका लागि सबैभन्दा खराब समय भइरहेको छ।
यसअघि २०१३–१४ को सिजन मेस्सीका लागि सबैभन्दा खराब समय मानिन्थ्यो। जब कि टाटा मार्टिनोको प्रशिक्षणमा त्यो सिजन मेस्सीले ४१ गोल गरेका थिए। तर अहिलेको सिजन २६ गोलमा रहेका मेस्सी गोलको त्यही अंकमा पुग्न पनि असम्भव देखिएको छ। गएको १० वर्ष हेर्दा मेस्सीले ४० गोल पार नगरेको सिजन थिएन। पेप गार्डिओलाको पहिलो प्रशिक्षणमा ३८ गोल गरेका मेस्सी यो सिजन त्यही आँकडामा पनि नपुग्ने देखिन्छ।
यिनै कारणहरुले हुनुपर्छ मैदानदेखि डे«सिङ रुमसम्म मेस्सीको प्रशिक्षकसँगको सम्बन्ध राम्रो छैन। प्रशिक्षण टिमका सदस्यहरु मेस्सीको अवस्थाबारे खुलेर आलोचना गर्न सक्दैनन् भने मेस्सी उनीहरुलाई सुनिरहेका छैनन्। जसको प्रत्यक्ष असर खेलमा छ।

लिगमा अब ६ खेल बाँकी रहँदा रियल मड्रिड बार्सिलोनाभन्दा दुई अंकले अघि छ। हेड टु हेडका आधारमा पनि बार्सिलोनाभन्दा अघि रहेको रियल मड्रिडलाई रोक्न अब आफ्नो खेल मात्र बार्सिलोनालाई पर्याप्त छैन। पछिल्लो तीन खेलमा दुई खेल बराबरी खेलेर चार अंक गुमाएको बार्सिलोनाले मंगलबार राति एथ्लेटिको मड्रिडविरुद्ध खेल्दैछ।
जसमा मेस्सीलाई सात सयौँ गोलको चिन्ताभन्दा बढी प्रशिक्षक सेटियनलाई आफ्नो समयको हुनेछ। भालभर्देलाई जे कारण परिवर्तन गरिएको थियो त्यो सेटियनबाट पूरा भइरहेको छैन। त्यसमा पनि खेलाडीसँगको बिग्रदो सम्बन्ध थप चिन्ताको विषय हो। खेलाडीहरु सञ्चारमाध्यम मार्फत आफ्नै प्रशिक्षकलाई प्रश्न गरिरहेका छन्।
फ्रान्क डि योङ घाइते रहेका कारण मिडफिल्डमा अवस्था मिल्न सकेको छैन। सेटियनको प्रशिक्षण शैलीमा केन्द्रमा डि योङ नै देखिइरहेका थिए। त्यसमाथि पछिल्लो हप्ता आर्थरलाई युभेन्टस पठाउने तयारीले उनको समेत खेलमा मात्र ध्यान हुन सकेन। अहिले २३ वर्षका आर्थरलाई बेचेर बार्सिलोनाले ३० वर्षका पियानिच किनेको छ। यसपछाडिका ब्यवस्थापन योजना स्पष्ट छैनन्। जसका कारण बोर्डको आलोचना भइरहेको छ।
घाइते रहेका लुइस स्वारेज फर्किए पनि एन्टोनियो ग्रिंजम्यानमाथिको १२० मिलियन युरोको लगानी मैदानमा देखिन सकेको छैन। उनको स्थानमा १७ वर्षका अन्सु फातीले लिइरहनु बार्सिलोनाकै लागि राम्रो पक्ष होइन। जब कि अन्सुका बुबासमेत आफ्नो छोराले बार्सिलोनामा प्लेइङ सेटमा पर्ने बेला नभएको बताउँछन्।
बार्सिलोना अध्यक्ष जोसेप मारिया बर्टामेउ प्रशिक्षक सेटियनसँग खुसी हुन सकेका छैनन्। समर्थकहरु अध्यक्ष बर्टामेउको कामसँग खुसी छैनन्। खेलाडी किनबेच र टिम बनाउने बार्सिलोनाको योजना फितलो देखिएको छ। युवा खेलाडीहरुको प्रयोगमा भइरहेको काम प्रभावकारी हुन सकेको छैन।

यो सबैमा बढेको समस्या खेलाडी र प्रशिक्षक टिमबीचको दुरी हो। सेल्टासँगको खेलपछि त दर्शकले समेत ठम्याउने गरी त्यो दुरी देखियो। खेलाडीहरु केही प्राविधिक र खेल योजनासम्बन्धका निर्णहरुमा नै असन्तुष्ट रहे। त्यही असन्तुष्टी अहिले अभ्यासका दौरान पनि देखिएका छन्। सहायक प्रशिक्षक इडर सराबियाले भनेका कुराहरु मेस्सी र स्वारेजले नै वेवास्ता गरिरहेका छन्।
‘बार्सिलोनामा अहिलेको अवस्था नयाँ हो। जसबाट मैले पनि धेरै कुरा बुझ्न पाइरहेको छु। यस्तै विषयहरु अरु क्लबमा पनि हुन्छन् नै। यो एउटा प्रक्रिया पनि हो, जहाँ सबैले आफ्नो भागको काम राम्ररी गर्नुपर्छ’ पछिल्लो अवस्थाबारे सेटियनले भनेका छन्।
अहिलेको परिस्थिति कोरोना संकटपछिको परिस्थिति मात्रै पनि होइन। त्यसअघि नै कप्तान मेस्सीले यही शैलीमा खेलेमा च्याम्पियन्स लिग जित्न नसक्ने बताइसकेका थिए। अहिले त प्रशिक्षक र खेलाडीहरुबीच कुराकानी समेत हुन छाडेको छ। चाहे मैदानमा होस् या बाहिर। बार्सिलोना अध्यक्ष बर्टामेउ यो अवस्था बुझेर पनि नबुझे जस्तो गरिरहेका छन्। खेलाडी र प्रशिक्षकबीचको दुरी कम गराउन उनको कुनै भूमिका छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।